• ४ असोज २०८२, शनिबार

पछिल्लो आन्दोलन वैदेशिक डिजाइन हो : नेता सिंह

blog

राष्ट्रिय जनमोर्चा बागलुङको आयोजनामा ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा आयोजित प्रशिक्षण कार्यक्रम । तस्बिरः नवराज नेपाली

नवराज नेपाली

बागलुङ (गलकोट), असोज ४ गते । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले नेपालमा वर्तमान परिस्थिति सिर्जना हुनुमा वैदेशिक हस्तक्षेपको डिजाइन रहेको बताउनुभएको छ । 

राष्ट्रिय जनमोर्चा बागलुङको आयोजनामा ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा आयोजित प्रशिक्षणमूलक कार्यक्रमको उद्‌घाटन गर्दै महामन्त्री सिंहले नेपालमा यो अवस्था सिर्जना हुनसक्ने विषयमा आफूहरूले धेरै पटक भनिरहे पनि देशको अवस्था परिवर्तन हुनेगरी आन्दोलन र क्षति भएको बताउनुभयो ।

वर्तमान जेनजी पुस्ताले उठाएका मागमा दललाई वर्तमान सरकारमा समावेश नगर्ने विषय गम्भीर रहेको र दलहरुलाई बाहिर राखेर सरकारको औचित्य नहुने बताउनुभयो ।

जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा १० वटै पालिकाबाट करिब तीनसय नेता कार्यकर्ताको सहभागिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्यहरू आनन्द शर्मा, वासु पोख्रेल, नरबहादुर पुन लगायत नेताहरूको प्रशिक्षण दिनुभयो ।