निर्माण सुस्त भएपछि नागरिक दबाब
मोरङमा हुलाकी राजमार्ग निर्माण सुस्त हुँदा सास्ती बढेको भन्दै नागरिकले स्थानीय तहमा दबाब बढाएका छन्। विराटनगर महानगरपालिका र कटहरीका बासिन्दाले ठेकेदारले सडक भत्काएर छोडेपछि सास्ती बढेको भन्दै निर्माण पहल माग गर्दै दबाब बढाएका हुन्। कटहरी गाउँपालिकामा चार राजनीतिक दल र उद्योग वाणिज्य सङ्घले अध्यक्ष देवराज चौधरीलाई बुधबार ज्ञापनपत्र बुझाउँदै तत्काल सडक निर्माणको कामबारे चासो लिइदिन माग गरेका छन्। कटहरी गाउँपालिकाको १, २, ३ र ४ नम्बर समेट्ने जुडी खोलादेखि सिङ्घिया खोलासम्मको सडक भत्काएर निर्माण नगरिएपछि त्यसले सास्ती बढाएको भन्दै ज्ञापनपत्र बुझाइएको हो। निर्माण कम्पनीले काम रोकेको भन्दै गाउँपालिका
निशानमा मौलो पूजा सम्पन्न
चैते दशैँको अवसरमा धनकुटाको निशान भगवती मन्दिरमा मौलो परिवर्तन गरी पूजा गरिएको छ । नेपाली सेनाको भीमदल गणको आयोजनामा मौलो परिवर्तन गरी पूजा गरिएको हो ।
कोशीमा भइरहेको आन्दोलनप्रति जातीय संस्थाको ऐक्यबद्धता
कोशी प्रदेश नामाकरण गरेपछि सुरु भएको आन्दोलनप्रति ताप्लेजुङका जातीय संस्थाहरूले ऐक्यबद्धता जनाएका छन् ।
अवैध आयुर्वेदका उपचार केन्द्र बन्द गर्न माग
झापाको सीमा क्षेत्र तथा दक्षिण विभिन्न पालिकाहरूमा अवैधरुपमा खुलेको आयुर्वेद उपचार केन्द्रहरू बन्द गर्न माग गरिएको छ ।
प्रभावित क्षेत्रमा सम्झौताअनुसार काम गर्न माग
लिखु ४ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा सम्झौताअनुसार काम गर्न खिजिदेम्बा गाउँपालिकाले माग गरेको छ । खिजीदेम्बा गाउँपालिकाले सहमति कार्यान्वयन गर्न पत्र लेखेर सहमतिअनुसार काम गर्न आग्रह गरेको हो ।
लुका सकर विराट गोल्डकपको फाइनलमा
पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको केरलाको लुका सकर फुटबल क्लबले विराट गोल्डकपको फाइनलमा स्थान बनाएको छ ।
पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र
खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरू नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरबाहीका कारण अलपत्र परेका हुन् ।
बजेट अभावमा अलपत्र आधुनिक वधशाला
मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरमा निर्माण गरिरहेको आधुनिक वधशाला (पशु काट्ने घर) निर्माण भइसके पनि उपकरणको अभावमा प्रयोगमा आउन सकेको छैन ।
कोपिलालाई नयाँ घर
श्रीमान्को निधन भएपछि तीन जना छोराछोरीलाई साथ लिएर छाप्रोमा कष्टप्रद जीवन गुजारा चलाइरहेकी फिदिम–५ निवासी कोपिला शिवाको परिवारलाई जिल्लामा क्रियाशील सामाजिक संस्था जनसेवा समाजले घर बनाइदिएको छ। समाजका अध्यक्ष राजेन्द्र अधिकारीको पहलमा कोपिलाका लागि चिटिक्क परेको घर बनाइएको हो।
विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप
घाइतेमध्ये आठ जना प्रदर्शनकारी र ६ जना प्रहरी गम्भीर घाइते भएका छन्।
कोशी प्रदेशको विरोध : १७ राउण्ड हवाई फायर
कोशी प्रदेश नामकरणको विरोधमा उत्रिएकाहरु उग्र भएपछि प्रहरीले हवाई फायरसहित आश्रु ग्यास प्रहार गरेको छ ।
उर्लाबारी नगर वडाध्यक्षलाई आन्दोलनकारीबाट अभद्र व्यवहार
कोशी प्रदेश पुनः नामाङ्कन संंयुक्त संघर्ष समितिका कार्यकर्ताले मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि पौडेललाई अभद्र व्यवहार गरेका छन् ।
आन्दोलनकारीबाट उर्लाबारी नगरपालिका ६ का वडाअध्यक्ष कुटिए
कोशी प्रदेश पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिका कार्यकर्ताले मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष चिन्तामणि पौडेललाई कुटपिट गरेका छन्।
