• २० असोज २०८१, आइतबार

आगलागी हुँदा इलाममा सात घर जले

blog

कोकिला ढकाल

इलाम, असार १२ गते । इलामको माङ्सेबुङ गाउँपालिका वडा ५ को लारुम्बामा गए राति भएको आगलागीमा सात घर नष्ट भएका छन् । बाँझो स्थित प्रहरी चौकीका अनुसार आगोले हर्कबहादुर चेम्जोङ, पदम इवा, माङ्गेना साम्बाहाम्फे, अनु चेम्जोङ, नरहाङ लावती, लोकहाङ लावती र चन्द्र राईका घर पूर्ण रूपमा नष्ट भएका हुन् । 

काठ र टिनबाट निर्मित घरहरू एकै ठाउँ लाइनै रहेकाले जलेको प्रहरीले जनाएको छ । राति करिब साढे २ बजेतिर सुरु भएको आगो स्थानीयले नियन्त्रणमा लिएका थिए । विद्युत् सर्ट भई आगलागी भएको र आगलागीमा करिब ५५ लाख रुपैयाँको भएको प्रहरीले जानकारी दिएको छ ।