धनकुटामा नौ सय ८१ परिवार विपद्को जोखिममा
यो बर्खामा धनकुटामा नौ सय ८१ परिवार विपद्को जोखिममा रहेको अनुमान गरिएको छ। विपद्को सबै मिलेर सामना गर्नु आवश्यक रहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनुभयो।
हाते ट्याक्टरमा किसानको आकर्षण
ओखलढुङ्गामा किसानको आधुनिक कृषि यन्त्रमा आकर्षण बढ्दै गएको पाइएको छ । यहाँका किसानले पछिल्लो समय खेत जोत्न, धान चुट्न, गहुँ काट्न, मकै छर्ने लगायतका काममा आधुनिक कृषि यन्त्र (हाते ट्याक्टर, थ्रेसर)को प्रयोग गर्न थालेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आजै प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव गर्ने हुनुभएको छ ।
कृषिमा आत्मनिर्भर बनाउन ‘अध्यक्ष कृषि आयोजना’
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले कृषि र पशुपालनबाट किसानलाई आत्मनिर्भर बनाउन ‘अध्यक्ष कृषि आयोजना’ सुरु गर्ने भएको छ । कृषि र पशुपालनलाई प्राथमिकता दिँदै गाउँपालिकाले अध्यक्ष कृषि आयोजना सुरु गर्ने भएको हो ।
कृषि बिज भण्डारको गोदाम सिल
नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल इलामका सहकारीले महँगो मूल्यमा बिचौलियालाई बेच्ने गरेको पाइएपछि इलाममा रहेको कृषि बिज भण्डारको गोदाममा सिल गरिएको छ । वास्तविक किसानले अनुदानको मल नपाइरहँदा सहकारीले बिचौलियालाई बेच्ने गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय इलामले गोदाममा सिल गरेको हो । किसानबाट व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय इलामले बुधबार अनुगमन गर्ने क्रममा इलाम बजारमा रहेको कृषि बिज भण्डारमा ५२ बोरा रासायनिक मल फेला पारेको थियो ।
नकारात्मक टिप्पणी हुनु दुःखद : मुख्यमन्त्री
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष प्रशासन सुधार कार्यदलले बुधबार प्रतिवेदन बुझाएको छ। प्रदेश सरकारले गठन गरेको कार्यदलले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा एक कार्यक्रमका बिच उक्त प्रतिवेदन बुझाएको हो। सो अवसरमा मुख्यमन्त्री कार्कीले प्रतिवेदन मार्फत कार्यदलले दिएका राय सुझावलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत कार्यन्वयन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यदलका सुझावहरू कार्यान्वयन गर्ने सवालमा प्रदेश सरकारका मन्त्री तथा सचिवहरूको महत्वपूर्ण भूमिका हुने जानकारी दिँदै उहाँले प्रतिवेदनलाई राम्रोसँग अध्ययन गरेर कार्यान्वयनमा लैजान पनि मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनुभयो।
बिपद उद्धारबारे सेनाको एकीकृत हातेमालो अभ्यास
नेपाली सेनाको गाइघाटस्थित पशुपतिप्रसाद गणले प्रकोप अगाडि अपनाइने सावधानी र विपतको समयमा गरिने खोज, उद्धार तथा राहतका लागि जिल्लास्तरीय अभ्यास एकीकृत हातेमालो कार्यक्रम सम्पन्न भएको छ ।
जोगिएला त कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको पद !
