गुणबहादुर रोका
सुलीकोट, असार ४ गते । बोलेरोको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरानचोक गाउाँपालिका–२ स्थायी घर भई हाल गोरखा नगरपालिका-७, नयाँ बसपार्क बस्ने ५२ वर्षीया शिव मजाकोटीको भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शुक्रबार बिहान ९:३० बजे गोरखा नगरपालिका–७, नयाँ बसपार्कमा ना. ४ च. ८३९१ नम्बरको बोलेरले बाटोमा हिडिँरहेको अवस्थामा ठक्कर दिएपछि उपचारको लागि अस्पताल लगेपछि शुक्रबार साझ ११ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
मृतक मजाकोटीको आफन्त तेजबहादुर नेपालीको नेतृत्वमा गएको टोलीले जिल्ला प्रहरी कार्यालयमा पुगेर सत्यतथ्य छानबिनको माग गर्दै दोसीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दै मृतक परिवारलाई क्षतिपुर्तिको माग गरेको मृतकका आफन्त तेज हादुर नेपालीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले मृतकका आफन्त र बोलेरो साहुबिच दुई पक्ष छलफलमा भएको सहमति अनुसार मृतकको परिवारले लाश बुझ्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
दुई पक्षको सहमति भएकाले मृत मजाकोटीकबो शव पाेस्टमार्टम गरी परिवारलाई बुझाइने प्रहरी निरीक्षक कार्कीको भनाइ छ । केहि समय मृतकका परिवारले सत्यतथ्य छानबिनको माग गर्दै शव बुझ्न गाह्रो मानेका थिए ।
त्यस लगत्तै सम्बन्धित निकाय र घर परिवारको सहमति पछि मृतकको शव बुझ्न राजी भएका थिए । त्यस घट्ना लगत्तै सवारी चालकलाई नियन्त्रणमा लिई अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।