• १२ वैशाख २०८१, बुधबार

कोशी प्रदेशको नामबाट पछि हट्यो जसपा, नेपाल

blog

गाेरखापत्र समाचारदाता

काठमाडाैँ, चैत १९ गते । जनता समाजवादी पार्टी, नेपालले कोशी प्रदेशको नामबाट पछि हटेको छ । 

आइतबार अध्यक्ष उपेन्द्र यादवले आन्तरिक सर्कुलरमार्फत तत्कालका लागि उक्त प्रदेशको नाम प्रदेश नं. १ हुने र पछि नाम परिवर्तन भएमा उक्त परिवर्तित नामलाई प्रयोग गरिने जनाएको सो पार्टीको प्रचार विभागद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ।  

प्रेस विज्ञप्ति जारी गरी जनताले प्रदेश नं. १ मा उठाएको पहिचानको आधारमा प्रदेशको नामकरण हुनुपर्दछ भन्ने मागलाई यथोचित रूपमा सम्बोधन गर्न गराउन सरकारसँग जोडदार माग गरिएको आधिकारिक धारणा सबैलाई जानकारी गराइएको कुरा समेत परिपत्रमा उल्लेख छ ।

वि.सं. २०७९ चैत १ गते जारी परिपत्रमा संयोगवश प्रदेश १ को नाम कोशी प्रदेश शब्द पर्न गएको भन्दै पार्टीले उक्त नाम सच्चाएको हो।