• २० असोज २०८१, आइतबार

मोटरसाइकलले ठक्कर दिँदा ८४ वर्षीय वृद्धको मृत्यु

blog

विष्णुप्रसाद पोखरेल
दमक, असार १६ गते ।
झापामा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । झापा गाउँपालिका वडा नं. ६ का ८४ वर्षीय  भोलानाथ सिटौलाको उपचारको क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शुक्रबार दिउँसो स्थानीय पन्थपाँडा–शरणामती भित्री सडक खण्डमा प्र १–०१–०१३ प ८९४१ नम्बरको मोटसाइकलले सडकमा हिँडिरहनुभएका सिटौलालाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका सिटौलालाई तत्काल उपाचार लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो । शनिबार बिहान उपचारको क्रममा सिटौलाको मृत्यु भएको रिजालले जानकारी दिनुभयो ।