विष्णुप्रसाद पोखरेल
दमक, असोज १९ गते । झापाको झापा गाउँपालिका वडा २ मा आइतवार बिहान आएको बाढीले हुलाकी मार्गको दुईसय मिटर भत्काएर बाढी बस्तीमा पसेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार करिब दुईसय घर परिवार डुबानमा परेपछि उनीहरुको उद्धार गरेर सुरक्षित स्थलमा राखिएको छ । कन्काइमा आएको बाढीले हुलाकी मार्गमा क्षति पुगेपछि अवरुद्ध बनेको छ ।
सडक भत्काएर बाढी बस्तीमा पसेपछि स्थानीयहरुको भागाभाग भएको छ । यहाँ जनपथ, सशस्त्र र स्थानीयको सहयोगमा उद्धार कार्य भएको प्रहरीको भनाइ छ । कन्काई खोलामा खतराको सतर्कताभन्दा माथि पानीको बहाव पुगेको छ ।