गर्मीसँगै खर्बुजाको व्यापार
गर्मी बढेसँगै केही दिनदेखि यता उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रमा खर्बुजाको व्यापार तथा कारोबार बढेको छ । गर्मीको कारण दैनिक खर्बुजा किन्ने ग्राहक बढेसँगै यसको कारोबारमा समेत वृद्धि भएको व्यापारी बताउँछन् ।
बागमतीमा एमालेबाट चार जना मन्त्री बन्दै, नेकपा एसको असन्तुष्टि
बागमती प्रदेशमा एकै दिन दोस्राे पटक मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ। सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले) बाट मङ्गलबार चार जना मन्त्री थपिने भएका हुन्।
नलगाडका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो
जाजरकोटको नलगाड नगरपालिकाभित्रका १८ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले तलब नपाएको गुनासो गरेका छन् । पाँच महिनादेखि स्थायी स्वास्थ्यकर्मी र करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब नपाएको गुनासो गरेका हुन् ।
राजधानी भित्रने पर्यटकको तथ्याङ्क छैन
पर्यटकीय राजधानी पोखरा भित्रिने विदेशी पर्यटकको सङ्ख्या यकिन हुन सकेको छैन । नेपाल घुम्न आउने पर्यटकमध्ये आधा पर्यटक पोखरा भित्रने आङ्कलन गरिए पनि वास्तविक तथ्याङ्क कुनै निकायसँग पनि छैन ।
युक्रेनी विस्फोटक पदार्थ जफत गरेको रुसको दाबी
रुसको सङ्घीय सुरक्षा बल (एफएसबी) ले मङ्गलबार युक्रेनबाट पठाइएको र युरोपेली सङ्घ (इयु) हुँदै मूर्तिहरूमा लुकाएर ल्याइएको भारी मात्राको विस्फोटक पदार्थ जफत गरेको बताएको छ ।
गाजा आक्रमणमा खाद्यान्न झार्दै गरेका सात सहायताकर्मीको मृत्यु
अमेरिकास्थित एक परोपकारी संस्थाले साइप्रसबाट समुन्द्री मार्ग हुँदै गाजामा वितरण गर्न लगिएको खाद्यान्न सामग्री झार्ने क्रममा इजरायली आक्रमणमा आफ्ना सात कर्मचारीको मृत्यु भएपछि गाजाको सहायता अभियान स्थगन गरिएको मङ्गलबार जनाएको छ ।
साहित्यकार सुवेदीको परिवारलाई राष्ट्रपति पौडेलको समवेदना सन्देश
राष्ट्रपति रामचन्द्र पौडेलले साहित्यकार तथा समालोचक स्वर्गीय दधिराज सुवेदीको परिवारप्रति समवेदना दिनुभएको छ।
गच्छे-भालुवाङ्ग सडक प्रदेश राजधानी जान ४७ किमी छोटिने
राप्ती नदीवारि अर्घाखाँची जिल्ला पर्छ तर त्यही स्थानमा जान सदरमुकाम सन्धिखर्कबाट गोरुसिङ्गे हुँदै एक सय २० किमी सडक यात्रा गर्नुपर्छ ।
प्रतिनिधि सभामा बिमस्टेक बडापत्रको प्रावधानमाथि छलफल सुरु
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको देशको प्रयास (बिमस्टेक) बडा पत्रको प्रावधानमाथि छलफल सुरु भएको छ ।
उप-निर्वाचनका लागि मुख्य अधिकृत तोकियो
आगामी वैशाख १५ गते हुने इलाम-२ को निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले उक्त निर्वाचनका लागि जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ ।
अहिलेका असन्तुष्टिलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिने
समाजवादी मोर्चाका संयोजक एवम् नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अहिलेका असन्तुष्टिहरूलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिने बताउनुभएको छ ।
ज्येष्ठ नागरिक दिवासेवा केन्द्र: पीडा भुलाउने चौतारी
चाउरी परेका अनुहार, कपाल पूरै फुलेर सेताम्मे, हिँड्न गाह्रो हुँदा लौरोको सहारा, जीवनको उत्तरार्द्धतर्फ उन्मुख यहाँका ज्येष्ठ नागरिकको अहिलेको दैनिकी हो-बिहानको खानापछि दिवासेवा केन्द्रमा पुग्ने, दुःख सुखका कुरा गर्ने तथा रमाउने ।
‘बजेट र योजना नयाँ प्रशासकीय स्वरूप अनुरूपको बनाउनुपर्छ’
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बजेट र योजना बनाउँदा पुरानो सोच झल्कनेभन्दा पनि नयाँ प्रशासकीय स्वरूप अनुरूपको बनाउन सरकारलाई सुझाव दिनुभएको छ ।
पर्वतमा दम्पती हत्या : कुकुरसहितको अनुसन्धान टोली
म्याग्दीको सदरमुकाम बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दह हत्या घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखरबाट तालिम प्राप्त कुकुर सहितको विशेष टोली हिँडेको प्रहरीले जनाएको छ।
देवघाट-हलेसी-माउन्ट एभरेष्ट मोटर र्याली
नेपाल अटोमोबाइल एसोसिएसन (नासा) बागमती प्रदेश र चितवन अटोमोबाइल डिलर्स एसोसिएसन (काडा) ले संयुक्तरुपमा अटो जिमखाना तथा मोटर ट्युरिङ एन्ड टिडिएस र्याली (प्रतियोगिता) आयोजना गर्ने भएका छन् ।
कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको विशेष बजेट दिन माग
नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको विशेष बजेट दिनुपर्ने बताउनुभएको छ
जलवायुका असरसँग जुध्न सरकार प्रतिबद्ध
वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडीले जलवायु अनुकूलनलाई प्राथमिकता दिएर सरकारले सरकारले राष्ट्रिय अनुकूलन योजना तयार पारेर कार्यान्वयन गरिरहेको बताउनुभएको छ ।
मुस्लिम महिलाका लागि सिलाइकटाई तालिम
मुस्लिम तथा मधेसी समुदायका महिलाहरू घर बाहिर निस्कन असहज मान्ने गरेको अवस्थामा बाँकेको जानकी गाउँपालिकाले उनीहरूलाई सिप सिकाएर व्यावसायिक बनाउने योजना अघि सारेको छ ।
कोशी प्रदेशमा सडक दुर्घटना भयावह
उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा यही चैत १ गते को १ ज २५९३ नम्बरको जीप दुर्घटनामा पर्याे ।
नेपाल र भारत सुरक्षा अधिकारीको समन्वय बैठक
नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीको समन्वय बैठक सम्पन्न भएको छ।
सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमः अभिभावकविहीनलाई छात्रवृत्ति
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाले ‘२३ औँ सशस्त्र प्रहरी दिवस-२०८०’को अवसरमा अभिभावकविहीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
डढेलो नियन्त्रणमा सघाउनेलाई पुरस्कृत गरिने
वन डढेलो नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गर्नेलाई पुरस्कृत गरिने भएको छ । गर्मी मौसममा जिल्लाका विभिन्न क्षेत्रमा डढेलो फैलिन सक्ने सम्भावना भएको र डढेलो नियन्त्रणमा योगदान दिने सङ्घ, संस्था, समूह र व्यक्तिलाई १० हजारका दरले पुरस्कृत गर्ने निर्णय गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत मदन ढुङ्गानाले बताउनुभयो ।
निगममा देखिएको अनियमितता अन्त्य गर्न मन्त्रालय दृढ
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम भित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको बताउनुभएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गर्न माग
प्रतिनिधि सभाको बैठकमा पर्यटकीय राजधानीका रूपमा घोषित पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग गरिएको छ ।