हिमपातले चौँरीलाई सकस
लगातारको पानीसँगै परेको हिउँका कारण उच्च पहाडी र हिमाली क्षेत्रमा याक, चौँरीलाई सकस भएको छ । सिक्किम र वेस्ट बङ्गालसँग सिमाना जोड्ने पाँचथरका उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपात भएको छ ।
‘ह्वाट्सएप’बाट ठगी
सूचना प्रविधिको पहुँच गाउँगाउँसम्म पुगेसँगै ठगी गर्ने प्रकृति पनि फेरिएका छन्। मोरङको पथरीशनिश्चरे–३, सुन्दरी चोककी २९ वर्षीय माङ्माया लिम्बू नयाँ प्रकृतिको ठगीमा पर्नुभयो। उहाँ अहिले कानुनी उपचार खोजिरहनुभएको छ। ‘९८२८९७८३०६’ को नम्बरको मोबाइलबाट ह्वाट्सएपमार्फत माङ्मायासँग कुराकानी सुरु भयो। माङ्मायाका श्रीमान् मलेसिया जानुभएको पाँच वर्ष भयो। श्रीमान्सँग उति साह्रो फोन सम्पर्क पनि हुँदैनथ्यो।
महासंघ कोशी प्रदेश अध्यक्षमा राउत
नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत सर्वसम्मत चयन हुनुभएको छ । बिहीबार झापाको बिर्तामोडमा सम्पन्न महासङ्घको पाँचौँ सभाले राउतलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
फुङ्लिङ नगरपालिकाद्वारा अधिकांश योजनामा संशोधन
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले दर्जनौँ योजना तथा कार्यक्रम संशोधन गरेको छ । चालू आर्थिक वर्ष सकिन अन्तिम चौमासिक अर्थात् चार महिना बाँकी रहेका बेला नगरपालिकाले पाँच दर्जन बढी योजना तथा कार्यक्रम संशोधन गरेको छ ।
एमाले अध्यक्ष ओली झापामा
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आउनुभएको छ । बिहीबार अपराह्न उहाँ झापाको भद्रपुर विमानस्थल हुँदै आफ्नो निर्वाचन क्षेत्र दमकमा आउनुभएको हो ।
अपाङ्गता भएकालाई माहुरीकाे घार वितरण
महालक्ष्मी नगरपालिकाको आयोजनामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममार्फत अपाङ्गता भएका ब्यक्ति तथा परिवारका सदस्यलाई मौरीपालनसम्बन्धी पाँच दिने आधारभुत तालिम सुरुभएको छ ।
६२ केजी गाँजासहित दुईजना पक्राउ
धरानमा प्रहरीले दुई व्यक्तिलाइ ६२ केजी गाँजासहित पक्राउ गरेको छ । धरान वडा नं २० सिरिसेमा मोटरसाइकलमा ल्याउँदै गरेको ३१ केजी गाँजा सहित धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका ९ आहालेका २५ वर्षीय जितेन राईलाई पक्राउ गरेको हो ।
लोप हुँदै खाँडी कपडा
चार दशकअघिसम्म धनकुटाको खाल्सा क्षेत्रका प्रत्येक घरमा खाँडीको कपडा बुन्ने तान भेटिन्थ्यो । त्यस बेला उद्योगबाट उत्पादन भएका कपडाको विकल्पका रूपमा सबैले यही कपडा प्रयोग गर्थे । गाउँघरमै पाइने कच्चा पदार्थ र परम्परागत सीपबाट खाँडी कपडा उत्पादन हुन्थ्यो । गाउँघरमै उत्पादन भएको कपासबाट धागो कातेर खाँडी कपडा बुनिन्थ्यो । खाँडी बुन्ने तान स्थानीय रूपमै बनाइन्थ्यो र परम्परागत रूपमा सीप हस्तान्तरण हुँदै आएको थियो तर अहिले खाँडी बुन्न जान्ने मान्छे भेट्न मुस्किल हुँदै आएको छ ।
वडा कार्यालय जाँदैनन् सचिव
