हिरासतमै छँदा अस्पताल भर्ना हुन सिफारिस अनिवार्य
अनुसन्धान वा अभियोजनका क्रममा पक्राउ परेका व्यक्ति अस्पताल बस्नु परे सरकारी अस्पताल वा नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिस अनिवार्य गरिएको छ ।
गण्डकीमा दुई मन्त्री थप
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार मन्त्रिमण्डल विस्तार गर्नुभएको छ । एमाले संसदीय दलका नेतासमेत रहनुभएका अधिकारीले आफ्नो पार्टीबाट सांसदहरू सीता सुन्दास र वेदबहादुर गुरुङलाई मन्त्री नियुक्त गर्नुभएको हो ।
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । आज परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई पार्टीका अध्यक्ष डा.सीके राउतले ज्ञापनपत्र बुझाउँदै प्रवासी नेपालीहरूलाई मतदान गर्न पाउने व्यवस्थाको तयारी तत्कालै सुरु गर्न आग्रह गर्नुभएको हो ।
पोखरा महानगरले प्रशिक्षार्थी विद्यार्थी परिचालन गर्ने
पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको छ ।
‘विपद् व्यवस्थापनमा स्थानीय तहबिच सहकार्य जरुरी छ’
ललितपुर महानगरपालिकालगायत विभिन्न चार स्थानीय तहका प्रमुखहरूले विपद् व्यवस्थापन र प्रतिकार्य योजनामा सहकार्यका साथ अगाडि बढ्नुपर्ने बताएका छन् ।
डुम्रे गुफाचौर होलाङ्दी सडक स्तरोन्नति हुने
तानसेनको डुम्रेदेखी गुफाचौर हुँदै होलाङ्दी सडकको स्तरोन्नति हुने भएको छ । तानसेन नगरपालिकाले विश्व बैङ्कसँग सम्झौता गरी सडक फराकिलो तथा कालोपत्रे हुने भएको हो ।
अनसनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले तीनै तहका सरकारले समन्वय गरी अपाङ्गता भएका व्यक्तिहरु र नेपाल सरकारबीच भएको सम्झौताको कार्यान्वयन गर्न आग्रह गरेको छ ।
सेनवंशी राजाले प्रयोग गरेको तोप संरक्षणको पर्खाइमा
तनहुँको व्यास नगरपालिका-११ स्थित ऐतिहासिक तनहुँसुर दरबारमा रहेको तोप संरक्षणको अभावमा जीर्ण बन्न थालेको छ । दरबार परिसरमा रहेको उक्त तोप संरक्षणको पर्खाइमा रहेको छ ।
खुलामञ्चमा आकाशे पानी पुनः भरण हुने गरी काम गरिँदै
काठमाडौँ महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ । काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको महानगरपालिकाले जनाएको छ ।
कृषिमा वितरण गरिएको अनुदान प्रभावकारी भएन : समावेशी आयोग
राष्ट्रिय समावेशी आयोगले सरकारले कृषि क्षेत्रका लागि उपलब्ध गराएको अनुदान प्रभावकारी नभएको बताएको छ । आयोगले गरेको अध्ययनमा कृषि क्षेत्रमा प्रभावकारीरुपमा अनुदान प्रवाह नभएको देखिएको आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले बताउनुभयो ।
सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल सङ्घको अवार्ड
फुटबल एकेडेमी र प्रतियोगिता सञ्चालन गरी फुटबल खेल विकासमा क्रियाशील पोखराको सहारा क्लबलाई यस वर्षको उत्कृष्ट खेलकुद सङ्घको अवार्ड प्रदान गरिने भएको छ ।
नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक सेवा सुरु
राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिकरुपमा आजबाट सेवा सुरु गरेको छ । आज यहाँ आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रिता पोखरेलले आजबाट औपचारिकरुपमा सेवा सुरु भएको जानकारी दिनुभयो ।
बोलेरो दुर्घटनामा तीन जना घाइते
रामेछाप मन्थली नगरपालिका-६ सेलेघाटमा सुनकोशी मरिण डाइभर्सन आयोजनाको बोलेरो दुर्घटना भएको छ । मन्थली नगरपालिका–६ भलुवाजोरस्थित सेलेघाटबाट खुर्काेटतर्फ जाँदै गरेको बा १८ च ६१४७ नम्बरको बोलेरो सोमबार दिउँसो दुर्घटना भएको हो ।
कांग्रेस, आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० सदस्य मनोनयन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गुरु बराल प्रमुख रहनुभएको नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको सदस्यमा १० जनालाई मनोनयन गर्नुभएको छ ।
मनमोहन गान्धी मार्ग अझै सञ्चालनमा आएन
तीन दिनदेखि अवरुद्ध मोरङको मनमोहन गान्धी मार्ग अझै सञ्चालनमा आउनसकेको छैन । मोरङको पथरी शनिश्चरे नगरपालिका हुँदै दक्षिण भारत जोड्ने सडकको काम समयमै सम्पन्न नभएको भन्दै स्थानीयले शनिबार पथरी शनिश्चरे-९ स्थित महेन्द्रचोकमा सडक अवरुद्ध गरेका थिए ।
वार्षिकोत्सवमा पत्रकार तथा कर्मचारी सम्मानित
गोरखापत्र प्रकाशनको १२४औँ वर्ष प्रवेश तथा संस्थानको ६२ औँ वार्षिकोत्सवका अवसरमा विभिन्न पत्रकार तथा कर्मचारी सम्मानित हुनुभएको छ ।
दुई महिनादेखि विद्युत उत्पादन बन्द, दैनिक आठ लाख घाटा
पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत केन्द्रको विद्युत उत्पादन पूर्णरुपमा बन्द रहेको छ ।
धनगढी उपमहानगरद्वारा २३ करोड राजस्व सङ्कलन
कैलालीको धनगढी उपमहानगरपालिकाले २३ करोड ४० लाख ९३ हजार राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाले चालु आव २०८०/८१ को साउनदेखि चैत मसान्तसम्म सो राजस्व सङ्कलन गरेको हो ।
गोरखापत्रमा आलोचनात्मक चेतसहितका समाचार आउन थालेका छन् : अध्यक्ष पोखरेल
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले गोरखापत्रमा आलोचनात्मक चेतसहितका समाचार आउन थालेको भन्दै खुशी व्यक्त गर्नुभएको छ।
इच्छाकामना गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध
चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले सो निर्णय गरेको हो ।
सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नहरू समाधान गर्नुस्ः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल गर्नुभएको छ ।
कुवेत लगेर मानव बेचबिखन गरेको अभियोगमा पक्राउ
वैदेशिक रोजगारका लागि कुवेत पठाइदिने भन्दै मानव बेचबिखन गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
जनकपुरमा सहकारी कर्मचारीबाट ८० लाख लुटियो
जनकपुरमा दिनदहाडै बन्दुक देखाएर सहकारी कर्मचारीको ८० लाख रुपियाँ लुटिएको छ । सोमबार करिब ११ बजे जनकपुरधाम उपमहानगरपालिका–१९, थुम्होनाबाट धनुषाको रघुनाथपुरस्थित शुभश्री बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्रकुमार महतो र रेखाकुमारी महतोसँग भएको ८० लाख रुपियाँ लुटिएको हो ।
तस्बिरमा लोमान्थाङमा तिजी पर्वको उल्लास
उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहासिक तिजी पर्व सुरु भएको छ । लोमान्थाङवासीहरुले तिजी पर्वको अवसरमा यहाँको मौलिक कला संस्कृति प्रदर्शन गरेका छन् । तिजी पर्वका कारण लोमान्थाङमा रौनक छाएको छ ।