प्रदेश प्रमुख खापुङसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय दलित आयोगका सदस्य टुन्जे बराइलीले आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ ।
मृतक लाजेहाङको परिवारलाई तीन लाख राहत दिने निर्णय
कोशी प्रदेश सरकारले विरोध प्रदर्शनका क्रममा घाइते भई उपचारका क्रममा ज्यान गुमाउनुभएका पदमबहादुर लिम्बू लाजेहाङको परिवारलाई तीन लाख रुपियाँ राहत दिने निर्णय गरेको छ ।
खानेपानीको समस्याले रित्तिएको गाउँ
खानेपानीको चरम समस्याले खोटाङको एउटा गाउँ रित्तिएको छ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीस्थित पुरानो गाउँ खानेपानीको समस्याले रित्तो भएको हो ।
ताप्लेजुङमा किशोर किशोरी धेरै
हिमाली जिल्ला ताप्लेजुङमा किशोर अवस्थाका मानिस धेरै रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार ताप्लेजुङमा किशोर अवस्था अर्थात् १५ देखि १९ वर्ष उमेर समूहका मानिस सबैभन्दा बढी रहेको पाइएको हो ।
‘अधिकार दिन कन्जुस्याइँ’
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयताको मर्मअनुरूप अधिकार विकेन्द्रीकरणमा कन्जुस्याइँ भएको बताउनुभएको छ। नेपाल कानुन समाजद्वारा आइतबार विराटनगरमा आयोजित अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री कार्कीले संविधानमा उल्लिखित अधिकार बाँडफाँटमा कन्जुस्याइँ गरिँदा प्रदेश र स्थानीय तहले समस्या बेहोर्नु परेको बताउनुभएको हो।
पचास परिवारलाई निःशुल्क घर
उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा पहिलो पटक ५० परिवारलाई सुरक्षित आवासगृह निर्माण गर्न सुरु गरिएको छ। नगरका अति विपन्न परिवारलाई लक्षित गरी सुरक्षित आवास कार्यक्रमअन्तर्गत निःशुल्क बाँसको घर निर्माण सुरु गरिएको हो। नगर क्षेत्रका भूमिहीन, सीमान्तकृत, अति विपन्न, दलित तथा निम्न आयस्रोत भएका परिवारलाई लक्षित गरी घर निर्माण गर्न लागिएको हो। ह्याबिट्यान्ट फर ह्युम्यानिटी इन्टरनेसनल र त्रियुगा नगरपालिकाको संयुक्त सहयोगमा साझेदार संस्था वातावरण विकास केन्द्र (हुरेन्डेक) उदयपुरले त्रियुगा
नगद अनुदानले प्लाइउड निर्यात वृद्धि
निर्यातमा अनुदानको व्यवस्थाले प्लाइउड निर्यात उल्लेख्य रूपमा बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको माघसम्ममा दुई अर्ब १६ करोड २३ लाख रुपियाँको प्लाइउड निर्यात भएको छ । नगद अनुदानको व्यवस्थाले चालु आर्थिक वर्षमा पाँच अर्ब रुपियाँको निर्यात हुने उद्योगीको अनुमान छ । नगद अनुदान कार्यान्वयन प्रभावकारी भए आगामी आर्थिक वर्ष १० अर्ब रुपियाँको प्लाइउड निर्यात हुने र किसानले समेत त्यसको लाभ लिने अवसर सिर्जना हुने दाबी उद्योगीको छ ।
एसइईका लागि सोह्र जना केन्द्राध्यक्ष
ताप्लेजुङमा चैत १७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि सोह्र जना केन्द्राध्यक्ष तोकिएको छ । जिल्लामा परीक्षा सञ्चालन गर्न निर्धारण भएका १६ वटा केन्द्रका लागि केन्द्राध्यक्ष तोकिएको हो ।
गरगहना सफा गर्ने भन्दै ठगी गर्ने तीन जना पक्राउ
सुन लगायतको गरगहना सफा गर्ने भन्दै ठगी गरेको आरोपमा ओखलढुङ्गामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
इनरुवामा शिक्षक र प्राध्यापकलाई सम्मान
हिन्दु स्वयंसेवक सङ्घ नेपालले बौद्धिक वर्गका शिक्षक र प्राध्यापकलाई सम्मान गरेको छ । सुनसरी सदरमुकाम इनरुवामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षामा योगदान गर्नेहरूलाई सम्मान गरेको सङ्घले जनाएको छ ।
बेमौसमी तरकारी खेती गर्ने किसानलाई टनेल वितरण
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा बेमौसमी तरकारी खेती गर्ने किसानलाई टनेल वितरण गरिएको छ ।
धनकुटामा टनेल खेतीमा आकर्षण बढ्यो
धनकुटामा पछिल्लो समय कृषक टनेल खेतीतर्फ आकर्षित हुन थालेका छन्।