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका अधिकांश सचिव वडामा नजाने गरेको पाइएको छ । १५ वडा रहेको नगरपालिकाको सातवटा वडाका सचिव कार्यालयमा नगई सदरमुकाममा बस्ने गरेको पाइएको हो । वडा सचिवहरू वडा कार्यालय नबसी सदरमुकाममा बसेर अड्डा जमाएपछि सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । दिक्तेलस्थित एक फोटोकपी पसलमा सातवटै वडाका सचिवहरूको बसोबास हुने गरेको पाइएको हो ।
आरन पेशा : कमाइ राम्रो, छैन आकर्षण
हातमा सीप र मनमा आँट भए कुनै पनि काम गर्न न बुढ्यौलीले छेक्छ न परिवारले रोक्छ । मोरङको कानेपोखरी–७ का गोरे विश्वकर्मा ७३ वर्षको भएर पनि आरनको सहारा लिएर महिनामा करिब २५ हजार रुपियाँ कमाउनुहुन्छ । गोरेको अनुहार चाउरी परिसक्यो । दाँत आधाउधी झरिसके । दारी कपाल फुलिसके । काँजो लगाएको चस्मा लगाएर उहाँ चैतको गर्मीमा आरन चलाउँदै आफ्नो परम्परागत पेसालाई धानिरहनुभएको छ । तीन भाइ छोरा वरिपरि छन् । नातिहरू पनि लाठे भइसके । आफ्नो परम्परागत पेसाबाट प्रसस्त पैसा कमाउन सकिन्छ भन्ने जान्दाजान्दै उनीहरू बाबुको पेसासँग बेखबरजस्तै छन् ।
कैलालीका किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’
सुदूरपश्चिम प्रदेश सरकारले हरेक वर्ष प्रदान गर्दै आएको ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’ बाट कैलालीका तीन जना कृषक पुरस्कृत हुनुभएको छ।
नवनिर्वाचित स्ववियु कार्यसमितिलाई बधाई
ताप्लेजुङको पाथीभरा बहुमुखी क्याम्पसको नवनिर्वाचित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन गरिएको छ।
ताप्लेजुङमा भीरबाट खसेर वृद्धको मृत्यु
ताप्लेजुङमा भीरबाट खसेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–१ खोक्लिङका ६७ वर्षीय खड्कप्रसाद लिम्बूको मृत्यु भएको हो ।
विद्यालय र अस्पतालमा मापसे परीक्षण गरिने
खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै कार्यालय, विद्यालय, अस्पताललगायतका सार्वजनिक ठाउँमा मादक पदार्थ सेवन (मापसे) परिक्षण गर्ने भएको छ ।
चुँदारा पेसा गरेर दैनिकी चलाउनै कठिन
काठको ठेकी बनाउने चुँदाराले श्रमअनुसारको ज्याला पाउन सकेका छैनन । लामो समयदेखि यो पेसा गरे पनि ठेकी कुँदेर जीवनयापन गर्न अप्ठ्यारो पर्ने गरेको उनीहरूको गुनासो छ ।
जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका–४ सीतापुरीमा गए राति जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
जिपको ठक्करबाट राईको मृत्यु
झापाको कमल गाउँपालिका वडा नं ४ सीतापुरमा बोलेरको ठक्करबाट मङ्गलवार राती एक जनाको मृत्यु भएको छ ।
तयार हुँदै चिया परीक्षण केन्द्र
