• ४ असोज २०८२, शनिबार

दसैँको अवसरमा घोराहीमा पुस्तक प्रदर्शनी

blog

फोटो क्याप्सनः पुस्तक पर्दशनीमा पुस्तक छान्दै पाठकहरू । तस्बिर : सन्तोष दहित

सन्तोष दहित
दाङ, असोज ४ गते । 
दसैँ तथा शुभ दीपालीको अवसर पारेर दाङको घोराहीमा पुस्तक प्रदर्शनी–२०८२ सुरु भएको छ । मेधाबी कन्सर्नको आयोजनामा असोज २ गतेदेखि १० गतेसम्म सञ्चालन हुने उक्त प्रदर्शनीमा विविध विधाका पुस्तकहरू राखिएका छन् ।

प्रदर्शनीमा विविध विधाका एक हजारभन्दा बढी पुस्तकहरू बिक्री–वितरणका लागि राखिएको पुस्तक प्रदर्शनी संयोजक सूर्य बिसीले जानकारी दिनुभयो । “ज्ञानगुनका पुस्तकदेखि इतिहास, राजनीतिक, उपन्यास, प्रेरणादायी पुस्तक तथा विविध विधा साहित्य  पुस्तकहरू राखिएकाछन,’’ उहाँले भन्नुभयो, ‘‘यो प्रदर्शनीले विद्यार्थी, अभिभावक, शिक्षक तथा साहित्यप्रेमी लगायत आम पाठकलाई पुस्तक खरिदमा सहज र सहयोग पुग्ने छ ।’’

दसैँ तथा तिहारको माहोलमा ज्ञान तथा साहित्यप्रतिको आकर्षण बढाउन र पढ्ने संस्कृतिलाई प्रोत्साहन गर्न प्रदर्शनी आयोजना गरिएको संयोजक बिसीले बताउनुभयो । “हामीले विशेषगरी युवापुस्तालाई पुस्तकसँग जोड्ने उद्देश्य लिएका छौं,’’ उहाँले भन्नुभयो, समग्र दङ्गालीवासीलाई पठन संस्कृतिमा जोड्ने  हाम्रो उद्देश्यले पनि हो ।’’

पुस्तक प्रदर्शनीका क्रममा स्थानीय लेखकका कृतिहरूलाई समेत प्राथमिकता दिइएको छ । साथै, प्रदर्शनीमा पुस्तक खरिद गर्न आउने पाठकका लागि विशेष छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।