उदयपुर जिल्लाको गाईघाटस्थित त्रियुगा नगरपालिका–३ मा रहेको त्रियुगा जनता क्याम्पस हाताभित्र अग्लो ढिस्कोमाथि शिवमन्दिर छ । यसैको दक्षिणतर्फ रुखको फेदमा थुपारेर राखेको खण्डित अवस्थामा प्रस्तरका मूर्तिहरू छन् । यसलाई ‘मुढगडा’ भन्छन् । लोकोक्ति अनुसार ‘मोतीगरा’ पनि भनिन्छ ।
त्रियुगा नदीलाई प्राचीनकालमा तिरुवा भनिन्थ्यो, पछि अपभ्रंश भई त्रियुगा भनिएको पाइन्छ । उदयपुरको दक्षिणको भाग विदेह मिथिला र उत्तरी भाग माझ किराँतको प्रभाव क्षेत्रमा प्राचीनकालदेखि रहँदै आएको पाइन्छ । विदेहको सिमाना पूर्वमा कोशी, दक्षिणमा गङ्गा नदी, उत्तरमा हिमालय पहाड र पश्चिममा गण्डकी नदी थियो । वेलकतारी जङ्गलमा कोशी नदीको पश्चिमी किनारामा पूर्व पाषाण औजार प्राप्त भएको कुरा प्रकाशमा आए पनि उल्लिखित औजारको वैज्ञानिक परीक्षण र थप अन्वेषण एवं अध्ययन नगरी पूर्वपाषाण औजारका रूपमा मान्यता दिन सकिने अवस्था छैन (सगरमाथा २०७०, १) ।
नवपाषाण युगपछि अर्थात् मानिसले धातुको आविष्कार गरी प्रयोग गर्न थालेदेखि लेखनकला (लिपि) को आविष्कार र प्रयोग सुरु नगरेसम्मको सांस्कृतिक चरणलाई सहइतिहास भनिन्छ । यस चरणमा मानव संस्कृतिका विभिन्न विकसित संस्कृतिमध्ये एउटा ढुङ्गे चिहान संस्कृति पनि हो । २०४८÷४९ मा उदयपुर जिल्लाको सुन्दरपुर गाउँ विकास समितिको हटिया गाउँ, ठोकशिलाको बेलका राजारानीको किल्ला र खाबु गाउँ विकास समितिको नामन्त, हात्तीसार, जमारेर हुमाखोलामा प्राचीन चिहान स्थानीयले व्यापक रूपमा खनेर नष्ट पारी पुलिक, वाछिममाला आदि भनिने पुराना मालाहरू र अन्य गहनाका अवशेषहरू निकालेका थिए । यस ढुङ्गे चिहान संस्कृतिसँग सम्बन्धित मानिस खोज्दै जाँदा किराँत जातिको इतिहास केलाउनु पर्छ । किराँतलाई काठमाडौँ उपत्यकामा लिच्छविहरूले दोस्रो तेस्रो शताब्दीमा पराजित गरेपछि उनीहरू पूर्वतर्फ लागेका पाइन्छ । मध्यकालसम्म आइपुग्दा उनीहरू तामाकोशीदेखि अरुण नदीसम्म पैmलिएका थिए र हालसम्म बसोबास गर्दैै छन् । राई लिम्बूहरू नै किराँत जाति हुन् ।
इमानसिंह चेम्जोङका अनुसार नवाैँ शताब्दीमा किराँती राजा मावोहाङका छोरा मुङाहाङले नागा जातिका मुखिया छोङ्गदेनहाङलाई परास्त गरेकाले उनीहरू आसामतिर बसाइँ सरे । लिम्बुवानमा भेटिने नाग जातिको पुरानो चिहान खन्दा भेटिने एक किसिमको मालालाई नागाहरू मणिमाला र लिम्बूहरू मायाची भन्छन् । यसबाट किराँत आउनुभन्दा अघि नागा जाति थिए । केही शताब्दी सँगै बसे पनि पछि किराँतहरूले पराजित गरेपछि उनीहरू पूर्व आसाम लागे । इसापूर्व दोस्रो तेस्रो शताब्दीदेखि इसाको नवौँ शताब्दीसम्म ढुङ्गे चिहान संस्कृतिका अनुयायी नागा जातिको यहाँ बसोवास थियो भन्ने देखिन्छ । (ऐजन, पृ.१–२) ।
