• १६ चैत २०८०, शुक्रबार

जिपको ठक्करबाट राईको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल

दमक, चैत ८ गते । झापाको कमल गाउँपालिका वडा नं ४ सीतापुरमा बोलेरको ठक्करबाट मङ्गलवार राती एक जनाको मृत्यु भएको छ ।  

पूर्वपश्चिम राजमार्गमा पूर्वतर्फ गइरहेकोे बोलेरो गाडीको ठक्करबाट कमल गाउँपालिका वडा नं. ५ का ४० वर्षीय चन्द्रबहादुर राईको मृत्यु भएको हो । राती १० बजे मे. १ ज १९४२ नम्बरको बोलेराेले राईलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ ।

राईलाई ठक्कर दिएर फरार रहेको सवारी चालकसहित सवारी साधन बुधवार बिहान बिर्तामोडस्थित बसपार्कबाट नियन्त्रणमा लिइएको जनाइएको छ । प्रहरी टोलीले चालकसहित सवारी नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।