• १९ असोज २०८२, आइतबार

सप्तरीमा करेन्ट लागेर एक युवकको मृत्यु

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), असोज ४ गते ।
सप्तरीको बोदेबर्साइन नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ  ।नगरपालिका– ८ स्थित स्वर्णपट्टी टोलका १६ वर्षीय जीवन साहको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै गोठ घरमा पङ्खाको तार जडान गर्ने क्रममा करेन्ट लाग्दा साह गम्भीर घाइते हुनुभएको थियो ।

उहाँलाई उपचारका लागि स्थानीय जीवन ज्योति अस्पताल बोदेबर्साइन ल्याइएकोमा शुक्रबार अस्पतालका चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

साहको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।