रामायणकालमा विदेहको उल्लेखनीय भूमिका थियो । समुद्रगुप्तको इसाको तेस्रो शताब्दीको इलाहाबाद अभिलेख अनुसार नेपाल कामरूप र कर्तपुरबिच रहेको उल्लेख छ । चाँगुनारायणको मानदेव अभिलेखमा पनि पूर्वमा कोशी क्षेत्रको सामन्तलाई दबाएको भन्ने छ । पूर्वमध्यकालमा किराँतहरू वर्तमान ओखलढुङ्गा, खोटाङ, उदयपुर जिल्लामा व्यवस्थित बसोवास गर्दै आएका थिए भने तराईका जिल्लाहरू सिराहा, सप्तरीमा तिरहुत (तिरभुक्ति) कर्णाटवंशी राजाहरूको मातहतमा थियो भन्ने कुरा खोक्सार, चन्द्रभागा क्षेत्रका अवशेषहरूले देखाउँछ (ऐजन, पृ.६) ।
तिरहुतको पूर्वी सिमाना कोशी नदी थियो । सन् १३२५–२६ मा दिल्लीको सुल्तान गयासुद्दिन तुगलकले हरिसिंह देवलाई पराजित गरेपछि सन् १३५३ देखि स्थानीय कामेश्वर ठाकुर (ओइनवार वंशी) लाई शासन चलाउन दिइएको थियो । पछि पाल्पा राज्यका सेन राजाहरूको अन्तर्गत आई मकवानपुर राज्य अन्तर्गत चौदण्डीबाट प्रशासित थियो । विक्रम संवत् १८२९ मा माझकिराँत र १९३० मा चौदण्डीगढी नेपालमा एकीकृत भयो । पुरातत्त्वविद् चन्द्रप्रसाद त्रिपाठीले नेपाली पुरातत्त्वमा पछिल्ला केही उपलब्धिहरू (अप्रकाशित) को पृष्ठ ७२ मा खोकसारलाई तिरहुत कर्णाटक संस्कृति भएकाले यसको विस्तृत उत्खनन भएमा यस क्षेत्रको नमुना स्थान बन्न सक्ने विचार राखेका छन् ।
मुढगडाको उत्खनन
उदयपुर जिल्लाको गाईघाट सदरमुकामस्थित त्रियुगा नगरपालिकाका प्रमुख वसन्त बस्नेतको पहलमा वडा नं. ३ मा अवस्थित त्रियुगा पब्लिक मल्टिपल क्याम्पस हातामा रहेको शिवमन्दिरको दक्षिणमा इँटाका टुक्राहरू कुँदिएका प्रस्तरहरू भेटिएकाले यसको उत्खनन गरी तथ्य पत्ता लगाउन पुरातत्त्व विभागलाई पत्र लेखिएको थियो । पुरातत्त्व विभागले पुरातत्त्वविद् दुई जना देवेन्द्रनाथ तिवारी र प्रकाश दर्नाल, आर्किटेक्ट रोशनी महर्जन, फोटोग्राफर रामचन्द्र श्रेष्ठ र प्राविधिक सहायक विराट थापासहितको पाँच जनाको टोलीलाई २०७९/१०/९ देखि २०७९/१०/२३ गतेसम्म १५ दिनको काज खटाइएको थियो । नयाँ निर्माणाधीन शिवमन्दिरको दक्षिणतर्फ पिपलको रुखनिर तोरणको स्तम्भ बुट्टा भएका