महिला र बालिकाका अधिकारमा १०६ देशहरूको साझा प्रतिबद्धता
गत ३० वर्षमा महिला र बालिकाको अधिकार र समानताका लागि अन्तर्राष्ट्रिय पहल अन्तर्गत, १०६ देशहरूले १९१ प्रतिबद्धता जनाएका छन् ।
ट्रम्पद्वारा सञ्चार माध्यमको आलोचना, किमेलको कार्यक्रम निलम्बनपछि बहस चर्कियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चार माध्यमले आफूमाथि अत्यधिक नकारात्मक समाचार सम्प्रेषण गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
इजरायलको धम्कीबाट विश्व समुदाय डराउनु हुँदैन : महासचिव गुटेरेस
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको धम्कीबाट विश्व समुदायलाई नआत्तिन आग्रह गर्नुभएको छ ।
चापिनी खोलामा पुल बन्दा आउजाउ सहज
हरिवन–क्यानेश्वर सडक अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका १ र ८ को सिमामा पर्ने चापिनी खोलामा पुल निर्माण भएपछि आवत जावतमा सहज भएको छ ।
चिरिच्याट्ट पारिँदै सिंहदरबार, मर्मत र रङरोगन धमाधम
जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै चमक दिलाउन धमाधम मर्मतसम्भार र रङरोगन गरिएको छ। जेनजी प्रदर्शनपछि सुनसान र खण्डहर जस्तै बनेको राजनीतिक र प्रशासनिक केन्द्र सिंहदरबारमा मर्मत र रङरोगनले चहलपहल बढेको छ।
चुनावको तयारीमा जुट्न कार्यकर्तालाई डा. कोइरालाको आग्रह
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनावको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
धानखेतका फाँट
मध्यनेपाल नगरपालिका–६, काउरेको ज्वाला आधारभूत स्कुल परिसरबाट देखिएको भोर्लेटार फाँटको धानखेती, ईशानेश्वर क्याम्पसको खेलमैदान र आसपासका क्षेत्र।
भेरी नदीको किनारामा रहेको गाउँ
नलगाड नगरपालिका–१२ को ओलगुत्ता र रुकुम पश्चिम आठबिसकोट नगरपालिका–६, दामाचौरस्थित भेरी नदीको किनारामा रहेको गाउँहरु ।
पछिल्लो आन्दोलन वैदेशिक डिजाइन हो : नेता सिंह
नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपालमा वर्तमान परिस्थिति सिर्जना हुनुमा वैदेशिक हस्तक्षेपको डिजाइन रहेको बताउनुभएको छ ।
‘फिच’ को ऋण रेटिङ वृद्धि इटालीको आर्थिक नीति सफलताको प्रमाण : प्रधानमन्त्री मेलोनी
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले अन्तर्राष्ट्रिय ऋण मूल्याङ्कन संस्था ‘फिच’ ले देशको ऋण रेटिङ उक्लाएको घटनालाई आफ्नो सरकारको आर्थिक अनुशासन र कडाइयुक्त नीति सफल भएको सङ्केतका रूपमा स्वागत गर्नु भएको छ ।
बोलेरोको ठक्करबाट एकको मृत्यु
बोलेरोको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ ।
टी–२० एसिया कप : भारत समूहमा अपराजित
यसअघि नै समूह ‘बी’बाट सुपर चारमा पुगेको भारतले समूहको तेस्रो तथा अन्तिम खेलमा शुक्रबार राति ओमानलाई २१ रनले हरायो ।
रुसी आक्रमणमा तीनको मृत्यु, १३ जना घाइते
युक्रेनका अधिकारीहरूले जानकारी दिएअनुसार, डनिप्रोपेत्रोभस्क क्षेत्रमा रुसी सेनाको रातभरको हवाई आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
'जीवन प्रवाह' विमोचन
वरिष्ठ पत्रकार एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माको आत्मकथात्मक पुस्तक “जिवन प्रवाह” को विमोचन गरिएको छ ।
आइएलओ १६९, युएनड्रिप, सिड कार्यान्वयन नभएको प्रति चिन्ता
नेपाल सरकारले अनुमोदन गरेको १८ वर्षसम्म पनि आइएलओ १६९ अभिसन्धी, संयुक्त राष्ट्र सङ्घीय घोषणापत्र २००७, सिड कार्यान्वयन नगरेपछि आदिवासी संघ संस्थाले सरकारलाई दवाव दिनेगरी फ्रेमवर्क बनाउने गरी छलफल सुरु गरेका छन् ।
अफ्रिकामा ‘एमपक्स’का घटना एक लाख ९० हजार नाघ्यो, एक हजार ९९९ जनाको मृत्यु
सन् २०२४ को सुरुदेखि अफ्रिकामा ‘एमपक्स’ नामक रोगका कुल एक लाख ९० हजारभन्दा बढी घटना रिपोर्ट भएका छन् भने मृत्यु सङ्ख्या लगभग दुई हजार पुगेको छ ।
मलेसियामा खेल्ने नेपाली महिला टोलीको घोषणा
मलेसियामा खेल्ने टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा गरिएको छ ।
लमजुङमा अलैंची : २० करोड बराबरको उत्पादन हुने
लमजुङमा अलैंची टिप्न सुरु भएको छ । एक हजार दुई सय मिटर उचाइसम्म लगाइएका अलैंची टिप्न सुरु गरिएको हो ।
कारागारबाट फरारमध्ये ११९ जना कैदी अझै सम्पर्कविहीन
कारागार कार्यालय सप्तरीबाट फरार भएका कैदीहरुमध्ये अहिलेसम्म ८४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गर्भवती महिलाको हेलिकाेप्टरमार्फत उद्धार
गोरखामा एक गर्भवती महिलालाई सुत्केरी हुन नसकेपछि हेलिकाेप्टरमार्फत उद्धार गरिएको छ । भिमसेन थापा गाउँपालिका–४ का ३० बर्षीय रञ्जिता कट्टेललाई शनिबार बिहान ९ बजे उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिनुभयो ।
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस
रुसले गाजा क्षेत्रमा जारी हिंसा र मानवीय सङ्कट अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् असफल भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ । उसले यो असफलताको मुख्य कारण संयुक्त राज्य अमेरिकाले पटक–पटक प्रयोग गर्दै आएको भीटो अधिकार भएको स्पष्ट पारेको छ ।
सामान्य विवादमा कुटपिट हुँदा एकको मृत्यु, चार पक्राउ
नेपालगन्जमा खसी खरिद गर्ने विषयमा नजिकको नाता पर्ने दुई जनाबिच भएको सामान्य विवाद चर्किंदा दुबै पक्षबिच कुटपिट भएपछि नेपालगन्ज ५ का जाबिर अहिल बेहनाको मृत्यु भएको हो ।
उत्कृष्ट कृषक तथा कर्मचारी सम्मानित
गुल्मीको धुर्कोट गाउँपालिकाले संविधान दिवसको अवसर पारेर उत्कृष्ट कृषक, शिक्षक विद्यालय, राजनीतिक समाजसेवीदेखि पत्रकारसम्मलाई सम्मान गरेको छ ।
गाजा सहरमा आक्रमण जारी, नागरिकहरू ज्यान जोगाउन विवश
गाजा सहरमा जारी आक्रमणका कारण हजारौँ नागरिकहरू आफ्नो ज्यान जोगाउन विभिन्न उपायबाट सुरक्षित स्थानतर्फ जाँदै गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।