प्रस्तावित महालेखापरीक्षकको सुनुवाइ प्रक्रिया सुरु
संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
चैते धान उत्पादन क्षेत्रमा वृद्धि
सिँचाइ व्यवस्था तथा स्थानीय तहले अनुदानमा धानको बिउ उपलब्ध गराउन थालेपछि चैते धानको उत्पादन क्षेत्र बढ्दै गएको हो ।
हेटौँडा सिमेन्टका पूर्व कर्मचारी आन्दोलित
हेटौँडा-९, लामसुरेमा रहेको हेटौँडा सिमेन्ट उद्योगका २७ जना पूर्व कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
पर्यटन प्रवर्द्धनका लागि ‘स्ट्रिट फुड फेस्टिभल’
लम्कीचुहा नगर उद्योग वाणिज्य सङ्घको आयोजनामा उत्सव हुन थालेको हो । सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारा चिसापानीसँगै सुदूरपश्चिम प्रदेशको मौलिक खानाको प्रर्वद्धन गर्ने उद्धेश्यले 'स्ट्रिड फुड फेस्टिभलको' आयोजना गरिएकाे हाे ।
आजको मौसम : चट्याङसहित हल्का वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
सोलार लिफटिङ खानेपानी आयोजनाले २ सय ६० घर लाभान्वित
गोरखामा लिफ्टिङ खानेपानी आयोजनाले २ सय ६० घर लाभान्वित भएका छन् । लामो समयदेखि खानेपानीको चर्को अभाव झेल्दै आएका गोरखाको सहिद लखन गाउँपालिका – ५ काउलेका स्थानीयबासीहरुका लागि सोलार लिफटिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । सहिद लखन गाउँपालिका र रिन्युएवल वल्ड नेपाल नामको संस्थाको साझेदारीमा आयोजना निर्माण सम्पन्न भएको हो ।
महावीरको आत्मकथा गुल्मीमा ११ सयभन्दा बढी बिक्री
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक महावीर पुनले गुल्मीमा ११ सयभन्दा बढी पुस्तक बिक्री गर्नुभएको छ । आफ्नै सम्झना, सपना र अविरल यात्रा समेटिएको ‘महावीर पुन’ नामक आत्मकथा पुस्तक लिएर गत बिहीबार यस जिल्लामा प्रवेश गर्नुभएका उहाँले ११ सय ५० पुस्तक बिक्री गर्नुभएको हो ।
डोकोमा बोकेर पाठ्यपुस्तक लगिँदै
नयाँ शैक्षिकसत्रका लागि सामुदायिक विद्यालयहरुको पाठ्यपुस्तक ताप्लेजुङमा वितरण सुरु भएसँगै पाठ्यपुस्तक डोकोमा बाकेर गाउँ लैजाँदै विक्रेता
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाउनुभएको हो । उहाँले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराइसक्नुभएको छ । बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेला भए पनि सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्नतर्फ लाग्नुभएको छ ।
दुर्घटनाका घाइते भन्छन्, मोटरसाइकल जोगाउन खोज्दा जीप भिरमा खस्यो
कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यान घर भई पोखरामा अध्ययन गर्दैआउनुभएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो । उहाँ सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा अध्ययन गर्नुहुन्छ । परीक्षा सकिएकाले आमा सुशीला, बुबा प्रकाश र २२ महिनाको भाइ सुप्रिमसँगै उहाँ घर सल्यान जाँदै हुनुहुन्थ्यो । वैदेशिक रोजगारीमा रहेका बाबु प्रकाश केही दिनअघि मात्र आउनुभएकाले परिवारमा छुट्टै रमाइलो थियो । बिदाको समय घर र मामाघरमा बसेर बिताउने तथा रमाइलो गर्ने योजना थियो । तर सोनियाको त्यो चाहना पूरा हुन सकेन ।
बझाङमा माओवादीबाट बुढा उम्मेदवार
नेकपा (माओवादी केन्द्र) ले बझाङको प्रदेश सभा क्षेत्र १ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव जनक बुढालाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
बागमतीमा विश्वासको मत: साना दलहरू अझै अनिर्णीत
बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्कट्टेलले विश्वासको आज सोमबार लिने तय भई सक्दासमेत साना दलहरू भने अझै अनिर्णीत रहेका छन् । बागमती प्रदेश सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीले अझै पनि कुनै निर्णयमा पुगेका छैनन् ।
दुई परीक्षा निरीक्षक निष्कासित
बाँकेको एक विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विद्यार्थीलाई चिट चोर्न सघाउने दुई जना परीक्षा निरीक्षकलाई निष्कासित गरिएको छ ।
एरिकालाई युएसए ओपन कराँतेमा स्वर्ण
नेपालकी कराँते स्टार एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जित्नुभएको छ ।
नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० खेल्दै
नेपाल ‘ए’ले अभ्यास खेलमा आयरल्यान्ड ‘ए’सँग तेस्रो टी–२० क्रिकेट खेल्दैछ । उक्त खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ ।
सुदूरपश्चिममा आज सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । तराईमा बसोबास गर्ने राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सरकारले प्रदेश भरी सार्वजनिक बिदा दिएको हो ।
उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कदै
जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कदै हुनुहुन्छ ।
भिनाजुको एसइई दिने सालो पक्राउ, तीन केन्द्राध्यक्ष निष्कासित
सर्लाहीमा आइतबार भिनाजुको नाममा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गरेका एक जना परीक्षार्थी पक्राउ परेका छन् । जनता माध्यमिक विद्यालय धनकौल गाउँपालिका ३ हरकठवा परीक्षा केन्द्रबाट परीक्षा दिँदै गरेका नक्कली परीक्षार्थी कृष्ण महतो पक्राउ परेका हुन् । महतोले भिनाजु राकेशकुमार महतो (सिम्बोल नं. ०२२१००४५) बाट एसइई अन्तर्गत आइतबार तेस्रो दिन अनिवार्य गणित विषयको परीक्षा दिइरहेका थिए ।
म्याग्दीको बिममा पक्की पदमार्ग निर्माण
म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँमा पक्की पदमार्ग निर्माण भएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा सुग्घर भएको डाडागाउँका टुकमान जुग्जालीले बताउनुभयो ।
क्यान्सर अस्पताल खजुरामा आगलागी
बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको रेडियोलोजी विभागमा लागेको आगो करिब दुई घण्टापछि नियन्त्रणमा आएको छ।
नेपालको संविधान विश्वकै उत्कृष्ट : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महिलालाई थप सशक्तीकरण गर्न जरुरी रहेको बताउनुभएको छ।
हाइड्रोजन उत्पादनको सफल परीक्षण
विगत दुई वर्षदेखि नेपालमा ग्रीन हाइड्रोजनको सम्भाव्यताको विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आएको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले सफलता हाँसिल गरेको छ ।
‘केजरीवाल लामो समय जेलमा बस्नुपर्दैन’
दिल्लीको मदिरा नीति प्रकरणमा आफ्ना पतिलाई पक्राउ गरिएको विषयमा भइरहेको विरोध प्रदर्शन र राजनीतिक खिचातानीका बिच दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालकी पत्नी सुनिता केजरीवालले विरोध सभालाई आइतबार सम्बोधन गर्दै केजरीवाल लामो समयसम्म जेलमा बस्नु नपर्ने बताउनुभएको छ।
गोरखापत्र संस्थान सञ्चालक सदस्यमा भुर्तेल नियुक्त
गोरखापत्र संस्थानको सञ्चालक समिति सदस्यमा उपसचिव विजय भुर्तेल नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका शाखा अधिकृत सावित्री देवकोटा पौडेलले आइतबार जारी गर्नुभएको पत्रमा उहाँलाई नियुक्त गरिएको उल्लेख छ ।