• ६ वैशाख २०८१, बिहिबार

एमाले अध्यक्ष ओली झापामा

blog

दमकको एक कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, चैत ९ गते । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आउनुभएको छ । बिहीबार अपराह्न उहाँ झापाको भद्रपुर विमानस्थल हुँदै आफ्नो निर्वाचन क्षेत्र दमकमा आउनुभएको हो ।

एमाले झापाका अध्यक्ष दीपक कार्कीका अनुसार आफ्नो निर्वाचन क्षेत्र ५ को दमकमा रहेको मेची सहकारी संस्थाले आफ्ना सदस्यहरूका लागि बनाएको सहकारी आवास हस्तान्तरणका लागि ओली झापा आउनुभएको हो । शुक्रबार बिहान आवास हस्तान्तरण गर्ने कार्यक्रम छ ।

सहकारी संस्थाले दमक २ मा ४३ वटा एकै प्रकारका घर बनाएर सहकारीका सदस्यलाई प्रदान गर्दैछ । नेपालमा नै व्यवस्थित रूपमा एकै ठाउँमा सहकारी बस्ती बनाएको यो नै पहिलो भएको दाबी गरिएको छ ।

यसैगरी ओलीले शुक्रबार बिर्तामोडमा मिसन ग्रासरुट अभियानको विषयमा अगुवा कार्यकर्तासँग छलफल गर्ने कार्यक्रम रहेको एमाले झापाका सचिव शिव ढुङ्गेलले बताउनुभयो ।