• १५ वैशाख २०८१, शनिबार

रुखको हाँगाले लागेर महिलाको मृत्यु

blog

झापाको हल्दिबारीमा हावाहुरीले किसानको घर र खेतबारीमा पुर्याएको क्षति । तस्बिरः विष्णुप्रसाद

विष्णुप्रसाद पोखरेल

दमक, चैत १९ गते । झापामा हावाहुरी सहित आएको असिनापानीका कारण एक जनाको ज्यान गएको छ भने एक दर्जनभन्दा बढीलाई घरबार विहीन बनाएको छ । प्रहरीका अनुसार शुक्रबार साँझ हावाहुरी चल्दा रुखको हाँगा भाँचिएर लाग्दा घाइते बन्नुभएकी दमककी ४० वर्षीया सिलाई धिमालको उपचारको क्रममा मृत्यु भएको छ ।

दमक वडा नं. ४ ताराबारीको अर्नाखाडीमा भन्ने ठाउँकी स्थानीय धिमाललाई रुखको हाँगाले लागेपछि गम्भीर घाइते बन्नुभएको थियो । उहाँलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको थियो । उहाँको शनिवार मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको विभिन्न पालिकाहरूमा घरका छना उडाएको, कच्चा घरहरू भत्काएको, उद्योगहरूमा भएका टिनका छानाहरू दुलो पारेको र उडाएको सूचना आइरहेको छ । क्षतिको विवरण आउने र सङ्कलन गर्ने कार्य जारी रहेको प्रहरीको भनाइ छ ।