प्रस्तरहरू खारी पूजा गरेको स्थानमा सुरुमा चार मिटर लम्बाइ र चार मिटर चौडाइको टेन्च लेआउट गरी उत्खनन कार्य सुरु गरिएको थियो । उत्तरबाट पूर्व हुँदै पश्चिमतर्फ इँटाको गारो फैलिएकाे देखेपछि टे«न्च बढाउँदै उत्तरपूर्वदेखि दक्षिणपूर्वसम्म छ मिटर, दक्षिणतर्पm १० मिटर र दक्षिणपश्चिमदेखि उत्तरपूर्वसम्म १२ मिटरको टे«न्च बनाइएको थियो । पूर्वतर्पm १.०२ मिटर चौडाइको ३.७० मिटर लामो गारो, दक्षिणमा १.०२ मिटर चौडाइको र ९.२५ मिटर लामो गारो एवं पश्चिममा ९.०३ मिटर लामो गारो शिवमन्दिरको पेटीतिर मोडिएको पाइयो । शिवमन्दिर, पुरानो गारोमाथि बनाइएको भेटियो । यहाँ विभिन्न नापका इँटा देखियो । सबभन्दा ठुलो ३६ह२ह५ सेन्टिमिटरको थियो । सबभन्दा सानो २२ह१४ह५ सेन्टिमिटरको थियो । यहाँ २६ह१९ह६ सेन्टिमिटर, २५ह२२ह६ सेन्टिमिटर, २६ह१५ह८ सेन्टिमिटर, २२ह२०ह६ सेन्टिमिटर, ३१ह२४ह६ सेन्टिमिटर र २३ह११ह६ सेन्टिमिटरका इँटाहरू प्रयोग भएको पाइएको थियो ।
लिपि भन्ने गरिएको सिलौटो ।
दक्षिणपश्चिमको कुनाको गारोको जग हेर्दा २२ कोर्स (सल) देखियो । यसको ठ्याक्कै अगाडि १९ सलको पुरानो गारोसँगै पूर्वतिर गएको पाइयो । यस टे«न्चबाट माटोको गाग्रीको घाँटीको टुक्रा एक, ढकनी एक र माटाका भाँडाका केही टुक्रा भेटिएको थियो । शिवमन्दिरको दक्षिणपश्चिममा पानी ट्याङ्की घरको पश्चिम सानो ढिस्को भएको ठाउँमा पनि उत्खनन गरेर हेर्दा उत्तर, पूर्व र पश्चिममा गारो देखिएको तर माझमा इँटा झिकेकाले झट्ट हेर्दा इनार जस्तो खाल्डो देखिए पनि दक्षिणतर्फ उत्खनन गर्न बाँकी रहेकाले निक्र्योल गर्न सकिएन । पश्चिमतर्पm डिलमा सालको रुख छ ।
खाट मन्दिर
यो मन्दिर त्रियुगा नगरपालिकास्थित बाघ चौरीमा पर्छ । यो मन्दिर गाईघाटदेखि आठ किलोमिटर पश्चिममा छ । यहाँ प्रस्तरको खाटलाई पूजा गरिने भएकाले खाट मन्दिर भनिन्छ । २०५६ सालमा मन्दिर बनाई प्रस्तर खाटलाई मन्दिरभित्र पारेर पूजा गर्न थालिएको देखिन्छ । प्रस्तर खाटको लम्बाइ दुई मिटर, चौडाइ १.०१ मिटर, उचाइ ४४ सेन्टिमिटर र मोटाइ १३ सेन्टिमिटर छ । मन्दिरबाहिर पनि सानो आकारको प्रस्तर खाट रहेको छ । जनश्रुति अनुसार प्राचीनकालमा शाही राणा र सरस्वती रानी वनविहारमा जाँदा उक्त स्थानमा मनोविनोदका लागि जुवा खेलेका थिए । ढुङ्गामा बसेर राजारानीले जुवा खेलेको आयाताकार आकारको ठुलो ढुङ्गामा राजारानी घुँडा मारेर कौडा (जुवा) खेलेको र कौडीको आकारप्रकार पनि स्पष्ट रहेको देख्न सकिन्छ । अर्को किंवदन्ती अनुसार भने राजारानीबिच जुवा खेलिएपछि सर्त अनुसार पराजित राजाको टाउको रानीले काटेर हालको मोतीगेडामा गाडेकी थिइन् । राजाको टाउको (मुढ) गाडिएकाले मुढगडा भनिएको स्थान अहिले पनि अस्तित्वमा छ । उक्त स्थानको नामकरण अपभ्रंश भई मोतीगडा हुन पुगेको पाइन्छ । खाट मन्दिरआसपासको क्षेत्रमा उत्खनन गर्ने हो भने पुराना इँटा प्रशस्त मात्रामा पाइन्छ । जे होस्, तिनै जुवाडे राजारानीको सम्भmनामा कार्तिक शुक्ल षष्ठीदेखि एकादशीसम्म छ दिन उक्त स्थानमा मेला लाग्ने परम्परा रहिआएको छ (त्रि.न.प.प्रो. २०७९, ४८) ।
मन्दिरमा रहेको प्रस्तरको खाट ।
खाट मन्दिरको पछाडि अग्लो स्थानमा इँटाको गारो देखिएकाले उत्तर–दक्षिण पाँच मिटर र पूर्व–पश्चिम चार मिटरको टे«न्च लेआउट गरी उत्खनन सुरु गर्दा उत्तरतर्फ गारो दुई सलको मात्र भेटिएको थियो । यहाँ दतिवनको रुख छ । दक्षिणपश्चिमतर्पm इँटा कहीँ कहीँ एक मिटर ४० सेन्टिमिटर २.७० मिटर क्षेत्रमा मात्र देखिएको थियो । इँटाको साइज २६ह१८ह३ सेन्टिमिटर र २०ह१५ह५ सेन्टिमिटरको थियो । माटाका भाँडाका टुक्राहरू एकदुई वटा, फलामको किला र झिँगटीका टुक्राहरू भेटिएको थियो । झिँगटीको बिचमा प्वाल भएको पाइयो । यस टे«न्चमा अन्य कुनै संरचना नदेखिएपछि यसको ड्रइङ, नाप र फोटो लिएर उत्खनन बन्द गरिएको थियो ।
मुख्य पुरातात्त्विक स्थलहरू
जलजला : उदयपुर जिल्लामा धेरै महत्त्वपूर्ण पुरातात्त्विक स्थलहरू छन् । तीमध्ये वडा नं. ६ स्थित जलजला महत्त्वपूर्ण रहेको तथ्य स्थलगत भ्रमणका अवसरमा पाइयो । ट्राफिकचोकको केहीपश्चिम सडकको पूर्वपट्टि ढिस्को छ । यहाँ इँटाको १८ सल गारो भएको ८० सेन्टिमिटर अग्लो संरचना छ । इँटाको नाप २०ह१६ह३, २३ह१९ह५, २५ह२३ह४ सेन्टिमिटर छ । यहाँ करिब एक किलोमिटरसम्म ढिस्कोहरू देखिन्छ । सडकको पश्चिमतर्फ छोर्तेन पाइन्छ । यसको पछाडि पनि चिहानहरू छन् । इँटाका ढिस्कोहरू यत्रतत्र छरिएको देख्न सकिन्छ ।
दमौती: गाईघाटबाट ट्याम्पोमा आधा घण्टा गएपछि दमौतीस्थित जनता माध्यमिक विद्यालय पुग्न सकिन्छ । हामीलाई बाटो देखाउन पुण्यध्वज कार्की थिए । दमौती पुगेपछि पुराताŒिवक स्थल देखाउन घनवीर विश्वकर्मा र ढकबहादुर थापा हामीसँग हुनुहुन्थ्यो । सबभन्दा पहिले हेमनाथ ढुङ्गानासँग गाउँमा भएको हात्तीका दाँतको दुई जीवाश्म २४ह१८ह१२ सेन्टिमिटर र १९ह६ सेन्टिमिटर हेर्ने मौका मिल्यो । त्यही भानुभक्त ढुङ्गानाको घरमा भएको ढुङ्गाको सिलौटा (३४ह१५ह१३ सेन्टिमिटर) पनि अवलोकन गर्न पाइयो । यो सिलौटामा भएको छिनाको डोबलाई कौशल चेम्जोङले तिरुवा लिपि (चेम्जोङ, २०७८,३५) भने पनि यो कुनै अक्षर नभएर छिनाको डोब मात्र भएकाले यसको सांस्कृतिक महŒव मात्र देखिन्छ । जङ्गलको टुँडिखेल जाँदा इँटाका टुक्राहरू, गारो देखिन्छ । खोलामा पनि इँटाका टुक्राहरू र ढिस्को भेटिएको छ । त्यहाँबाट रैकागाउँ गई अनुमाया मगरको सहयोगमा भिरमा भएको इनारको भग्नावशेष हे¥यौँ । इँटाले बनेको यो इनार जमिन सतहमा निर्माण गरिए पनि अहिले इनारमुनिको सतह बगेर गई डाँडामा झुन्डिएको अवस्थामा छ । यसको व्यास १.५५ मिटर, घेरा १.९० मिटर, ४० सेन्टिमिटर चौडा र ९६ सेन्टिमिटर उचाइ रहेको छ ।
ज्वाश्म भइसकेको हात्तीको दाँत ।
कोल्टेगढी: कोल्टेगढी (राजाजी थान) को पूर्वपट्टि वलान खोला छ । इँटाहरू छरिएका छन् । इँटा (२३ह१५ह४.५ सेन्टिमिटर) प्रस्तर मूर्ति, टेराकोटाको मूर्ति, विड
देखिन्छ (ऐजन, पृ.२४) ।
चौदण्डीगढी : चौदण्डीगढी–९ को भीमसरदारस्थित प्रस्तरको रेखालाई किलाक्षर ? भनिए पनि लिपि नभएको यस प्रस्तरको आसपासमा टुटेफुटेका माटाका भाँडाकुँडा, फुटेका ओखल, इँटाका टुक्रा र जिमाला खोजेको खाडल भेटिन । यसको नजिकै वेलका गढ र टङकेला गुफा भीमको थान भएको (ऐजन पृ.३९) ।
टङकेला गुफा: यो गुफा वेलका नगरपालिका–६ मा पर्छ । यो गुफामा शिव र वृकासरको कथा छ । शिव लुकेर बसेको यो गुफामा वृकासुर पछ्याउँदै आएपछि शिव भागेर हलेसी गएको भनिन्छ । यही गुफानजिकै पूर्वी भेगमा मैनामैनी भएको (ऐजन पृ. ४३) ।
शीतलगढी: त्रियुगा नगरपालिका–१, जोगीदहमा अवस्थित शीतलगढी पुरानो वनदुर्गको भग्नावशेष भएको चुरे पहाडको शिखरस्थित यस गढीमा इँटा (२५.५ह२२.५ह५ सेन्टिमिटर, २५ह१९ह५ सेन्टिमिटर) भेटिएको । दक्षिणपूर्वी जङ्गलको भागको अर्को डाँडामा ढुङ्गाको गढी छ (ऐजन पृ.४६) ।
हेरनाहपथरागढी: चौदण्डी नगरपालिका–४, सुन्दरपुरको दक्षिण घना जङ्गलमा पर्छ । चारैतर्पm पाँच फिटको ससाना ढुङ्गाको पर्खाल लगाइएको छ । यसको उत्तरपूर्वी भागमा पाण्डववास (सिराथान) मा इँटाको भग्न खण्डहर भएको । यहाँ इँटा (२०ह१३ह५ सेन्टिमिटर) र टायल भेटिन्छ
(ऐजन पृ. ४९) ।
