अफ्रिकामा ‘एमपक्स’का घटना एक लाख ९० हजार नाघ्यो, एक हजार ९९९ जनाको मृत्यु
सन् २०२४ को सुरुदेखि अफ्रिकामा ‘एमपक्स’ नामक रोगका कुल एक लाख ९० हजारभन्दा बढी घटना रिपोर्ट भएका छन् भने मृत्यु सङ्ख्या लगभग दुई हजार पुगेको छ ।
मलेसियामा खेल्ने नेपाली महिला टोलीको घोषणा
मलेसियामा खेल्ने टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय महिला टोलीको घोषणा गरिएको छ ।
लमजुङमा अलैंची : २० करोड बराबरको उत्पादन हुने
लमजुङमा अलैंची टिप्न सुरु भएको छ । एक हजार दुई सय मिटर उचाइसम्म लगाइएका अलैंची टिप्न सुरु गरिएको हो ।
कारागारबाट फरारमध्ये ११९ जना कैदी अझै सम्पर्कविहीन
कारागार कार्यालय सप्तरीबाट फरार भएका कैदीहरुमध्ये अहिलेसम्म ८४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गर्भवती महिलाको हेलिकाेप्टरमार्फत उद्धार
गोरखामा एक गर्भवती महिलालाई सुत्केरी हुन नसकेपछि हेलिकाेप्टरमार्फत उद्धार गरिएको छ । भिमसेन थापा गाउँपालिका–४ का ३० बर्षीय रञ्जिता कट्टेललाई शनिबार बिहान ९ बजे उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिनुभयो ।
गाजामा न्याय र शान्ति ल्याउन सबै पक्षले सहकार्य गर्नुपर्छ : रुस
रुसले गाजा क्षेत्रमा जारी हिंसा र मानवीय सङ्कट अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद् असफल भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ । उसले यो असफलताको मुख्य कारण संयुक्त राज्य अमेरिकाले पटक–पटक प्रयोग गर्दै आएको भीटो अधिकार भएको स्पष्ट पारेको छ ।
सामान्य विवादमा कुटपिट हुँदा एकको मृत्यु, चार पक्राउ
नेपालगन्जमा खसी खरिद गर्ने विषयमा नजिकको नाता पर्ने दुई जनाबिच भएको सामान्य विवाद चर्किंदा दुबै पक्षबिच कुटपिट भएपछि नेपालगन्ज ५ का जाबिर अहिल बेहनाको मृत्यु भएको हो ।
उत्कृष्ट कृषक तथा कर्मचारी सम्मानित
गुल्मीको धुर्कोट गाउँपालिकाले संविधान दिवसको अवसर पारेर उत्कृष्ट कृषक, शिक्षक विद्यालय, राजनीतिक समाजसेवीदेखि पत्रकारसम्मलाई सम्मान गरेको छ ।
गाजा सहरमा आक्रमण जारी, नागरिकहरू ज्यान जोगाउन विवश
गाजा सहरमा जारी आक्रमणका कारण हजारौँ नागरिकहरू आफ्नो ज्यान जोगाउन विभिन्न उपायबाट सुरक्षित स्थानतर्फ जाँदै गरेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
धुलिखेल–सूर्यविनायक खण्डअन्तर्गत जनागालबाट कालोपत्र सुरु
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डअन्तर्गतको काभ्रेपलाञ्चोकको जनागाल–भैँसेपाटीमा कालोपत्र सुरु गरिएको छ । वर्षाका कारण रोकिएको उक्त सडकखण्डमा बनेपा नगरपालिका–१० स्थित जनागाल क्षेत्रमा कालोपत्र सुरु गरिएको हो ।
सुपथ मूल्य पसलमा ग्राहकको आकर्षण बढ्दै
चाडपर्व नजिकिँदै जाँदा हुन जाने खाद्य अभावलाई कम गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी, शाखा कार्यालय मनाङले सञ्चालनमा ल्याएको दशैं–तिहार लक्षित सुपथ मूल्यका पसलमा ग्राहकको आकर्षण बढ्न थालेको छ ।
विभिन्न सात राजमार्ग पहिरोले अवरुद्ध
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले हाल ती क्षेत्रमा पहिरो पन्छाउने काम जारी रहेको बताउनुभयो । उहाँका अनुसार कोशी राजमार्गको भोटखोलामा सडक पूर्ण रुपमा अवरुद्ध छ ।
