• २० असोज २०८१, आइतबार

विषालु च्याउ खाँदा एक जनाको मृत्यु

blog

शेरबहादुर राई

ओखलढुङ्गा, असार १५ गते । ओखलढुङ्गामा विषालु च्याउ खादा एक जनाको ज्यान गएको छ । विषालु च्याउ खाँदा चिशंखुगढी गाउँपालिका –७ डाँडा गाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो । 

विषालु च्याउ खादा शर्माका श्रीमान् परशुराम खतिवडा गम्भीर बिरामी पर्नु भएको छ । एक साता अघि घर नजिकै उम्रिएको च्याउ खाए पछि खतिवडा दम्पती गम्भीर बिरामी पर्नुभएको थियो । उपचारका लागि महाराजगञ्जको शिक्षण अस्पतालमा लगिएकोमा शर्माको बिहीबार ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । 

खतिवडाको अवस्था गम्भीर रहेको र उहाँको उपचार भइरहेको प्रहरी निरीक्षक दासले बताउनुभयो ।