माथि उल्लिखित पुरातात्त्विक स्थलहरूको अध्ययन अनुसन्धान गरी उत्खनन भएमा नेपालको इतिहासमा थुप्रै पाना थपिने विश्वास गर्न सकिन्छ । यसै गरी मैनामैनी स्थानको पार्वती, शिवलिङ्ग, वसाहा, स्वामीकार्तिक, नन्दी भृङ्गी मूर्तिहरू र इँटाहरू लिच्छविकालका भएको प्रमाण तामाको कराईमा उत्कीर्ण देवोदेवबाट थाहा हुन्छ । यसैको आसपासको सेतीखोलाको महाँकालको वाराही, हाडिया क्षेत्रको कुन्ती गुफाका प्रस्तर आकृतिहरू, देवधारा र वसाहास्थानका मूर्तिकलाको पुरातात्त्विक दृष्टिले अध्ययन गर्नुपर्ने महŒवपूर्ण स्थलहरू हुन् ।
निष्कर्ष
मढगडामा दुई हप्ताभन्दा कम समयमा परीक्षण उत्खनन गर्दा पूर्वतर्फ ३.७० मिटर, दक्षिणतर्पm ९.२५ मिटर, पश्चिमतर्पm ९.०३ मिटर र उत्तरतर्फ तीन मिटर लामो गारो शिवमन्दिरको पेटीभित्र गएको देखियो । गारोको चौडाइ पूर्वमा १.०२ मिटर थियो । दक्षिण र पश्चिममा १.२० मिटर थियो । दक्षिण र पश्चिमको गारो ९.२५ मिटर भएकाले उत्तर र पूर्व पनि ९.२५ मिटर लामो गारो भएको अनुमान गर्न सकिन्छ । यति ठुलो कोठाको संरचना पाइएकाले यो भग्नावशेष अन्यत्र पनि पैmलिएको हुन सक्छ । दक्षिणपश्चिमको जग हेर्ने व्रmममा दक्षिणतर्पm २० सालको अर्को गारो भेटिएकाले अन्य स्थानमा पनि संरचना भएको पुष्टि हुन्छ । उत्खननमा विभिन्न नापका इँटा फेला परेको थियो । ती इँटाको नाप यसको आसपासका क्षेत्रमा भेटिएका इँटाहरूको नापसँग मेल खाँदैन । माटाका भाँडाकँुडा सारै थोरै पाइएका छन् । जति पाइएका छन्, सबै रेड वेयर टाइपका छन् । माटोको गाग्राको मुखको टुव्रmा, ढकनी घोडा भाँडाका टुव्रmाहरू प्राप्त भएका थिए । प्रस्तरको आसन दुई टुव्रmा (६५ह३१ह४ सेमी) भएको रुखको फेदीको प्रस्तर मूर्तिमा मिलाएर राखिएको छ । मिति भएको सिक्का या अभिलेख भएका कुनै सामग्री नभेटिएका कारणले काल निर्धारण गर्न गाह्रो छ । प्रशस्त भाँडाकुँडा र ‘एन्टिक्युरी’ पनि नआएकाले तुलनात्मक काल निकाल्न पनि कठिनाइ छ । हुन त १५ दिनको काममा यी सब नतिजा आउँछ भन्नु पनि बढी महŒवाकाङ्क्षी हुने देखिन्छ । मुढगडाको चारैतिरको क्षेत्र उत्खनन गरेमा अवश्य कुनै महŒवपूर्ण उपलब्धि हुन्छ भन्ने विश्वास चाहिँ गर्न सकिन्छ । सर्वेक्षण गर्दा शिवमन्दिरको पूर्वतिर रहेको प्रतीक्षालय तथा आवासगृहमा इँटाका गारोहरू भएको थाहा पाइएको छ । जग हेर्दा एउटा गारो दक्षिणपश्चिममा भेटिएको उल्लेख भइसकेको छ । यस पटकको उत्खननमा भेटिएको महŒवपूर्ण उपलब्धि भनेको इँटाको संरचना नै हो । ९.२५ मिटरको गारोको कोठा ठुलो छ । भुइँ खनेर हेरिएको छैन । टाउको काटिएका मूर्तिहरू गारोको सतहबाटै प्राप्त भएकाले धेरै तल पुरिएको देखिएन । ससाना मूर्तिहरू देख्दा ठुलो फलकका मूर्तिहरू काटेर तोडफोड गरेको जस्तो देखिन्छ । मुसलमान शासक समसुद्दिन इलियासले १४०२ सालमा काठमाडौँ आव्रmमण गर्दा यहाँ पनि आव्रmमण गरी ध्वस्त गरेको हुन सक्छ ।
