• ७ जेठ २०८१, सोमबार

प्रदेश प्रमुख खापुङसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस

blog

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस गर्नुहुँदै राष्ट्रिय दलित आयोगका सदस्य टुन्जे बराइली । तस्बिर : प्रदेश प्रमुखको कार्यालय

विराटनगर, चैत १३ गते । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगका सदस्य टुन्जे बराइलीले आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।

सोमबार प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भई आयोगका सदस्य बराइलीले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगको आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।

आयोगका सदस्य बराइलीले, “एक्काइसौँ शताब्दीमा पनि दलित आयोगको प्रतिवेदन बुझाउन आउनु त्यति निको लागेको छैन । तर पनि दलित भएकैले अपहेलित भएर बाँच्नुपर्ने, कुटिनुपर्ने, मारिनुपर्ने समस्या ज्यूँका त्युँ छन् ।” भन्नुभएको थियो ।

प्रतिवेदन बुझ्नुहुँदै प्रदेश प्रमुख खापुङले २०२० साल तिरै दलित भेदभावविरुद्धको कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढेको स्मरण गराउनुभयो ।

प्रमुखले खापुङले बताउनुभयो, “त्यसबेलाको तुलनामा अहिले धेरै भेदभाव कम हुँदै गएकाले भविष्यमा शून्य हुनेमा आशावादी छु । साथै, यो समस्या दलितको मात्रै नभएर देशकै समस्या हो ।”