• २० असोज २०८१, आइतबार

धनकुटामा नौ सय ८१ परिवार विपद्को जोखिममा

blog

विपद् व्यवस्थापन सामग्री अवलोकन गर्नुहुँदै धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमसहितको टोली।

कबिराज घिमिरे 

हिले, असार १४ गते। यो बर्खामा धनकुटामा नौ सय ८१ परिवार विपद्को जोखिममा रहेको अनुमान गरिएको छ। विपद्को सबै मिलेर सामना गर्नु आवश्यक रहेको धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताउनुभयो। 

विपद्‍मा तीन हजार ९ सय ८१ व्यक्ति प्रभावित हुनसक्ने धनकुटामा सहायक प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेको भनाइ छ।  भीम दल गण सल्लेरी ब्यारेक धनकुटाले आयोजना गरेको विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन एकीकृत अभ्यास हातेमालो–५ कार्यक्रममा यो विषयमा जानकारी दिइएको हो। 

जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी सशस्त्र प्रहरी, रेडक्रसलगायतको उपस्थितिमा  विपद् व्यवस्थापनको विषयमा कार्यक्रम भएको हो।  कार्यक्रममा विपद् पूर्व तयारीका विषयमा छलफल भएको भीम दल गण सल्लेरी ब्यारेक धनकुटाका गणपति सुमन थापाले जानकारी दिनुभयो।  कार्यक्रममा विपद् सामना गर्न नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेना तथा रेडक्रससँग रहेका सामग्रीसमेत प्रदर्शन गरिएको छ।