साब्लाखुमा सामूहिक प्याज खेती
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४, साब्लाखुका किसानले सामूहिक प्याज खेती सुरु गरेका छन्। साब्लाखुमा रहेको नुमाफुङ कृषक समूहमा आबद्ध किसानले पहिलो पटक सामूहिक प्याज खेती सुरु गरेका हुन्। आत्मनिर्भर बन्ने प्रयासस्वरूप उक्त समूहमा आबद्ध किसानले सामूहिक प्याज खेती सुरु गरेको जनाएका छन्। सिदिङ्वा गाउँपालिकाको प्राविधिक सहयोगमा पहिलो पटक सामूहिक खेती सुरु गरिएको हो।
निःशुल्क क्रायोथेरापी
महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको सुरुवाती उपचार दमकका दुई अस्पतालमा निःशुल्क हुने भएको छ। दमक नगरपालिकाको पहलमा दमकस्थित सामुदायिक आम्दा अस्पताल र सरकार मातहतको दमक अस्पतालमा यसको उपचार निःशुल्क हुने भएको हो। दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईका अनुसार नगरपालिकाले यी दुई अस्पताललाई निःशुल्क रूपमा क्रायोथेरापीका लागि प्रयोग गरिने मोबाइल थर्मोकोबिलेटर मेसिन उपलब्ध गराएको हो। केही समयअघि स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य व्यवस्थापन महाशाखाले यो नगरपालिकालाई उपलब्ध गराएको थियो।
‘गाउँ–गाउँमा सिंहदरबार’ वडामै योजना सम्झौता
खोटाङका दुई स्थानीय तहले वडामै पुगेर योजना तथा कार्यक्रम सम्झौता गरेका छन्। पालिकासम्म आउँदा नागरिकलाई सास्ती भएको भन्दै वडामै पुगेर दिप्रुङ चुइचुम्मा र खोटेहाङ गाउँपालिकाले योजना तथा कार्यक्रम सम्झौता गरेका हुन्। चालू आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन भएका योजना तथा कार्यक्रम सञ्चालनका लागि दिप्रुङ चुइचुम्मा गाउँपालिकाले मङ्सिर २६ गतेबाट वडामा पुगेर सम्झौता गर्न सुरु गरेको थियो। पुस २ गतेसम्ममा पालिकाभित्रका सातवटै वडामा योजना सम्झौता सम्पन्न भएको पालिका अध्यक्ष लोकेन्द्र राईले जानकारी दिनुभयो।
पहिचानका लागि स्तम्भ ठड्याउने होड
पर्यटक आकर्षित गर्न स्थानको विशेषता झल्काउने गरी स्तम्भ निर्माण गर्ने प्रचलन झाँगिँदै गएको छ । त्यस्ता स्तम्भ देख्नासाथ जोकोहीले पनि सो स्थान तरकारी वा फलफूलका पकेट क्षेत्र रहेको सहजै थाहा पाउँछन् । यस्ता स्तम्भसामु उभिएर सेल्फी खिच्ने र सामाजिक सञ्जालमा राख्ने उत्तिकै फेला पर्छन् । स्वादिलो सुन्तला उत्पादनका लागि नामुद शहीदभूमि गाउँपालिकामा सुन्तलाको स्तम्भ निर्माण गरिएको छ । गाउँपालिकाले करिब १९ लाख रुपियाँ खर्च गरेर पिप्लेडाँडामा स्तम्भ निर्माण गरेको छ । गाउँपालिकाका अध्यक्ष मनोज राईले भन्नुभयो, “सुन्तला उत्पादनका लागि यो क्षेत्र प्रख्यात छ । त्यसैले यसलाई पर्यटकीय क्षेत्रका रूपमा परिचित गराउन सुन्तला स्तम्भ निर्माण गरिएको हो ।”
पुल बनेपछि जोडियो सदरमुकामसँग रोशीजैदु
बत्तीमुनिको अँध्यारो भनेजस्तै विकासमा पछि परेको सोलुखुम्बुको सदरमुकाम वडाको एउटा गाउँ सोलुदूधकुण्ड नगरपालिका –५ को रोशी र जैदुक्षेत्र सदरमुकाम सल्लेरीसँग सडक सञ्जालमा जोडिएको छ ।
अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसमा कामदार सम्मानित
सुनसरी सदरमुकाम इनरुवामा २२ औँ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसका दिन कामदारहरू सम्मानित भएका छन् ।
‘गाउँ–गाउँमा सिंहदरबार’को नारा कार्यान्वयन हुँदै
खोटाङका दुई स्थानीय तहले वडामै पुगेर योजना तथा कार्यक्रम सम्झौता गरेका छन् । पालिकासम्म आउँदा नागरिकलाई सास्ती भएको भन्दै वडामै पुगेर दिप्रुङ चुईचुम्मा र खोटेहाङ गाउँपालिकाले योजना तथा कार्यक्रम सम्झौता गरेका हुन् ।
पुसे मेलाका लागि दुई दिन बिदा
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले पुसे मेलाका लागि दुई दिन स्थानीय बिदा दिएको छ । खाम्लुङको दोभान बजारमा लाग्ने पुसे मेलाका लागि मेरिङ्देन गाउँपालिकाले आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा दिएको हो ।
गुणस्तरहीन बायोस्याण्ड फिल्टर उत्पादनमा रोक लगाउन माग
पानीलाई शुद्धीकरणका लागि प्रयोग गरिने गरेको बायोस्याण्ड फिल्टर गुणस्तरहीन उत्पादन हुने गरेको भन्दै यसको प्रयोगमा सचेतता अपनाउनका लागि बायोस्याण्ड फिल्टर उद्यमी संगठन नेपालले आग्रह गरेको छ ।
पाँचथरमा गरिब परिवारलाई परिचय पत्र वितरण
पाँचथरको फाल्गुनन्द गाउँपालिकाले सम्बन्धित वडा कार्यालयबाटै नेपाल सरकारले सूचीकृत गरेका गरिब घर परिवारलाई परिचय पत्र दिन थालेको छ ।
प्रदेश प्रमुखलाई निर्वाचन प्रतिवेदन बुझाइयो
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले शनिबार प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मङ्सिर ४ गते सम्पन्न निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाउनुभएको छ।
दुर्घटनामा एक महिलाको मृत्यु
झापाको कमल गाउँपालिका वडा नं. ५ मा शुक्रवार अपराह्न भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
कोशी अस्पतालको आठ तले भवन बन्दै
पूर्वाधारको समस्या झेल्दै आएको कोसी अस्पतालमा आठ तले भवन बन्ने भएको छ। नेपाल सरकारको दुई अर्ब १७ करोड ६६ लाख रुपियाँ लागतमा आधुनिक अस्पताल भवन निर्माण सुरु गरिएको हो। पुरानो जीर्ण अस्पताल भवनबाट सेवा प्रवाह गरिरहेको कोसी अस्पतालले पुरानो प्रसूति र मेडिकल वार्ड रहेको भवन भत्काएर नयाँ भवन बनाउन सुरु गरेको हो। नवनिर्मित भवनको बिहीबार सहरी विकासमन्त्री मेटमणि चौधरी र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले संयुक्त रूपमा शिलान्यास गर्नुभयो।
छ पत्रकार सम्मानित
नेपाल पत्रकार महासङ्घ पाँचथरले छ जना पूर्व अध्यक्षलाई सम्मान गरेको छ । शुक्रवार सम्पन्न नवौँ वार्षिक साधारण सभाको अवसरमा शाखाका छ जना पूर्व अध्यक्षहरूलाई शाखाले सम्मान गरेको हो ।
फिदिममा ‘सुश्री पारिजात’ को किताबी चर्चा
पाँचथरको फिदिममा लेखक गोविन्द गिरी प्रेरणाद्वारा लिखित पछिल्लो २७ औं कृति ‘सुश्री पारिजात’ को चर्चा गरिएको छ । नौली साहित्यिक विहान र कोर्काली अध्ययन केन्द्र पाँचथरद्वारा शुक्रबार आयोजित समीक्षा कार्यक्रममा प्रेरणाको किताबी चर्चा गरिएको हो ।
