• ४ असोज २०८२, शनिबार

पुरुषोत्तम आईएमलाई हराउन सफल

blog

काठमाडौँ, असोज ४ गते । रसियाको गणराज्य क्याल्मिकिया स्थित एलिस्तामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट र्‍यापिड बुद्धिचाल प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । 

‘स्पिरिट अफ धर्म’ नारा दिएको अन्तर्राष्ट्रिय चेस स्पर्धाको तेस्रो चरणमा नेपालका पुरुषोत्तम सिलवाल शीर्ष वरियताका हंगेरियन २५५० रेटेड खेलाडी ग्राण्ड मास्टर स्जुजिरोभ सननसँग कालोगोटीबाट खेल्दै हार खेल्नुभयो । 

२१९८ रेटेड सिएम सिलवालले यसअघि पहिलो र दोस्रो चरणमा जीत दर्ता गर्दै क्रमश: थाइल्यान्डका १७०२ रेटेड नात्रादा काइववात्था तथा फिलिपिन्सका २४२३ रेटेड आईएम नाभा रोडेरिकलाई पराजित गर्नुभएको थियो । 

प्रथम बौद्ध राष्ट्रहरूबीच आमन्त्रित चेस प्रतियोगितामा एमेच्योर शैलेन्द्र न्यौपानेले फिलिपिन्सका खेलाडी नाभा रोमेलिन माथि जित, रसियन खेलाडी इर्गित अरिना सँग हार र थाइल्याण्डका नात्रादालाई पराजित गर्नुभयो ।

काल्मिक सरकार, काल्मिक चेस फेडरेसन तथा मस्को क्षेत्रिय चेस फेडरेसनको संयुक्त आयोजनामा सञ्चालित प्रतिस्पर्धामा नेपाली महिला खेलाडी सिन्दिरा जोशीले सन्तोषजनक खेल प्रदर्शन गर्नुभएको छ । 

१६३९ रेटेड जोशीले शुरुमा थाइल्याण्डका २२०० रेटेड एफएम कुलप्रोए थानोनसँग हार खेप्नुभयो । लगत्तै दोस्रो चरणमा १८५० रेटेड फिलिपिन्सका नाभा मार्क एन्थोनि र तेस्रो खेलमा थान्त हेनलाई हराउनुभयो । 

नेपाली टोलीले ६ अङ्क जोडेर एभरेज रेटिङका आधारमा दोस्रो स्थानमा रहेको छ । प्रतिस्पर्धामा पुरुषोत्तमले २२२५ , सिन्दिराले १८३२ र शैलेन्द्रले १६७८ रेटिङ पर्फमेन्स गरि दुई दुई अङ्क बनाउँदै खेल जारी राख्नुभएको छ ।

१० हजार अमेरिकी डलर पुरस्कार रहेको प्रतिस्पर्धा अन्तर्गत चौथो चरणमा तिनै जना नेपालीले प्रतिद्वन्द्वी रुपमा रुसका खेलाडीहरू सँग खेल्नेछन् ।