• २० असोज २०८१, आइतबार

पाँचथरमा जंगली च्याउ खादा नौ जना बिरामी

blog

राधा लुइटेल 

फिदिम, असार १२ गते । पाँचथरको फिदिम र कुम्मायकमा जंगली च्याउ खादा नौ जना बिरामी परेका छन् । बिरामी पर्नेमा फिदिम नगरपालिका ११ नागीन निवासी एकै परिवारका पाँच जना छन् । 

बिहानको खानामा जंगली च्याउको तरकारी खाँदा ६० वर्षीय श्रीमाया मेयाङवा ३८ वर्षीय प्रिय कुमार मेयाङवा, २१ वर्षीय सुमन मेयाङवा, फालेलुङ सात निवासी ज्वाई ५१ वर्षीय रामप्रसाद केरुङ र जस माया मेयाङवा रहेका छन् । 

बिरामीहरुलाई उपचार पश्चात घर पठाइएको प्रहरीले जनाएकोे छ । उता कुम्मायक गाउँपालिका १ यासोकका ३२ वर्षीय हेमन्त थापा, ६८ वर्षीय लिला थापा, ६० वर्षीय इन्द्रमाया नेपाली र ६० वर्षीय रुद्रबहादुर दर्जी पनि बिरामी परेको जिल्ला प्रहरी कार्यलय पाँचथरका पहरी नायव उपरिक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

बिरामीलाई उपचारका लागि पाँचथर अस्पताल ल्याइएपनि थप जोखिम हुने भन्दै बिर्तासिटी अस्पताल पठाइएको पाँचथर अस्पतालले जनाएको छ । चारै जनाले मंगलबार विहानको खानामा च्याउ खाएको र खानापछि पेट दुख्ने समस्या देखिएपछि स्वास्थ्य संस्था ल्याइएको आफन्तले जनाएका छन् ।