मिसेस डिभाको ताज सन्तुलाई
मिसेस डिभा नेपाल २०२४ को ताज कपन काठमाडौँ की सन्तु लामा गुरुङले पहिरिन सफल हुनुभएको छ । राजधानीको म्युजिक सिटी स्टुडियोमा सोमबार अपराह्न सम्पन्न कार्यक्रममा विद्या के.सी. खड्का फस्ट रनर अप तथा पवित्रा श्रेष्ठ सेकेण्ड रनर अप हुन सफल हुनुभएका छ ।
चीनसँग जोडिएका नाका पुनः सञ्चालनको माग
बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको हालैको चीन भ्रमणका क्रममा चीनसँग जोडिएका दार्चुलाको टिङ्करलगायत विभिन्न नाका पुनः सञ्चालन हुने कुरा सुनिँदा खुसी लागेको बताउनुभयो ।
अलैँचीको मूल्यवृद्धिले व्यापारीलाई फाइदा
यस वर्षको अलैँचीको मूल्यवृद्धिले व्यापारीलाई फाइदा भएको छ । अलैँचीको कारोबार हुने मुख्य मौसम गुज्रेपछि भएको मूल्य वृद्धिले किसानभन्दा व्यापारीलाई राम्रो फाइदा भएको हो ।
राजस्व सङ्कलनमा वृद्धि
पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका मानिने नेपालगन्ज भन्सार नाकाबाट गत वर्षको तुलनामा यस वर्ष राजस्वमा वृद्धि भएको छ । नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार यस वर्षको फागुनसम्ममा गत आर्थिक वर्षभन्दा १.३५ प्रतिशतले राजस्व सङ्कलन बढी भएको छ ।
आन्तरिक पर्यटकको आकर्षण बन्दै रानीतलाउका माछा
नेपालगन्जस्थित रानीतलाउमा पालिएका माछा आन्तरिक पर्यटकको आकर्षण बन्न थालेको छ । नेपालगन्जको केन्द्रबिन्दु त्रिभुवन चोकको पूर्वपट्टी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ स्थित रानीतलाउमा पालिएका माछा आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको हो ।
मार्कीचोक–नयाँ भरतपुर २२० केभी प्रसारण लाइन निर्माण सक्न ताकेता
नेपाल विद्युत प्राधिकरणले मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण छिट्टो सम्पन्न गर्न ताकेता गरेको छ ।
गर्मीबाट जनतालाई बचाउन ‘लू’ प्रतिकार्य योजना बनाइदै
देशभरमै अत्याधिक गर्मी हुने सहरमा पर्छ नेपालगन्ज । नेपालगन्ज हरेक वर्ष गर्मीको समयमा तातो हावा 'लू'का कारण हजारौं मानिसहरु प्रभावित हुने गर्छन् ।
सहकारीको रकम ठगीसम्बन्धमा संसदीय छानबिन समिति गठनको माग
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका नाम सहकारी ठगीका विषयमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहो¥याएको छ ।
जलजलामा दम्पतीकाे हत्या
पर्वतको जलजला गाउँपालिका–२ मल्लाजको दहमा सोमबार राति एक दम्पतीकाे हत्या भएको छ । अपरिचित व्यक्तिले ६८ वर्षीय सूर्यबहादुर जिसी र उहाँको अन्दाजी ६५ वर्षीया श्रीमती गमला जिसीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
ढुवानी व्यवसायीका समस्या समाधानमा सकारात्मक छु : मन्त्री भण्डारी
ढुवानी व्यवसायी महासङ्घ नेपालको मागपत्र बुझ्दै उहाँले ढुवानी व्यवसायीले उठाएका समस्या समाधानमा उद्योग मन्त्रालयबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । उहाँले ढुवानी व्यवसायी महासङ्घका प्रतिनिधिलाई देशभरको आपूर्ति व्यवस्था सहज बनाउन पनि आग्रह गर्नुभयो ।
एक दशकसम्म पनि भएन पुल निर्माण
पूर्वी नवलपरासीको बुलिङटार र तनहुँको ऋसिङ गाउँपालिकाको गडगडीघाटको कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको निर्माण सुरु भएको १० वर्ष बित्न लाग्दासम्म तीन पिल्लर मात्र बनाएर ठेकेदार फरार भएपछि स्थानीय चिन्तित भएका छन् । कालीगण्डकी कोरिडोर हुँदै बुलिङटारको कोखेबाट तनहुँको ऋसिङको मधुवन हुँदै रूपटार भएर भिमाद पुग्न पक्की पुलको निर्माण सुरु गरिएको १० वर्ष बित्न लाग्दा पनि काम हुन सकेको छैन । बुलिङटार गाउँपालिकाका पूर्वकार्यपालिका सदस्य गौतम दरैले चार वर्षमा सक्ने गरी अघि बढेको उक्त पुल अहिले अलपत्र अवस्थामा पुगेपछि स्थानीयले सङ्घीय सरकार, प्रदेश सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो ।
प्रतिनिधि सभाको बैठक बस्दै, उठेका प्रश्नमा मन्त्रीहरूले जवाफ दिने
