जनार्जन खत्री
सर्लाही, असोज २ गते । बाँके–सङ्ग्रामपुर सडक खण्डअन्तर्गत सर्लाहीको हरिपुर्वा नगरपालिका –५, मा बिहीबार साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।
बिहीबार साँझ ७ बजेतिर बीआर ३० एई ८२२० नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रु सोही ठाउँका ६८ वर्षीय गजेन्द्र साहको मृत्यु भएको हो । साहको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ ।
वृद्धलाई ठक्कर दिने मोटरसाइकल र चालक पर्सा गाउँपालिका –५, का २४ वर्षीय श्रवणकुमार साहलाई नियन्त्रणमा लिइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिनुभयो ।