शिवसताक्षीमा ज्ञान घर सञ्चालन
शिवसताक्षी नगरपालिकाले बालबालिका र युवा वर्गमा पठन संस्कृतिको विकास गर्नका लागि पालिकाका विभिन्न स्थानमा ज्ञान घर निर्माण सुरु गरेको छ। शिवसताक्षी नगरपालिका–७, ब्याङडाँडामा निर्मित ज्ञान घरको शनिबार उदघाटन गर्दै शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रो रोसनले सो अभियानको सुरुवात गर्नुभएको हो। स्थानीय गोर्खाली हर्ट नामक क्लबको संयोजन र नगरपालिकाको आर्थिक सहयोगमा सुरुवात गरिएको उक्त ज्ञान घरमा प्रमुख थोप्रोले बृहत् नेपाली शब्दकोशलगायतका पुस्तकहरू प्रदान गर्नुभएको थियो। गाउँपालिकाले प्रदान गरेको चार लाख रुपियाँ र अन्य दाताको सहयोगबाट उक्त ज्ञान घरको सुरुवात गरिएको गोर्खाली हटका अध्यक्ष विजय लिम्बूले बताउनुभयो। यसै आर्थिक वर्षमा शिवसताक्षी नगरपालिकाभित्र माईधार र धरमपुरमा ज्ञान घर तयार भइसकेको र आगामी आर्थिक वर्षमा थप चार स्थानमा ज्ञान घर निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको प्रमुख थोप्राले बताउनुभयो।
ताप्लेजुङमा ३७ प्रतिशत रोपाइँ सकियो
ताप्लेजुङमा असार १५ गते सम्ममा ३७ प्रतिशत धान रोपाइँ भएको छ। जेठ महिनाको दोस्रो साता पछिदेखि नै रोपाइँ सुरु हुने गरेको भए पनि हालसम्म ३७ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो।
चैनपुर बजार
सङ्खुवासभाको पहिलो व्यापारिक केन्द्र तथा ऐतिहासिक नगरी चैनपुर नगरपालिकाको चैनपुर बजार
चिया बगानका रुखमा प्रयोग गरिने पहेँलो स्टिकर हटाउने तयारी
मेचीनगर नगरपालिकाले चिया बगानका रुखमा प्रयोग गरिएका पहेँलो सङ्केत (स्टिकर)लाई हटाउने भएको छ ।
मोटरसाइकलले ठक्कर दिँदा ८४ वर्षीय वृद्धको मृत्यु
झापामा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ ।
हराउँदै गए हल गोरु
असार १५ गते झापासहित देशका विभिन्न ठाँउमा विभिन्न कार्यक्रम गरेर धान दिवस मनाइएको छ। यो असार १५ मा मेसिनको प्रयोग तथा प्रदर्शनी मुख्य आकर्षणको रुपमा रहेको पाइएको थियो।
बाढी प्रभावित क्षेत्रका पूर्वाधार निर्माणमा ढिलाइ नगर्न मन्त्री ज्वालाको निर्देशन
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले असार ३ गतेको बाढीपहिरोले प्रभावित क्षेत्रका पुलसहित पूर्वाधार निर्माणका काममा ढिलाइ नगर्न निर्देशन दिनुभएको छ ।
नागरिकताका लागि टोकन प्रणाली
नागरिकता लिनेको भिड बढेपछि जिल्ला प्रशासन कार्यालय झापाले पालिका अनुसार आलोपालो प्रणाली लागु गरेको छ। जन्मसिद्ध नागरिकका सन्तानबाहेकले लिने नयाँ नागरिकताका लागि आलोपालो कायम गरिएको सो कार्यालयले जनाएको छ। नेपाल नागरिकता ऐन, २०७९ (पहिलो संशोधन) जारी भएपश्चात् जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु गरिएपछि जिल्ला प्रशासन कार्यालय झापामा भिड बढेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलका अनुसार झापामा २६ हजार ४३० जनाले जन्मसिद्ध नागरिकता लिएका छन्।
खानेपानी लैजान श्रमदान गर्दै गाउँले
मोरङ जिल्लाका केही गाउँमा बिजुली, खानेपानी र सडक अझै पुगेको छैन् भन्दा पत्याउन गाह्रो हुन्छ तर उत्तरी मोरङको मिक्लाजुङ–१ को खोला गाउँमा अझैसम्म खानेपानीको अभाव छ। गाउँको नाम खोलागाउँ। तल तेलीखोलामा बाह्रैमास कञ्चन पानी बगिरहन्छ तर माथि खोलागाउँका झन्डै सय घरपरिवारलाई खानेपानीको चरम सङ्कट छ। यही खोलागाउँका बासिन्दा यति बेला तेलीखोलाको पानी गाउँ लैजान जनश्रमदान गरिरहेका छन्।
धनकुटामा धान रोपाइँको रमाइलाे
‘जलवायु अनुकूलित कृषि मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ धनकुटाका विभिन्न स्थानमा राष्ट्रिय धान दिवस मनाउँदै रोपाइँ भइरहेका छन्।
बाढीमा बेपत्ता एक जनाको शव १३ दिनपछि भेटियो, १९ अझै बेपत्ता
सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ ।
बाढी पीडितलाई इन्द्रेणी टोलीको राहत
ताप्लेजुङका बाढीपहिरो पीडित परिवारलाई कलाकार कृष्ण कँडेल नेतृत्वको इन्द्रेणी टोलीले राहत सहयोग उपलब्ध गराएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री पदमुक्त
मुख्यमन्त्री हिक्मतकुमार कार्की पद मुक्त हुनुभएको छ । प्रदेशसभाबाट आवश्यक बहुमत प्राप्त गर्न असफल भएपछि उहाँ पदमुक्त हुनुभएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुहुँदै
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्नु भएको छ । उहाँले मतविभाजनबाट विश्वासको मत परीक्षण गर्न चाहेको भन्दै प्रस्ताव गर्नुभएको हो ।
हेवा खोलामा फड्के पुल बनेपछि यात्रुलाई सहज
मेची राजमार्गअन्तर्गत ताप्लेजुङखण्डको फिदिमस्थित हेवा खोलामा फड्के पुल सञ्चालनमा आएसँगै यात्रुलाई आवत-जावत गर्न केही सहज भएको छ ।
विषालु च्याउ खाँदा एक जनाको मृत्यु
ओखलढुङ्गामा विषालु च्याउ खादा एक जनाको ज्यान गएको छ । विषालु च्याउ खाँदा चिशंखुगढी गाउँपालिका –७ डाँडा गाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो ।
करेन्ट लागेर मजदुरको मृत्यु
झापाको बिर्तामोडमा करेन्ट लागेर एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर २ मा सडक निर्माणको क्रममा जमेको पानी मोटरले तानेर फ्याल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
सात वर्षदेखि बजेट, अझै बनेन प्रशासकीय भवन
मोरङका १७ वटा स्थानीय तहमध्ये पथरीशनिश्चरे नगरपालिकाले अझै प्रमुख प्रशासकीय भवन निर्माण गर्न सकेको छैन। पथरीशनिश्चरे नपाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा पनि जग्गा खोजबिनका लागि ७० लाख रुपियाँ विनियोजन गरेको छ। साविकको पथरी र शनिश्चरे गाविस समाहित भएर २०७० मा पथरीशनिश्चरे नगरपालिका गठन भएको थियो। तत्कालीन अवस्थामा नगरको केन्द्र साविक शनिश्चरे गाविसको शिविरडाँडामा तोकिएको थियो। २०७३ सालमा राज्यपुनर्संरचना आयोगले पथरीशनिश्चरे नगरपालिकामा हसन्दह गाविस थप गर्ने निर्णय गरी नगरको केन्द्र वडा नं. १० को भुटानी शरणार्थी शिविरडाँडामा नै राख्ने निर्णय ग¥यो। आयोगले तोकेको जग्गा नेपाल सरकारको वन क्षेत्र हो। जहाँ वनले सट्टा भर्नामा अन्यत्र जग्गा उपलब्ध नगराएसम्म भवन निर्माण गर्न दिँदैन।
फैलिँदै डेङ्गुको सङ्क्रमण
चार वर्षअघि महामारीका रूपमा फैलिएको डेङ्गु रोगको सङ्क्रमण पुनः फैलिन थालेसँगै स्वास्थ्य निर्देशनालय धनकुटाले उपचारका लागि स्वास्थ्य जनशक्ति तयारी अवस्थामा राखेको छ। कोशी प्रदेशमै डेङ्गु रोगको सङ्क्रमण फैलन सुरु भएसँगै विभिन्न माध्यमबाट बच्ने उपायसहितको सूचना सन्देश प्रसारण गरी सबैलाई सचेत गराइएको स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले बताउनुभयो। उहाँका अनुसार डेङ्गु रोगबाट कोशी प्रदेशको सुनसरीस्थित धरानमा र सङ्खुवासभामा सबैभन्दा बढी बिरामी फेला परेका छन्।
कोशीमा मुख्यमन्त्रीले आज विश्वासको मत लिने
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रस्तुत गर्नुभएको विश्वासको मत लिने प्रस्ताव बिहीबार निर्णयार्थ प्रस्तुत नगरी शुक्रबार प्रस्तुत गर्ने गरी बैठक स्थगित भएको छ । बिहीबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव गरी छलफलसमेत सकिसकेको अवस्थामा मुख्यमन्त्री नै प्रदेश सभाबाट बाहिरिएपछि बिहीबार मुख्यमन्त्रीको प्रस्ताव निर्णयार्थ प्रस्तुत नहुने अवस्था उत्पन्न भएको हो । प्रदेश सभा सचिवालयले प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत लिने प्रस्तावसँगै निर्णयार्थ प्रस्तुत हुने कार्यसूची प्रकाशन गरेको थियो तर बैठकमा उक्त प्रस्ताव निर्णयार्थ पेस भएन ।
कोशी प्रदेश सभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित
कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक विशेष कारणवश शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको छ।
कोशी प्रदेश : विश्वासको मतका लागि प्रस्ताव पेस
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाको बिहीबारको बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुभएको छ।
मिक्वाखोलाका किसानलाई मिल वितरण
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले किसानलाई तोरी पेल्ने मिल (आयल एक्स्पेलर) वितरण गरेको छ । मिक्वाखोला गाउँपालिकाका पाँचमध्ये तीनवटा वडाका किसानलाई सो मिल वितरण गरिएको हो ।
किमाथाङ्का जोड्ने सडक
जोगबनी र किमाथाङ्का नाका जोड्ने कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको भोटखोला गाउँपालिका च्याम्ताङ–छुमसुर खण्डमा सडक निर्माणको काम गर्दै मजदुर।