उदयपुरआसपासका क्षेत्र खोकसार चन्द्रमागा, खप्टेडाँडा, धनुषाको जमुनाखोलामा पत्ता लागेको मुखियापट्टी भग्नावशेष, वराहक्षेत्र, धनकुटा जिल्लाको डाँडाबजारमा प्राप्त वासुदेवको मूर्ति, इनरुवाको नरसिंह मूर्ति, भेडियारी, किचकवध तथा मैनामैनी जस्ता पुरातात्त्विक स्थलहरू जुन गुप्तकालभन्दा प्राचीन भएकाले मुढगडाको सभ्यता प्राचीन हुन सक्ने धेरै सम्भावना छ । विस्तृत उत्खननपछि मात्र यसलाई पुष्टि गर्न सकिने हुँदा अहिलेलाई यति नै अडकल गर्नुपर्ने हुन्छ ।
भेडियारी र किचकवध उत्खननलाई शुङ्गकाल भनिएको छ । खोकसारलाई कर्णाटक संस्कृति भनी उल्लेख गरिएको पाइन्छ तर खोकसारको क्षेत्रफल र परीक्षण उत्खननबाट लिच्छविकालसम्म पुग्ने सङ्केत पाइएको छ । यसको उत्खनन कार्य योजनाबद्ध ढङ्गले अभैmसम्म गरिएकै छैन । वराह क्षेत्रमा बुधगुप्तको ताम्र अभिलेख प्राप्त छ । मैनामैनीलाई कालिदासको कुमारसम्भवमा शिवपार्वतीको विवाहस्थल भनिएको छ । यहाँ भएको तामाको कराईमा देवोदेव लेखिएको अभिलेख भेटिएको छ । तसर्थ मुढगडामा काटिएका मूर्तिहरूको स्वरूप हेर्दा गुप्तकालका मूर्तिहरू हुन सक्ने सम्भावना धेरै छ । यद्यपि विस्तृत उत्खनन गरी अध्ययन अनुसन्धान नभएसम्म अहिले नै ठोकुवा गर्न गाह्रो छ । यो संरचना के कति प्रयोजनका लागि कसले कहिले निर्माण गरेको भन्ने धेरै प्रश्नको उत्तर खोज्न योजनाबद्ध ढङ्गले उत्खनन गर्दै जानु अत्यावश्यक छ ।
खाट मन्दिरको उत्खननमा इँटाको भग्नावशेष हेर्दा कुनै सानो संरचना बनेको अनुमान लगाउन सकिन्छ तर अहिले पूर्वपट्टि रुखमा बाहेक अन्यत्र इँटाको अवशेष पाइन्न । भुइँमा कतै कतै मात्र इँटाका टुव्रmा पाइयो । पहिले प्रस्तरको खाट खुला स्थानमा भए पनि पछि मन्दिर बनाएर भित्र राखिएको पाइयो । मन्दिरबाहिर सानो आकारको प्रस्तर खाट पनि छ । यस्तो प्रस्तर खाट हनुमानढोका दरबारको मोहनचोकस्थित सुन्धारा र पाटन दरबारको सुन्दरीचोकमा १७ औँ शताब्दीमा राखिएका अभैm पनि देख्न सकिन्छ । हनुमानढोका दरबारमा मल्लकालका र पाटन दरबारमा सिद्धिनरसिंह मल्लले स्थापना गरेका थिए ।