• २० असोज २०८१, आइतबार

कोशी प्रदेश सभा बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित

blog

कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा सहभागी हुँदै प्रदेश सभा सदस्य ।

विराटनगर, असार १४ गते। कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक विशेष कारणवश शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको छ।

प्रदेश सभाको बिहीबार बसेको पहिलो बैठकपछि ३० मिटेनका लागि स्थगन गरिएकोमा बेलुकी ८ बजे बस्ने भनी सूचना जारी भएको थियो। बेलुकी ९ः३० बजे प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचना सार्वजनिक गर्दै बैठक शुक्रबार बस्ने जानकारी गराउनुभएको हो। 

पराजुलीद्वारा जारी सूचनामा शुक्रबार ११ बजे बस्ने गरी बैठक स्थगन भएको उल्लेख छ।

कोशी प्रदेश प्रदेशसभा नियमावली, २०७४ (पहिलो  संशोधन समेत) को नियम ६ को उपनियम (३) बमोजिम प्रदेशसभा सदस्यहरूलाई जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ।

यसअघि सभा दिउँसो १ बजे सञ्चालन हुने कार्य सूची रहे पनि सभा १ः५० मा प्रारम्भ भएको थियो।रासस