जेठ ३१ गते प्रदेश सभाको बजेट अधिवेशन अन्त्यगरी अध्यादेशबाट आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याएको प्रदेश सरकारले भोलि बिहीबार प्रदेश सभाको तेस्रो अधिवेशन बोलाएको छ ।
वंशजको आधारमा नागरिकता दिन सुरु
जिल्ला प्रशासन कार्यालय धनकुटाले वंशजको आधारमा नेपाली नागरिकता प्रमाणपत्र दिन सुरु गरेको छ ।
आफ्नै पाठ्यपुस्तक पढाउँदै गाउँपालिका
जिल्लाको सीमावर्ती हरिनगर गाउँपालिकाका विद्यार्थीहरूले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्ने अवसर पाएका छन् । गाउँपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेसँगै यहाँका विद्यार्थीहरूको हात–हातमा पुस्तक पुगेको हो ।
मोरङमा नागरिकता लिनेको भीड (फोटो फिचर)
जन्मसिद्ध नागरिकता प्राप्त गरेका नेपाली नागरिकका सन्तानले नागरिकता पाउने कानुन बनेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन आउनेको भीड लागेको छ । गएको सोमबारदेखि कार्यालयमा नागरिकता लिनका लागि सयौँ मानिसहरू लाइनमा बस्दै आएका छन् ।
मैवाखोलाका पहिरो पीडितलाई राहत सामग्री वितरण
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले बाढीपहिरोबाट पीडित भएका परिवारलाई राहत सामग्री वितरण गरेको छ । पालिकाभित्रका बाढीपहिरो पीडित ६१ परिवारलाई गाउँपालिकाले राहत सामग्री वितरण गरेको हो ।
जङ्गली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी
जङ्गली च्याउ खाँदा मोरङको कानेपोखरी–७ बरगाछीमा एकै परिवारका पाँच जना गम्भीर बिरामी परेका छन् । कमजोर आर्थिक अवस्थाका कारण उनीहरूको उपचार हुन सकेको छैन । उनीहरूले मङ्गलबार बेलुका खेतबाट खोजेर ल्याएको जङ्गली च्याउको तरकारीसँग खाएका थिए ।
‘रिभेटमेन्ट वाल’ नहुँदा जोखिम
नदी कटानको उच्च जोखिममा परेको बेलका नगरपालिका–८ स्थित मेखबारी क्षेत्रको खेतीयोग्य जमिन र मानव बस्ती जोगाउन ‘रिभेटमेन्ट वाल’ अर्थात् कटान क्षेत्रको भित्तो संरक्षणको कामले निरन्तरता नपाएपछि सो क्षेत्रमा थप जोखिम बढेको छ। बिचमा बग्नुपर्ने नदी पूर्वी किनारबाट पश्चिमतिर मोडिएर पानीको सम्पूर्ण बहाव पश्चिमी किनारमा एकीकृत हँुदै गएपछि सुनसरी मोरङ सिँचाइ आयोजनाले करिब सात करोड रुपियाँको लगानीमा यसअघि निर्माण गरेको दुई सय मिटर लामो ‘लन्चिङ एप्रोच’ सहितको रिभेटमेन्ट वाल अर्थात् कटान क्षेत्रको भित्तो संरक्षणको कामले निरन्तरता नपाउँदा सो क्षेत्रमा थप जोखिम बढेको हो।
मेची राजमार्ग पुनः अवरुद्ध
मेची राजमार्गको फिदिम ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध भएको छ । हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको हो ।
पाँचथरमा जंगली च्याउ खादा नौ जना बिरामी
पाँचथरको फिदिम र कुम्मायकमा जंगली च्याउ खादा नौ जना बिरामी परेका छन् । बिरामी पर्नेमा फिदिम नगरपालिका ११ नागीन निवासी एकै परिवारका पाँच जना छन् ।
अवरुद्ध मेची राजमार्ग १० दिनपछि सञ्चालन
हेवा खोलामा ह्युम पाइप मार्फत पानी तर्काएर डाइभर्सन बनेसँगै मेची राजमार्गको पाँचथरको फिदिम–ताप्लेजुङ सडकखण्ड सञ्चालन भएको छ।
बुढा रुखले यात्रा जोखिममा
