स्वास्थ्य चौकीको भवन जीर्ण हुँदा सेवा प्रभावित
म्याग्दीको मालिका गाउँपालिका–१, निस्कोटमा रहेको स्वास्थ्य चौकीको भवन जीर्ण बनेपछि सेवा प्रभावित भएको छ ।
दसैँ मनाउन भारतबाट फर्किने नेपालीको जमुनाहा नाकामा घुइँचो
हिन्दुहरूको महानपर्व दसैँ नजिकिएसँगै कामका लागि भारत गएका नेपालीहरू चाडपर्व मनाउन ठुलो सङ्ख्यामा स्वदेश फर्किन थालेका छन् ।
दामोदरकुण्ड जाने भक्तजनलाई निःशुल्क भोजन
उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ याराघाराका ६५ वर्षीय डण्डु गुरूङले १२ वर्षदेखि पवित्र तीर्थस्थल दामोकरकुण्डको दर्शन गर्न जाने भक्तजनहरूलाई निःशुल्क भोजन गराउनुहुन्छ ।
बजेट अभावमा अलपत्र अस्पताल
चार वर्ष अगाडि निर्माण सुरु भएको निसीखोला आधारभूत अस्पताल बजेट अभावमा अलपत्र परेको छ । विसं २०८० मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त अस्पताल पर्याप्त बजेट नआउँदा अलपत्र परेको हो ।
गुल्मीमा पानी परेसँगै अस्ताउँछ दमकल खरिद गर्ने निर्णय
गुल्मीमा खडेरीको समयमा निकै चर्चा हुने र पानी परेसँगै दमकल खरिद गर्ने निर्णय अस्ताउने गरेको छ ।
तुलसीपुरमा अझै ११५ कैदीबन्दी फरार
जेनजी आन्दोलनको क्रममा तुलसीपुर कारागारबाट भागेका कैदीबन्दीमध्ये ११५ जना अझै कारागारमा फर्किएका छैनन् ।
तनहुँमा अझै १४३ कैदी फरारः त्रास र असुरक्षा बढ्दो
तनहुँ जिल्लाको कारागारबाट १४३ कैदीबन्दी अझै फरार रहेका छन् । फरार हुँदा स्थानीय समुदायमा चोरी, लुटपाट तथा हिंसाको त्रास र असुरक्षा फैलिएको छ ।
म्याग्दीमा चाढपर्व लक्षित बजार अनुगमन सुरु
म्याग्दीमा चाढपर्व लक्षित बजार अनुगमन सुरु गरिएको छ । दशैं नजिकिएसँगै उपभोक्ताको हितलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालयको अगुवाईमा बजार अनुगमन थालिएको हो ।
नगरपालिकाको कार्यालय एउटै कोठामा सञ्चालन
राजविराज नगरपालिका पछिल्लो पाँच दिनदेखि एउटै कोठामा सञ्चालनमा आएको छ । जेनजीको आन्दोलनमा नगरपालिकामा आगजनी भएर पूर्ण क्षति भएपछि बाँकी रहेको एउटा कोठाबाट कर्मचारीहरूले अत्यावश्यक काम सुरू गरेका हुन् ।
यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
लेखा अधिकृत एक लाख घुससहित पक्राउ
दैलेख, डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत (सातौ तह) टंकबहादुर कार्की एक लाख घुससहित पक्राउ गर्नुभएको छ ।
सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु
सप्तरीको बोदेबर्साइन नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।नगरपालिका– ८ स्थित स्वर्णपट्टी टोलका १६ वर्षीय जीवन साहको करेन्ट लागेर मृत्यु भएको हो ।
स्थानीय तहका योजना र कार्यक्रम कार्यान्वयनमा अन्यौल
जेनजी प्रदर्शनले सरकार ढलेर अन्तरिम सरकार बनेपछि स्थानीय तहका नीति तथा कार्यक्रम र बजेट कसरी कार्यान्वयन हुन्छ भन्ने विषयमा चर्चा सुरु हुन थालेको छ ।
तुइन खोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
चितवनको मुग्लिन नारायणगढ सडकखण्डको तुइनखोलामा पहिरो खस्दा शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ ।
इनरुवामा ५४ जनामा मोतिया बिन्दु
सुनसरीको इनरुवामा बृहत निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । इनरुवा ५ स्थित लाटीदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना र नवदउष्टी आँखा अस्पताल इटहरीको प्राविधि सहयोगमा निःशुल्क आँखा जाच शिविर कार्यक्रम सम्पन्न भएको हो ।
मधेश सरकारले जेनजी प्रदर्शनका सहिद परिवारलाई अढाई लाख प्रदान गर्ने
मधेश सरकारले जेनजी प्रदर्शनका सहिद परिवारलाई राहत स्वरुप अढाई लाख रुपियाँ प्रदान गर्ने निर्णय गरेको छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ६५ पैसा र बिक्रीदर १४१ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ ।
मुस्ताङ हुँदै १३ हजार बढी भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइयो
दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ।
रुसी विदेश मन्त्री लाभरोभ र रुबियोबिच अर्को हप्ता भेटवार्ता हुने
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको महासभा छेउछाउमा अमेरिकी समकक्षी मार्को रुबियोसँग भेटवार्ता गर्ने रुसी प्रशासननिक केन्द्र क्रेमलिनले शुक्रबार जनाएको छ ।
संविधानका त्रुटी संशोधन गर्नु आवश्यक छ : मुख्यमन्त्री सिंह
मधेश प्रदेशको आठ वटै जिल्लामा शुक्रबार संविधान दिवस २०८२ विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ।
आदिवासी मुद्दा नविर्सन जेनजी पुस्तालाई आदिवासी अगुवाको सुझाव
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) सम्बद्ध घटक संगठनले जेन–जी पुस्तालाई आदिवासीको माग मुद्दा र अधिकार नबिर्सन आग्रह गरेका छन् । आदिवासीको अधिकार ओझेलमा पार्ने प्रयास गरिए ३५ प्रतिशत आदिवासीको अर्को क्रान्ति सुरु हुने उहाँहरुको चेतावनी छ ।
स्वास्थ्य मन्त्रालयः कर्मचारी सरुवा तत्कालका लागि स्थगित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी सरुवा, काज र कामकाजसम्बन्धी प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ।
गुल्मीमा शान्ति र्याली
संविधान दिवसका अवसरमा आज गुल्मीको सदरमुकाम तम्घासमा शान्ति र्यालीको आयोजना गरिएको छ।
गृह मन्त्रालयमा ‘सहायता कक्ष’: समस्या परे ९८५१३६०६०३ मा फोन गर्नुहोस्
गृह मन्त्रालयले जेनजी प्रदर्शन पश्चात् विकसित घटनाक्रम र परिवर्तनसँगै समाजमा विभिन्न घटना भइरहेको भन्दै सहजीकरणका लागि सहायत कक्ष स्थापना गरेको छ।