नेपाली चियाका लागि अहिले चिया परीक्षण तथा प्रवद्र्धन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सूर्योदय नगरपालिकास्थित कन्याममा निर्माण भइरहेको केन्द्रको निर्माण हालसम्म ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ । प्रदेश सरकारको ८० प्रतिशत र सूर्योदय नगरपालिकाको २० प्रतिशत साझेदारीमा निर्माण भइरहेको केन्द्र सञ्चालनमा आएपछि नेपाली चियालाई बजारीकरणका ठूलो सहयोग पुग्ने अपेक्षा लिइएको छ ।
कोशीको भित्तो संरक्षण गरिँदै
सप्तकोशीको बहाव गाउँतिर मोडिएपछि नदी कटानको उच्च जोखिममा परेको उदयपुरको बेलका नगरपालिका–८ स्थित मेखबारी क्षेत्रको जमिन र बस्ती जोगाउन रिभेटमेन्ट अर्थात् कटान क्षेत्रको भित्तो संरक्षणको काम सुरु गरिएको छ। बीचमा बग्नुपर्ने नदी पूर्वतर्फबाट पश्चितिर मोडिएर पानीको सम्पूर्ण बहाव पश्चिमी किनारामा एकीकृत हुँदै गएपछि सुनसरी मोरङ सिँचाइ आयोजनाले छ करोडभन्दा बढी रुपियाँको लगानीमा दुई सय मिटर लामो ‘लन्चिङ एप्रोच’सहितको यस किसिमको भित्ता संरक्षण गरी बेलकातर्फको कटान नियन्त्रणको काम अगाडि बढाएको हो।
गुरुकुल सञ्चालन गर्न स्रोत अभाव
गाउँघरमा गुरु पुरोहितको अभाव हुन थालेपछि गुरुकुल शिक्षाप्रतिको आकर्षण बढेको छ। गुरुकुलमा निःशुल्क पढाउने परम्परा रहेकोले सञ्चालनमा भने समस्या हुने गरेको छ। मोरङको लेटाङ–९, जाँतेस्थित वैजनाथ अधिकारी प्रारम्भिक संस्कृत विद्यापीठमा २६ जना ब्राह्मण बाल बटुकले गुरुकुल शिक्षा लिइरहनुभएको छ। सरकारी सहयोगबिना नै सञ्चालन भएको विद्यापीठमा अध्ययन गरिरहेका विद्यार्थी पढाइ नसक्दै गुरु पुरोहित हुने गरेका छन्।
सम्झौताको तीन वर्षपछि आकाशे पुलको शिलान्यास
निर्माण सम्झौता भएको तीन वर्षपछि विराटनगर–१७ रानी भन्सारको एक नम्बर ढाट नजिक स्वागतद्वार र आकाशे पुलको शिलान्यास गरिएको छ। कोशी प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रबाट उद्योग सङ्गठन मोरङको संयुक्त लगानीमा निर्माण हुने संरचनाको मङ्गलबार शिलान्यास गरिएको हो।
धरान महेन्द्र बहुमुखी क्याम्पसमा समाजवादीका राई विजयी
स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा महेन्द्र बहुमुखी क्याम्पसमा समाजवादीका विद्यार्थी युवराज राई अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
सात वर्षमा पनि भएन कालोपत्रे
मध्यपहाडी लोकमार्गको धनकुटा खण्ड अन्तर्गत सबैतिर सडक निर्माणकार्य पूरा हुँदा पनि माङ्गमायादेखि वरडाँडासम्म तीन किलोमिटर सडक भने अझै पूरा हुन सकेको छैन। अन्यन्त्र सबै ठाउँमा सडक निर्माण भएको सात वर्ष बित्न लाग्दासमेत यो क्षेत्रमा भने काम भएको छैन।
नयाँ योजनालाई उत्पादनसँग जोड्न निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुराना आयोजना चाँडो सक्न र नयाँलाई उत्पादनसँग जोड्न निर्देशन दिनुभएको छ। सोमबार जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा जिल्लाका सरकारी कार्यालयका प्रमुख तथा विभिन्न स्थानीय तहका प्रमुखहरूको बैठकमा मुख्यमन्त्री कार्कीले यस्तो निर्देशन दिनुभएको हो।