• ४ असोज २०८२, शनिबार

पहिलो बुद्धिस्ट अन्तर्राष्ट्रिय चेस विवादमा

blog

काठमाडौँ, असोज ४ गते। सेप्टेम्बर १७ मा रुसमा सुरु भएको पहिलो बुद्धिस्ट अन्तर्राष्ट्रिय चेस प्रतियोगितामा नेपालको सहभागिता विवादमा परेको छ। सो प्रतियोगितामा नेपालको तर्फबाट पुरुषोत्तम सिलवाल र सिन्दिरा जोशीले सहभागिता जनाउनुभएको छ। 

प्रतियोगितामा नेपालको सहभागिता अपारदर्शी भएको भन्दै वर्तमान राष्ट्रिय च्याम्पियन रुपेस जयसवालले आपत्ति जनाएका जनाउनुभएको हो। उहाँले सामाजिक सञ्जालमार्फत् यसमा आपत्ति जनाएका छन्। 

जयसवालकै अनुसार सुरुवातमा उनी र सिलवालका नाम रहे एमच्योर सेक्सनमा दुई हजार भन्दा कम रेटिङका खेलाडी आवस्यक रहेका कारण सिलवाल र उनी मध्य एकका नाम हटाइने अवस्था आएको हो। 

यसपछि आफ्नो आफ्नो नाम काटिएपछि रुपेसले सङ्घसँग प्रस्ट छनोट प्रक्रिया नै नभएको भन्दै आलोचना गर्नुभएको हो। यसैगरी, उहाँले काजकिस्तानमा जारी विश्व क्याडेट च्याम्पियनसिपमा भएको सहभागितामा छनोट प्रक्रिया प्रस्ट नभएको भन्दै उहाँले आपत्ति जनाउनुभएको हो। सोही प्रतियोगितामा सहभागिताको विषयमा हिमालयन चेस एकेडेमीले विज्ञप्ति जारी गर्दै छनोटमा पारदर्शिता नभएको भन्दै आपत्ति जनाएका छन्। 

अखिल नेपाल चेस संघले पनि विज्ञप्ति जारी गर्दै छनोट प्रक्रिया अपारदर्शी भएको भन्दै आपत्ति जनाएको छ। ‘महासङ्घको कुनै क्यालेन्डर नहुनु, अन्तार्राष्ट्रिय प्रतियोगितामा छनोटको कार्यविधि नबनाउनु तथा अन्तिम समयमा आफू अनुकूल व्याख्या गरेर सहभागी गराउने प्रवृत्ति विगत देखि नै नभएको होइन। यसै कारण विगतमा पनि धेरै पटक विवाद उठे पनि चेस खेलाडीको भावनामाथि मनोवैज्ञानिक ‘ब्ल्याक मेलिङ गर्ने’ नियतले नै यस शैलीलाई निरन्तरता दिइएको हाम्रो ठम्याइ छ।’ 

अखिल नेपाल चेस सङ्घका अध्यक्ष दिपेन राईले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख  छ।