• १२ साउन २०८१, शनिबार

पाँचथरमा चट्याङ लागेर दुई जना घाइते, गाई र बाख्रा मरे

blog

प्रतिकात्मक तस्बिर

राधा लुइटेल

फिदिम, चैत १ गते। चट्याङ लाग्दा पाँचथरको तुम्बेवा गाउँपालिका–२ मा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा स्थानीय कृष्णजीत मगरकी २४ वर्षीया छोरी नेत्रकुमारी र बुहारी बुधमाया मगर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो।

साँझ ५ बजे कृष्णजीतको गाई गोठमा चट्याङ पर्दा उहाँहरु घाइते हुनुभएको हो। नेत्रकुमारीको अवस्था गम्भीर रहेको उहाँको भनाइ छ। 

चट्याङ लाग्दा गोठमा बाँधेको कृष्णजीतको माउ गाई र तुम्वेवा १ का छविन्द्र पाण्डेका दुई वटा बाख्रा मरेका छन्। घाइते दुवै जनालाई उपचारका लागि धरान पठाइएको छ।