• १ असार २०८२, आइतबार

ताप्लेजुङमा किशोर किशोरी धेरै

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, चैत १३ गते । हिमाली जिल्ला ताप्लेजुङमा किशोर अवस्थाका मानिस धेरै रहेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार ताप्लेजुङमा किशोर अवस्था अर्थात् १५ देखि १९ वर्ष उमेर समूहका मानिस सबैभन्दा बढी रहेको पाइएको हो । 

प्रतिवेदनअनुसार ताप्लेजुङमा किशोर अवस्थाका १३ हजार ८० जना मानिस रहेका छन् । यस्तै जिल्लामा ज्येष्ठ उमेर समूह ९५ वर्ष वा सो भन्दा माथिका ३५ जना नागरिक रहेका छन् । त्यस्तै २० देखि २४ वर्ष उमेर समूहका ११ हजार ९२१ जना मानिस रहेका छन् । 

यसै गरी ५ देखि ९ वर्ष उमेर समूहका ११ हजार ७१६ जना, १० देखि १४ वर्ष समूहका ११ हजार ५९३ जना, २५ देखि २९ वर्ष उमेर समूहका १० हजार ५२३ जना, जन्मेदेखि ४ वर्ष उमेर समूहका १० हजार २२० जना नागरिक रहेको राष्ट्रिय जनगणनाको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

उमेर समूहकै आधारमा ३० देखि ३४ वर्ष समूहका आठ हजार ३६५ रहेको छ भने ३५ देखि ३९ वर्ष उमेर समूहका सात हजार २०६ जना नागरिक रहेका छन् । ४० देखि ४४ वर्ष उमेर समूहका छ हजार ४६८ जना, ४५ देखि ४९ वर्ष उमेर समूहका पाँच हजार ४७३ जना, ५० देखि ५४ वर्ष उमेर समूहका छ हजार २०० जना, ५५ देखि ५९ वर्ष उमेर समूहका चार हजार ९८४ जना रहेका छन् । 

त्यसै गरी ६० देखि ६४ वर्ष उमेर समूहका चार हजार ३८८ जना, ६५ देखि ६९ वर्ष उमेर समूहका तीन हजार २४० जना छन् । यस्तै ७० देखि ७४ वर्ष उमेर समूहका दुई हजार ४४१ जना, ७४ देखि ७९ वर्ष उमेर समूहका एक हजार ४४८ जना, ८० देखि ८४ वर्ष उमेर समूहका ८०२ जना, ८५ देखि ९० वर्ष उमेर समूहका ३६६ र ९० देखि ९४ वर्ष उमेर समूहका १२१ जना नागरिक रहेको राष्ट्रिय जनगणनाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।