• १९ माघ २०८१, शनिबार

फिदिममा भेटिएको बेवारिसे शव झापाका सिटौलाको

blog

राधा लुइटेल
फिदिम, माघ १९ गते ।
फिदिम नगरपालिका २ बैरङगीस्थित अलैचीबारीमा भेटिएको बेवारिसे पुरुषको शवको पहिचान खुलेको छ ।

शव झापा बिर्तामोड नगरपालिका ७ निवासी ६० वर्षीय  गोबिन्दप्रसाद सिटौलाको रहेको पाँचथर प्रहरीले जनाएको छ ।

शव  बिहीबार  बिष्णु श्रेष्ठको अलैचीबारीमा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

शवको जिल्ला अस्पताल पाँचथरमा पोस्टमार्टम गरी शनिबार आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विनलाल साह तेलीले जानकारी दिनुभएको छ ।

शनिबारनै झापाको माईमा सिटौलाको दाहसंस्कार गरिने छोरा कृष्णले बताउनुभयो ।