अन्नपूर्ण आरोहण मार्गको प्रवर्द्धनमा गाउँपालिका
म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्नपूर्ण प्रथम हिमाल आरोहण गर्ने मार्गको प्रवर्द्धनमा जुटेको छ । पालिकाको वडा नम्बर ४ नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधार शिविर र त्यहाँ पुग्ने पदमार्ग भर्जिन गन्तव्य हो ।
भूकम्प प्रभावित क्षेत्रमा क्षति आङ्कलन र स्थायी आवास लाभग्राही पहिचान गरिने
सरकारले भूकम्प प्रभावित क्षेत्रमा क्षति आङ्कलन र स्थायी आवास लाभग्राही पहिचानको प्रक्रिया अघि बढाएको छ ।
सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना प्रवाहलाई प्रभावकारी बनाइ सूचनाको हकलाई नागरिकको दायित्वका रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनुभएको छ ।
गहुँको मूल्य पाउँदा किसान खुसी
यस वर्ष गहुँको मूल्य अत्यधिक बढेको छ । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा १५ प्रतिशत बढेर चार हजार २०० रुपियाँमा खरिद भइरहेको छ भने बिक्री मूल्य चार हजार तीन सय पुगेको छ ।
सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार भएको बताउनुभएको छ ।
भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित
भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन निकाय’हरू (इएमबीएस) बाट ७५ अन्तर्राष्ट्रिय आगन्तुकहरूलाई विश्वको सबैभन्दा ठुलो चुनावको अवलोकन गर्न आमन्त्रित गरेको छ ।
नेपाल वेस्ट इन्डिज ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्दै
वेस्ट इन्डिज ‘ए’ विरुद्ध टी–२० सिरिजको पाँचौँ तथा अन्तिम खेलमा नेपालले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
आरन व्यवसायबाट राम्रो आम्दानी
पछिल्लो समय आरन व्यवसायमा आबद्ध भएका बिरलै भेटिन्छन् । कुनै समय दलित समुदायको पहिचानका रूपमा रहेको आरन पेसाप्रति पछिल्लो पुस्ताको आकर्षण छैन ।
स्थानीय पाठ्यक्रम अनुसार पाठ्यपुस्तक लागू हुने
आफ्नो क्षेत्रको भौगोलिक अवस्था, बसोबास गर्ने जातजाति, उनीहरूको भाषा, धर्म, संस्कृति, चाडपर्व, आर्थिक, सामाजिक र राजनीतिक अवस्था, ऐतिहासिक महत्त्वलगायतका विषयवस्तु समेटेर हेटौँडा उपमहानगरपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा ८ सम्म स्थानीय पाठ्यपुस्तक लागू गर्ने भएको छ ।
उद्योग र उद्यमशीलताको विकासविना मुलुक समृद्ध बन्दैन : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरी योजना बनाइने बताउनुभएको छ ।
आगलागीपीडितलाई सशस्त्र प्रहरीको राहत
सशस्त्र प्रहरीले सर्लाहीको विष्णु गाउँपालिका–१, बारा उद्योरणस्थित पूर्वारी टोलका आगलागीपीडितलाई शनिबार बिहान राहत प्रदान गरेको छ ।
खुकुरी प्रहारबाट युवक घाइते
मकवानपुरको हेटौँडा–१० बसपार्कमा शनिबार बिहान खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । हेटौँडा उपमहानगरपालिका वडा नं.३ बसामाडी घर भई हाल हेटौँडा–११ थानाभर्याङ डेरा गरी बस्ने २० वर्षीय समीर थिङ र १८ वर्षीय पञ्च बहादुर तामाङले जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ महेन्द्रनगर बस्ने १९ वर्षीय आयुष कुँवरमाथि खुकुरी प्रहार गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकियो नेपाल
बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली पहिलो मैत्रीपूर्ण खेलमा ब्रिटिस आर्मीसँग गोलरहित बराबरीमा रोकिएका छ ।
टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ
अमेरिका र वेस्ट इन्डिजमा आगामी जुन १ तारिखदेखि सुरु हुने आइसिसी टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले शुक्रबार राति खेलाडी टोलीको बिदाइ गरेको हो ।
गोरुको सट्टामा घोडा बारी जोत्दै
डोल्पा जिल्लाको उत्तर–पश्चिम भूभागमा अवस्थित शे–फोक्सुण्डो गाउँपालिकाका–८, रिचिका स्थानीय घोडाको सहयोगमा बारी जोत्दै
घट्यो विषादी प्रयोग
बाँकेलगायत विभिन्न जिल्लामा उत्पादन गरिएका तरकारी तथा फलफूलजन्य वस्तुमा गत वर्षभन्दा यस वर्ष विषादीको मात्रा कम पाइएको छ । कृषि विभाग, केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ नेपालगन्जका नायब प्राविधिक सहायक गौरव चौधरीले प्रयोगशालामा परीक्षण गरिएका तरकारी तथा फलफूलजन्य वस्तुमा गतवर्षभन्दा यस वर्ष विषादीको मात्रा कमी पाइएको बताउनुभयो । चौधरीका अनुसार गतवर्ष मङ्सिरदेखि असारसम्म आठ महिनाको अवधिमा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको एक हजार ८५ वटा नमुना परीक्षण गर्दा १६ वटा नमुनामा कैफियत पाइएको थियो । जसमध्ये १० वटा नमुनामा (रेड लेबल) उपभोग गर्न नमिल्ने र छ वटा नमुनामा (यल्लो लेबल) पुनः परीक्षण गर्दा विषादीको मात्रा घटेको पाइएमा उपभोग गर्न मिल्ने नतिजा देखिएको थियो ।
प्रदेश राजधानीको जग्गा एकीकरणका लागि बजेट अभाव
लुम्बिनी प्रदेशको राजधानी क्षेत्रलाई आधुनिक सेवासुविधासहितको व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यका साथ स्थापना भएको पूर्वाधार विकास प्राधिकरणले अपेक्षित लक्ष्य अनुसारको काम गर्न सकेको छैन । सुरुवाती चरणमा तीव्र गतिमा काम गरेको प्राधिकरण चालु आर्थिक वर्षमा बजेट अभावकै कारण काम नै नगरी बस्नु पर्यो ।
डिभीको नतिजा आज, यसरी हेर्न सकिन्छ
अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।
अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै
सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको छ । यसअघि भूकम्प पीडितका लागि अस्थायी आवासको व्यवस्था गरिएको थियो ।
प्रधानमन्त्री प्रचण्ड आज सर्लाहीको बलरा आउँदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शनिवार) सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगस्थित बलरा आउँदै हुनुहुन्छ ।
मौसमः हुरीबतासको चेतावनी
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।
‘रोनाल्डो’ ३३ सन्तानको बाबु !
चितवनको खोरसोर सौराहामा जोखिम मोलेरै हात्ती प्रजनन गराउने गरिएको छ । यो नेपालको एक मात्र हात्ती प्रजनन केन्द्र हो । घरपालुवा मत्ता (भाले हात्ती) नहुँदा जङ्गली मत्ताको भर पर्दा जोखिम भएको हो । केन्द्रका प्रमुख मनिपुरन चौधरी जङ्गली हात्ती त्यसै पनि जोखिम हुने भन्दै झन् सहवासका बेला मत्ता मात्तिने भएका कारण अझ बढी जोखिम हुने बताउनुभयो । “जङ्गली हात्तीसँग त जोगिनै प¥यो नि । सामान्य त्रुटि भयो भने ज्यानै जान सक्छ,” उहाँले भन्नुभयो ।
जिल्ला जनप्रतिनिधि अन्नपूर्ण शिविरमा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –४ नारच्याङमा पर्ने उत्तरी अन्नपूर्ण हिमालको प्रवर्धनका लागि म्याग्दीका जनप्रतिनिधि तथा सुरक्षा निकायको टोली पुगेर फर्केको छ ।
बागमतीमा बजेट अधिवेशन वैशाख ३१ गते बोलाउने सहमति
बागमती प्रदेशको प्रदेश प्रदेश सभाको चौथो अधिवेशन वैशाख ३१ गते बोलाउन दल सहमत भएका छन्।