• ९ जेठ २०८१, बुधबार

प्रधानमन्त्री प्रचण्ड आज सर्लाहीको बलरा आउँदै

blog

जनार्जन खत्री

सर्लाही, वैशाख २२ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज (शनिवार) सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगस्थित बलरा आउँदै हुनुहुन्छ । 

उहाँ बलरा नगरपालिका–८, गडहीया डुमरियामा रहेको जनता नमुना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्न यहाँ आउन लाग्नुभएको हो । प्रधानमन्त्री प्रचण्ड मध्यान्ह हेलिकप्टरमार्फत गडहीया आइपुग्ने कार्यक्रम रहेको सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवं संविधान सभा सदस्य शिवपुजन राय यादवले जानकारी दिनुभयो । 

उहाँका अनुसार विद्यालयको १२ कोठे नवनिर्मित भवन आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नुहुने छ । बागमती प्रदेशको राजधानी हेटौँडामा आयोजित एक कार्यक्रममा सरिक भएर प्रधानमन्त्री प्रचण्ड गहडीया आइपुग्ने कार्यक्रम रहेको बुझिएको छ । गहहीया माविको नव निर्मित भवन उद्घाटन पश्चात् प्रधानमन्त्री प्रचण्डले सोही विद्यालयको प्राङ्गणमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । 

सो कार्यक्रममा अन्य पार्टीबाट ठूलो सङ्ख्यामा नेता कार्यकर्तालाई माओवादीमा प्रवेश गराउने तयारी रहेको संविधान सभा सदस्य यादवले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डको आगमनलाई लक्षित गर्दै उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।