• १५ वैशाख २०८१, शनिबार

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुहुँदै

blog

बैठकमा सहभागी कोशी प्रदेशसभा सदस्यहरु । तस्बिर : गोकुल पराजुली

गोकुल पराजुली

विराटनगर, असार १५ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत माग्नु भएको छ । उहाँले  मतविभाजनबाट विश्वासको मत परीक्षण गर्न चाहेको भन्दै प्रस्ताव गर्नुभएको हो । त्यसक्रममा उहाँले सर्वदलीय सरकार गठन गर्न र प्रदेशलाई सहज निकास दिन आग्रह गर्नुभयो । अझै पनि सहमतीय सरकार बनाउन आफू तयार रहेको र छाती ठुलो पार्न उहाँले आग्रह गर्नुभयो । 

कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले यो सरकारले विश्वासको मत नपाए तत्काल अर्को सरकार बन्न सक्ने आधार नदेखिएको बताउनुभएको छ ।

आफू सभाबाट नभागेको प्रष्टीकरण दिनुहुँदै उहाँले आर्थिक विषयमा प्रश्न उठेकाले तथ्याङ्क अध्ययन गर्न जवाफ दिन समयमै सभामुखलाई जानकारी दिएर बैठकमा उपस्थित भएको बताउनुभयो । उहाँले विश्वासको मत लिने प्रयासका लागि परामर्शका लागि मात्र समय लिएको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले संविधानको सर्वोच्चताप्रति नेकपा (एमाले) लाई कुनै पनि शङ्का नगर्न आग्रह गर्नुभयो । मनसुनको समयमा भएको प्राकृतिक विपत्तिको समयमा भएका क्षति तथा राहत र उद्धारमा सरकार संवेदनशील रहेको उहाँले जिकिर गर्नुभयो । 

पहिचानवादीहरूसँग वार्ता र संवादका माध्यमबाट माग सम्बोधन गर्न संवैधानिक र कानुनी प्रक्रिया अवलम्बन गर्ने उहाँले बताउनुभयो । विश्वासको मत लिने मुख्यमन्त्रीको प्रस्तावमा बैठकमा जनता समाजवादी पार्टी तटस्थ बस्ने निर्णय गरेको थियो । बिहीबारको बैठकमा सांसद निर्मला तावा लिम्बू अनुपस्थित रहनुभएको थियो ।