मोरङको पथरीशनिश्चरे नगरपालिका खण्डमा पर्ने पूर्व पश्चिम राजमार्गको किनारमा रहेका सुकेका रुख सम्बन्धित निकायले नहटाइदिँदा दुर्घटनाको जोखिम बढेको छ ।
संरक्षणको पर्खाइमा धनकुटेली घर
ऐतिहासिक महत्त्व बोकेका धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ७ र ८ का पुराना घरहरू संरक्षणको पर्खाइमा छन् । उक्त घरहरू संरक्षण नहुँदा अहिले भत्किन थालेका छन् ।
खेर जाने बाँसबाट घरायसी सामग्री बनाउँदै इलामका महिलाहरू
इलामको सूर्योदय नगरपालिकाका तारा चाम्लिङ ६१ वर्षमा पुग्नु भयो । ६१ बर्षीया राई अहिले धमाधम बाँसका सामग्री बनाउने सीप सिक्दै हुनुहुन्छ । हातमा कुनै सीप नभएका राई अहिले बाँसका विभिन्न सामग्री निर्माण गर्न पोख्त भइसक्नु भएको छ । ‘आफू सँग कुनै सीप नहुँदा धेरै दुख पाइयो, अहिले सिकेको सीप बुढेसकालको सहारा बन्छ भन्ने आस गरेको छु ’ राईले भन्नुभयो ।
विपद् प्रभावितका लागि ‘गाउँ आवास कार्यक्रम’
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले बाढी पहिरोसहित विपद्बाट प्रभावित हुने परिवारलाई लक्षित गरी ‘गाउँ आवास कार्यक्रम’ सञ्चालन गर्ने भएको छ ।
झापामा अलगअलग घटनामा तीन जनाको मृत्यु
झापामा अलगअलग घटनामा आज बिहान तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार हल्दिबारी गाउँपालिका –२ स्थित चिया बगानमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको र शिवसताक्षी नगरपालिकास्थित झिलझिलेमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो ।
स्थानीय तहको बजेट : निःशुल्क एम्बुलेन्स सेवा
दमक नगरपालिकाले सुत्केरी आमालाई पोसिलो खाना उपलब्ध गराउने, गर्भवती महिला तथा नगरवासीका लागि निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा दिने नीति तथा कार्यक्रममा ल्याएको छ। एक अर्ब ८४ करोड १२ लाख ३९ हजार रुपियाँ बराबरको बजेटसहितको नीति तथा कार्यक्रम दमक नगरपालिकाले ल्याएको हो। सुत्केरी तथा पाँच वर्ष मुनिका बालबालिकालाई र नियमित रगत चढाउनु पर्ने बिरामीका लागि ल्याब परीक्षण गरेबापत लाग्ने रकम नपाले तिरिदिने नीति ल्याएको छ। रेडक्रसले ल्याब परीक्षणबापत भन्दै रगतको पैसा लिँदै आएको छ। यस्तै सरकारी दमक अस्पतालमा पोस्टमार्टम सेवा निःशुल्क गर्ने उल्लेख गरिएको छ। दमक नगरभित्र बसोबास गर्नेहरूले मात्र यो सुविधा पाउने छन्। यसै गरी दमक अस्पतालमा ‘जलन उपचार कक्ष’ बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले विपन्न तथा स्थानीय सरकारबाट अपेक्षा गर्ने समूह तथा नागरिकलाई नगरले दिने सेवालाई सहज बनाउने गरी नीति तथा कार्यक्रममा प्राथमिकता रहेको बताउनुभयो। “अति विपन्न तथा विपन्न वर्गका व्यक्तिले स्थानीय सरकार भएको अनुभूति गर्ने किसिमका कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ,” उहाँले भन्नुभयो।
आगलागी हुँदा इलाममा सात घर जले
इलामको माङ्सेबुङ गाउँपालिका वडा ५ को लारुम्बामा गए राति भएको आगलागीमा सात घर नष्ट भएका छन् । बाँझो स्थित प्रहरी चौकीका अनुसार आगोले हर्कबहादुर चेम्जोङ, पदम इवा, माङ्गेना साम्बाहाम्फे, अनु चेम्जोङ, नरहाङ लावती, लोकहाङ लावती र चन्द्र राईका घर पूर्ण रूपमा नष्ट भएका हुन् ।