काठमाडौँ, असोज ३ गते। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी सरुवा, काज र कामकाजसम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ।
मन्त्रालयकी शाखा अधिकृत अपिल पन्तले भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मन्त्रालयमा आगजनी हुँदा भवनको संरचना र सम्पूर्ण अभिलेख जलेर नष्ट भएपछि यस्तो निर्णय गरेको जानकारी दिनुभयो।
सूचनामा भनिएको छ, “प्रदर्शनको क्रममा आगजानी भई मन्त्रालयको संरचना र सम्पूर्ण अभिलेख नष्ट भएको हुँदा कर्मचारी प्रशासनबाट प्रवाह गरिने अत्यावश्यक सेवा प्रवाहसँग सम्वद्ध सेवा बाहेक सरुवा, काज कामकाज सम्बन्धी काम कारवाही अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरिएको छ।”