धनकुटामा प्रदेश स्तरीय व्यापार मेला हुने
धनकुटामा माघ पहिलो सातादेखि प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सव हुनेभएको छ । धनकुटामा भएको लघु घरेलु तथा कृषिजन्य उत्पादनको प्रबर्धन गर्ने उद्देश्यले आगामी माघ ६ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ ।
झापामा दुई लाख पाँच हजारको अवैध सामान बरामद
झापाको मेचीनगर–५ काली मन्दिर छेउमा इलाका प्रहरीका कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ अवैध रुपमा भन्सार छली लादै गरेको उक्त मूल्य पर्ने नेपाली ढाकाको झोला चार बोरा र पोते फेला पारेको हो ।
जनप्रतिनिधिलाई महासङ्घकाे सम्मान
नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । शाखाले आफ्नो १० औं साधारणसभाको अवसरमा महासङ्घको साधारण सदस्य भई स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको हो ।
जहाँ पोखरी, त्यहाँ पर्यटक
जिल्लाको मुख्यगरी साधुटार, सुकेपोखरी, कालापोखरी, जोरपोखरी, लामपोखरी, तिम्बुपोखरी, गुदोला बोजोलालगायत तालमा पर्यटक धेरै पुग्ने गरेका छन् ।
भू–उपयोग कार्यविधि पारित
झापाको दमक नगरपालिकाले जमिनको वर्गीकरण गर्न आवश्यक भू–उपयोग कार्यविधि, २०७९ पारित गरेको छ। ३३ वटा दफा र दुईवटा अनुसूची भएको भू–उपयोग कार्यविधि नगरपालिकाको बोर्ड बैठकले सर्वसम्मत पारित गरेको हो। नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार नगरस्तरीय भू–उपयोग परिषद्बाट वर्गीकरणसम्बन्धी प्रतिवेदन पारित भई नगर कार्यपालिकाको बैठकबाट समेत यसलाई सर्वसम्मत रूपमा पारित गरिएको हो। पारित प्रतिवेदन र कार्यपालिकाको निर्णयसहितको सम्पूर्ण विवरण नापी विभाग, प्रदेश भू–उपयोग परिषद् र सङ्घीय भू–उपयोग परिषद्मा पठाइसकिएको समेत उहाँले जानकारी दिनुभयो।
स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गर्नुपर्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेशी उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गरी व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने बताउनुभएको छ ।
दक्ष जनशक्ति विकास गर्नेतर्फ शैक्षिक गतिविधि उन्मुख हुनुपर्छ : राष्ट्रपति भण्डारी
राष्ट्रपति बिद्यादेवी भण्डारीले हाम्रो मुलुकमा उपलब्ध प्राकृतिक स्रोत तथा सांस्कृतिक सम्पदाहरूमा आधारित उद्यमशीलता प्रवर्धन गर्न आवश्यक पर्ने दक्ष जनशक्ति विकास गर्नेतर्फ शैक्षिक गतिविधिहरू उन्मुख हुनुपर्ने बताउनु भएको छ ।
हकप्रद सेयर निष्कासन गरिने
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा रहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
प्रथम हर्क राई स्मृति फुटबल हुने
प्रथम हर्क राई स्मृति नकआउट फुटबल प्रतियोगिता शनिबारदेखि जामुनखाडी सिमसारमा सुरु हुने भएको छ । प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको आयोजक जामुनखाडी स्र्पोटिङ क्लबले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।