• २० असोज २०८१, आइतबार

बिपद उद्धारबारे सेनाको एकीकृत हातेमालो अभ्यास

blog

जिल्लास्तरीय अभ्यास एकीकृत हातेमालो कार्यक्रममा प्रजिअ जनार्दन गौतम । तस्विर : भक्तिविलास पोखरेल

भक्तिविलास पोखरेल 

गाईघाट, असार १३ गते । नेपाली सेनाको गाइघाटस्थित पशुपतिप्रसाद गणले प्रकोप अगाडि अपनाइने सावधानी र विपतको समयमा गरिने खोज, उद्धार तथा राहतका लागि जिल्लास्तरीय अभ्यास एकीकृत हातेमालो कार्यक्रम सम्पन्न भएको छ । 

जिल्लास्थित सुरक्षा निकायका प्रमुख, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि, रेडक्रस सोसाइटी र सम्बन्धित सरोकारवाला गैरसरकारी संस्थाका प्रतिनिधिलाई सहभागी गराएर बुधवार सञ्चालित जिल्लास्तरीय सो कार्यक्रममा पशुपति गणका निमित्त गणपति सेनानी हरि वोगटीले प्रकोपका बेला गरिने सबैखाले विपतको खोज र उद्धार गर्न स्रोतसाधन र जनशक्तिले नेपाली सेना सक्षम रहेको बताउनुभयो । 

बाढी, पहिरो र डुवान, खोज उद्धार। राहत र पुनस्र्थापन विषयमा केन्द्रित सो कार्यक्रममा दुई वटा छुट्टाछुट्टै समुहमा छलफल गरी आएका निचोडलाई समुहगत रुपमा प्रस्तुत गरिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी र राष्ट्रिय अनुसन्धाका अधिकृतले आप्mनो कार्यालयको विपद ब्यवस्थापनसम्बन्धि मौजुदास्थिति प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लास्तरीय हातेमालो अभ्यास कार्यक्रम अन्तर्गत टेवुलटक अभ्यास कार्यक्रमले उदयपुर जिल्लामा हुनसक्ने प्राकुतिक प्रकोपका वेला गरिने राहत र उद्धारको कामलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

प्रजिअ गौतमले मनसुन प्रतिकार्य पूर्व तयारी अभ्यास र विपद प्रतिकार्य पूर्व तयारी अभ्यासजस्ता कार्यक्रमले सुरक्षा निकायलाई आपतका वेला कसरी काम गर्नुपर्छ भन्ने कुराको महत्वपूर्ण ज्ञान दिने हुँदा यो कार्यक्रम धेरै प्रभावकारी भएको बताउनुभयो ।