दसैँको अवसरमा घोराहीमा पुस्तक प्रदर्शनी
दसँ तथा शुभ दीपालीको अवसर पारेर दाङको घोराहीमा पुस्तक प्रदर्शनी–२०८२ सुरु भएको छ । मेधाबी कन्सर्नको आयोजनामा असोज २ गतेदेखि १० गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा विविध विधाका पुस्तकहरू राखिएका छन् ।
सडक निर्माणमा जुटे सप्तरीका युवा
सप्तरीको तिलाठी कोइलाडी ६ र ७ वडास्थित वभनगामा जण्डौल–कुशहा सडक मर्मत सम्भारमा स्थानीय युवाहरू जुटेका छन् । सडक भत्किएर आवतजावतमा समस्या भएपछि स्थानीय युवाहरु सडक मर्मत सम्भारमा जुटेका हुन् ।
दैलेखमा विद्युत सेवा अवरुद्ध
दैलेखमा शनिबार विद्युत सेवा अवरुद्ध भएको छ । सुर्खेत–दैलेख ३३ केभी प्रसारण लाइनअन्तर्गत पर्ने क्षेत्रहरूमा आज बिहानदेखि दिउँसोसम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो ।
पाँचौँ जिल्ला स्तरीय स्क्राबलमा सिद्धबाबाका आयुष प्रथम
पाँचौँ गुल्मी जिल्ला स्तरीय स्क्राबल प्रतियोगितामा सिद्ध बाबा माविका आयुष गुरुङ्ग प्रथम हुनु भएको छ ।
मुग्लिन–नारायणगढको पहिरोले सम्झायो घुमाउनेको अधुरो पुल
मुग्लिन–नारायणगढ सडकखण्डमा बारम्बार पहिरो खस्दा यात्रुहरूको यात्रा कष्टकर बनेको छ । शुक्रबार चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा खसेको ठुलो पहिराले यातायात अवरुद्ध भई सर्वसाधारण सास्ती खेप्न बाध्य भएका छन् ।
सञ्चालनमा आउन सकेनन् प्रादेशिक कार्यालय
सुदूरपश्चिम प्रदेशको प्रादेशिक संरचनाको कामकाज डेढ हप्तादेखि ठप्प रहेको छ । जेनजी आन्दोलनको क्रममा मन्त्रालय, कार्यालयमा अत्यधिक क्षति भएपछि प्रादेशिक संरचनाअन्तर्गतका धेरैजसो अड्डाका कामकाज ठप्प रहेको हो ।
तयार भयो वीरगञ्जको घण्टाघर
पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक यहाँको घण्टाघरको केही भाग भत्किएको संरचना सात महिनापछि मर्मतसम्भार गरिएको छ । गत फागुन ७ गते भत्किएको घण्टाघरको ‘बाल्कोनी’ संरचना कमजोर भएर इँटा झरेको थियो ।
चाडपर्व लक्षित बजार अनुगमन गर्दै कामपा
गत भदौ २३ र २४ गते देशभर भएका जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुमगन आगामी सातादेखि गर्ने तयारी रहेको कामपाले जानकारी दिएको छ ।
स्वास्थ्य चौकीको भवन जीर्ण हुँदा सेवा प्रभावित
म्याग्दीको मालिका गाउँपालिका–१, निस्कोटमा रहेको स्वास्थ्य चौकीको भवन जीर्ण बनेपछि सेवा प्रभावित भएको छ ।
दसैँ मनाउन भारतबाट फर्किने नेपालीको जमुनाहा नाकामा घुइँचो
हिन्दुहरूको महानपर्व दसैँ नजिकिएसँगै कामका लागि भारत गएका नेपालीहरू चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किन थालेका छन् ।
दामोदरकुण्ड जाने भक्तजनलाई निःशुल्क भोजन
उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ याराघाराका ६५ वर्षीय डण्डु गुरूङले १२ वर्षदेखि पवित्र तीर्थस्थल दामोकरकुण्डको दर्शन गर्न जाने भक्तजनहरूलाई निःशुल्क भोजन गराउनुहुन्छ ।
बजेट अभावमा अलपत्र अस्पताल
चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल बजेट अभावमा अलपत्र परेको छ । विसं २०८० मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त अस्पताल पर्याप्त बजेट नआउँदा अलपत्र परेको हो ।