ढुङ्गाको मुटु
इटहरीमा ढुङ्गाको मुटु निर्माण गरिएको छ । इटहरीको तालतलैयामा ढुङ्गाको मुटु निर्माण गरिएको हो ।
नाम्चेबजार जाने दूधकोशी माथिको झुलुङ्गेपुल
विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा अवस्थित नाम्चेबजार जाने दूधकोशी माथिको झुलुङ्गेपुल । उक्त पुल हिलारी पुलको नामले परिचित छ । यो पुल खुम्बु पासाङल्हामू पदमार्ग अन्तर्गत पर्छ। सँगै रहेको अर्को पुल प्रयोगबिहीन अवस्थामा छ । तस्बिरः प्रणय पराजुली/रासस
ताप्लेजुङका सञ्चारकर्मीहरूको आँखा परीक्षण
नेपाल पत्रकार महासङ्घ र नेपाल नेत्र ज्योति सङ्घको स्थापना दिवसको अवसरमा ताप्लेजुङका सञ्चारकर्मीहरूको आँखा परीक्षण गरिएको छ ।
एसइईका लागि सुनसरीका केन्द्राध्यक्षलाई अभिमुखीकरण
माध्यमिक शिक्षा परीक्षा एसइईका लागि सुनसरीमा विभिन्न परीक्षा केन्द्रका लागि नियुक्त गरिएका केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण तालिम दिइएको छ ।
झापाका किसानलाई शतप्रतिशत अनुदानमा ‘डिप बोरिङ’
अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध दक्षिण झापाको हजारौँ बिघा जग्गामा सिँचाइ सुविधा पुर्याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ ।
सिकारीले हानेको गोली लाग्दा एक जनाको मृत्यु
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा भरुवा बन्दुकको छर्रा (गोली) लागेर एक जनाको मृत्यु भएको छ । गए राति सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर आठराई त्रिवेणी गाउँपालिका –३ हाङ्पाङका ५२ वर्षीय ललित गुरुङको मृत्यु भएको हो ।
जुट्न थाल्यो सहयोग
झापा कनकाई नगरपालिका–३ की बीना लिम्बूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएको छ। श्रीमान्द्वारा हतियार प्रहार गरी सख्त घाइते बन्नुभएकी ३८ वर्षीया बीना लिम्बू खर्च अभावमा घरमै मृत्यु कुरिरहेको समाचार यसअघि गोरखापत्र दैनिक र गोरखापत्र अनलाइनमा प्रकाशित भएको थियो। समाचार प्रकाशनपछि देश विदेशमा रहेका नेपालीले चासोसहित सहयोग गर्न थालेका छन्। उहाँलाई अस्ट्रेलियामा रहनुभएका दुर्गाप्रसाद उप्रेतीले नगद पाँच हजार पाँच सय, कनकाई नगरपालिका–३ का रमेशचन्द्र मैनालीले पाँच हजार एक सय, कनकाई नगरपालिका–२ का वडाध्यक्ष बलराम राईले छ हजार रुपियाँ प्रदान गर्नुभएको छ।
संरक्षण नभएको अनौठो ओडार
धनकुटा नगरपालिका वडा नम्बर २, सुन्तलेका ध्रुव बस्नेत ७१ वर्षको पुग्नुभयो। उहाँलाई करिब ६० वर्षयता एउटै कुराले कौतूहल जगाइरहेको छ। त्यो हो उहाँको घरनजिकै सल्लेरी सामुदायिक वनभित्र रहेको अनौठो घर। हालसम्म कुनै लिखित इतिहास फेला नपरेको र किंवदन्तीमै सीमित रहेको उक्त जङ्गलभित्रको ढुङ्गाको ओडारमा निर्मित घर कसले, कहिले र किन बनाएथ्यो भन्ने कौतूहल उहाँको मनमा वर्षौंदेखि रहिरहेकै छ।
छड्के जाँचमा कार्यालय प्रमुखसहित २९ कर्मचारी अनुपस्थित
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङद्वारा गरिएको छड्के जाँचका क्रममा तीन कार्यालय प्रमुखसहित उनन्तीस जना कर्मचारी अनुपस्थित रहेको भेटिएको छ।
प्रदेश प्रमुख खापुङसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगका सदस्य टुन्जे बराइलीले आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।
मृतक लाजेहाङको परिवारलाई तीन लाख राहत दिने निर्णय
कोशी प्रदेश सरकारले विरोध प्रदर्शनका क्रममा घाइते भई उपचारका क्रममा ज्यान गुमाउनुभएका पदमबहादुर लिम्बू लाजेहाङको परिवारलाई तीन लाख रुपियाँ राहत दिने निर्णय गरेको छ ।