निर्माण सम्पन्न नहुँदै पुलको टावर ढल्यो
खोटाङ र उदयपुरलाई जोड्ने सुनकोसी पुलमा निर्माणाधीन रहेको झोलुङ्गे पुलको टावर ढलेको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको बाईटार र उदयपुरको कटारी नगरपालिकाका–१० सोरुङ छबिसेको चिपटार जोड्ने झोलुङ्गे पुलको टावर निर्माण सम्पन्न नहुँदै ढलेको हो।
ट्राफिक कारबाहीबाट साढे चारलाख राजस्व सङ्कलन
ताप्लेजुङमा विभिन्न ट्राफिक कारबाहीबाट साढे चारलाख रुपियाँ बढी राजस्व सङ्कलन भएको छ । पछिल्लो आठ महिनाको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले ताप्लेजुङमा गरेको ट्राफिक कारबाहीबाट सो राजस्व रकम सङ्कलन गरेको हो ।
काँकरभिट्टा क्याम्पसमा नेविसंघ विजयी
काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको लागि भएको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घ विजयी भएको छ।
आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति गठन
कोशी प्रदेशको नामाकरणको विषयमा असहमति जाहेर गर्दै आन्दोलनरत पक्षसँग वार्ताका लागि नेपाल सरकारले वार्ता समिति गठन गरेको छ।
कोशी प्रदेश नामाकरण विवाद : चैत ५ को घटनाबारे छानबिन गर्न समिति गठन गर्ने
कोशी प्रदेश नामकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ ।
कुकुरलाई ‘सङ्गिनी सुई’
गर्भ निरोधका लागि महिलालाई लगाइने ‘सङ्गिनी सुई’ पाँचथरमा कुकुरलाई लगाएर दुरुपयोग गर्ने गरेको पाइएको छ। पशु अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले सदरमुकाम फिदिममा चलाएको कुकुर, बिरालोका लागि स्थायी बन्ध्याकरण शिविरमा ल्याइएका कुकुरलाई सङ्गिनी सुई लगाइएको हो। सङ्गिनी लगाएका पोथी कुकुरको पाठेघरमा पिप जम्ने र पाक्ने जस्ता गम्भीर प्रकृतिको सङ्क्रमण (पायोमेट्रा) देखिएको विज्ञ केन्द्र पाँचथरका प्रमुख डा. मनोज महतोले बताउनुभयो।
सहकारी आवास हस्तान्तरण
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सानोसानो पुँजीलाई एकीकृत गरेर सहकारी संस्थाहरूले गरिबी निवारणका लागि दिएको योगदानको प्रशंसा गर्नुभएको छ। उहाँले नाफा कमाउन तथा स्वार्थ बोकेर स्थापना भएका सहकारी र जनहितमा खुलेका सहकारी बुझेर मात्र सदस्य बनेर कारोबार गर्न आग्रह गर्नुभयो।
लिम्बुलाई शहीद घोषणा गर्न माग
कोशी प्रदेश नामाङ्कन खारेजीको मागसहित पहिचानवादी समूहले गरेको विराटनगर प्रदर्शनमा घाइते भएका पदम लिम्बु लाजेहाङको शुक्रबार मृत्यु भएको छ । उहाँलाई शहीद घोषणा गर्नुपर्ने सङ्घर्ष समितिले माग गरेको छ ।
कोशी नाममा विवाद गर्नुपर्ने कारण छैन : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मानव सभ्यताभन्दा पहिले कोशीको उत्पत्ति भएको हुँदा कोशीको नामकरणमा विवाद गर्नु आवश्यक नभएको बताउनुभएको छ ।
ताप्लेजुङमा दोस्रो औद्योगिक कृषि तथा पर्यटन मेला हुने
ताप्लेजुङमा दोस्रो औद्योगिक कृषि तथा पर्यटन मेला तथा प्रदेशस्तरीय अर्गानिक महोत्सव–२०७९ को तयारी सुरु गरिएको छ ।
सीमा क्षेत्रको समस्या समाधान गर्ने प्रतिबद्धता
भारतसँग सीमा जोडिएको झापामा सीमा क्षेत्रमा रहेका समस्या सामधान गर्न प्रयत्न गर्ने सरोकारवालाले प्रतिबद्धता जनाउनुभएकोछ । खुला सीमाको फाइदा उठाउँदै भइरहेका अवैध कारोबार रोक्न, कुखुरा तथा मासुजन्य पदार्थको अवैध आयातलाई निरुत्साहित गर्न, नेपालतर्फ आएर भारतीय गाडीले गर्नेगरेको मनोमानी रोक्न, सुपारीको बिषयमा देखिएको समस्या समाधान गर्न स्थानीयले माग गरेपछि सरोकारवालाले सो प्रतिबद्धता जनाउनु भएको हो ।
सुरक्षित आप्रवासनबारे प्रहरीलाई अभिमुखीकरण
वैदेशिक रोजगारीमा रहेका कामदार र कामदारका परिवारको उचित संरक्षण गर्ने उद्देश्यले सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरीसँग अभिमुखीकरण कार्यक्रम गरेको छ ।