• १९ असोज २०८२, आइतबार

खोलामा डुबेर वृद्धको मृत्यु, एकको उद्धार

blog

गढिमाइ नगरपालिका –५ स्थित बागमती नदी किनारबाट ६५ बर्षीय बिगनराय यादवलाई उद्धार गर्दै सशस्त्र प्रहरी र स्थानीय ।

प्रवीणकुमार शर्मा 

चन्द्रपुर (रौतहट), असोज १९ गते । अविरल वर्षाले आएको बाढिले रौतहटमा एक वृद्ध महिलाको मृत्यु भएको छ । एक पुरुषको जीवितै उद्धार गरिएको छ ।

माधवनारायण नगरपालिका –८ का  हरिवंश रायको ७५ वर्षीय श्रीमती पन्मादेवी रायको बागमती खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

रायको घरदेखि २ किलोमिटर उत्तरपूर्वमा पर्ने बागमती खोलामा दाउरा टिप्ने क्रममा उहाँको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु कार्कीले जानकारी दिनुभयो ।

स्थानीय र प्रहरीको सहयोगमा मृतक रायको शव खोलाबाट निकालिएको उहाँले जानकारी दिनुभयो । यसैबिच गढिमाइ नगरपालिका –५ बागमती नदी किनारमा दाउरा टिप्ने क्रममा ६५ वर्षीय बिगनराय यादवलाई बागमती नदीले बगाउँदा स्थानीय र सशस्त्र प्रहरी बल सन्तपुरको सहयोगमा उद्धार गरिएको सशस्त्र प्रहरी बल रौतहटका सशस्त्र प्रहरी उपरीक्षक रामहरि अधिकारीले जानकारी दिनुभयो ।

गढिमाइ नगरपालिका –१ स्थित भरत मेडिकल हलमा सामान्य उपचारपछि यादव घर फर्किनुभएको उहाँले जानकारी दिनुभयो ।