• १९ माघ २०८१, शनिबार

उच्च प्रविधि क्षेत्रमा लगानी बढाउने इजरायलको प्रतिबद्धता

blog

जेरुसेलम, माघ १९ गते । इजरायली उद्योग मन्त्रालयले बुधबार हाई–टेक (उच्च प्रविधि) क्षेत्रहरूको पूर्वाधार स्थापना गर्न राष्ट्रव्यापी योजनाको घोषणा गरेको छ । मन्त्रालयको एक विज्ञप्ति अनुसार, उक्त योजनाका अन्तर्गत १३ परियोजनाहरू समावेश छन् ।

यस पहलले उदीयमान कम्पनीहरूको बृद्धिलाई समर्थन गर्न, उच्च गुणस्तरको रोजगारी सिर्जना गर्न, इजरायली निर्यातलाई बढावा दिन र उद्यमशीलता र नवाचारमा इजरायलको स्थितिलाई बलियो बनाउन सहयोग गर्छ ।

यसमा जैविक प्रयोगशाला, नयाँ खाद्य प्रविधि पूर्वाधार, रोबोटिक र मोड्युलर उत्पादन प्रणाली, ड्रोन सुविधा, एआई सामग्री प्रयोगशाला र अस्पताल सम्बन्धित परियोजनाहरू समावेश रहेका विज्ञप्तिमा भनिएको छ । रासस/सिन्ह्वा