सङ्घीय सांसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे सुरु हुनेछ ।
आजको मौसम: हल्का वर्षाको सम्भावना
हाल देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसमविज्ञान विभागले जनाएको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
नदीमा आश्रित ओत संरक्षणमा जुट्दै
बर्दिया जिल्लाको राजापुर नगरपालिका–३, का पार्वती थारूको घरवरिपरि रहेको दुई कट्ठा जमिनमा लौका, काँक्रा, करेलालगायतका तरकारी लटरम्म फलेको देखिन्छ । तरकारी खेती गर्नुपूर्व अधिकांश समय कर्णाली नदीमा माछा मारेर बिताउने पार्वती तरकारी खेतीतर्फ लागेपछि माछा मार्न छाडेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिला धेरै जसो माछा मार्न जान्थेँ । तालिम लिएपछि थाहा पाएँ, ओत नामको वन्यजन्तुको आहारा माछा रहेछ । तरकारी खेतीतर्फ लागेपछि माछा मार्ने फुर्सद नै भएन । अब माछा होइन, तरकारी खेतीलाई नै निरन्तरता दिन्छु ।” सोही ठाउँका अर्की किसान दुखुनी थारूको दैनिकी ढकिया, हड्केस, चकटी बनाउनमै बित्छ । अधिकांश समय माछा मार्न कर्णाली नदीमा बिताउने दुखुनीले हस्तकलाबाट सामान बनाएर बिक्री गर्न थालेपछि मनग्गे आम्दानी हुन थालेको बताउनुभयो । दुखुनीले भन्नुभयो, “पहिला हप्तामा पाँच दिन माछा मार्न जान्थेँ । आफूले खाएर बचेको माछा बेच्ने गरिन्थ्यो । अहिले हस्तकलाका सामान बनाउन थालेपछि माछा मार्ने फुर्सदै हुँदैन ।”
रेडियो नेपाल ७४ वर्षमा प्रवेश
रेडियो नेपाल आजबाट ७४ वर्षमा प्रवेश गरेको छ । वि.सं. २००७ साल चैत २० गतेबाट सुरुवात भएको मुलुककै जेठोमा पर्ने रेडियो नेपालले ७३ औँ वर्ष पार गरी ७४ वर्षमा प्रवेश गरेको हो ।
उम्मेदवार टुङ्गो लगाउन कांग्रेस संसदीय बोर्ड बैठक बस्दै
आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेस संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुँदैछ ।
विषादीरहित उत्पादनका निम्ति किसानलाई अनुदान
सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल ९रासायनिक पदार्थ प्रयोग नभएको० हालेर व्यावसायिक गोलभेँडाखेती गर्ने सोचमा हुनुहुन्छ ।
कर्णालीमा मुख्यमन्त्री एमालेलाई
सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा कर्णालीमा नेकपा (एमाले)ले मुख्यमन्त्रीको पद पाउने भएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका ईञ्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो । सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार पहिलो चरणमा एमाले दिने निर्णय बमोजिम परिपत्रसमेत आएको इञ्चार्ज मल्लले बताउनुभयो ।
खुम्बु पासाङल्हामुले उठायो आठ महिनामा छ करोड राजस्व
सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकाले चालु आर्थिक वर्षको आठ महिनामा पर्यटकबाट छ करोड ३४ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ ।
गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या ३२ हजार ८४५ पुग्यो
इजराइल र प्यालेस्टिनी लडाकुहरूबीचको युद्धका क्रममा यस क्षेत्रका कम्तीमा ३२ ८४५ व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार बताएको छ ।
लगानी सम्मेलनमा अमेरिकी चेम्बर अफ कमर्स सहभागी हुने
अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ ।
कुकुरको आक्रमणबाट ६ जना घाइते
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा कुकुरको आक्रमणबाट ६ जना घाइते भएका छन् । आठराई त्रिवेणी गाउँपालिका–५ चाँगेमा एक स्थानीयले पालेको कुकुरले आक्रमण गरेर तीन बालबालिकासहित ६ जनालाई घाइते बनाएको हो ।
गुल्मी प्रशासनमा मिटरब्याजी सम्बन्धी हेल्प डेस्क स्थापना
जिल्ला प्रशासन कार्यालय गुल्मीमा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी हेल्प डेस्क स्थापना गरिएको छ ।
शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्दनले शिक्षा, स्वास्थ्य र रोजगार जनताका अधिकार बन्नुपर्ने बताउनुभएको छ ।