शालिग्राम नेपाल
चितवन, असोज ४ गते । चितवनको मुग्लिन नारायणगढ सडकखण्डको तुइनखोलामा पहिरो खस्दा शुक्रबार रातिदेखि राजमार्ग अवरुद्ध भएको छ ।
साँझ झरेको पहिरो पन्छाउने क्रम जारी भए पनि ठुलो पहिरो खसेका कारण राति सम्भव नभएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिनुभयो ।
अझैपनि पहिरो झर्ने क्रम नरोकिएकाले सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ । दुई वटा लोडर परिचालन गरी काम जारी रहेपनि सडक खुल्न केही समय लाग्ने डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनिएर अर्जुन घिमिरेले जानकारी दिनुभयो । यस सडक हुँदै यात्रा गर्नेलाई वैकल्पिक सडक हुँदै यात्रा गर्नु सडक कार्यालयले अनुरोध गरेको छ ।