• ४ असोज २०८२, शनिबार

कारागारबाट फरारमध्ये ११९ जना कैदी अझै सम्पर्कविहीन

blog

विनय कर्ण

कल्याणपुर (सप्तरी), असोज ४ गते । कारागार कार्यालय सप्तरीबाट फरार भएका कैदीहरुमध्ये अहिलेसम्म ८४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कारागारमा रहेको ३९७ जना कैदी मध्ये २०५ जना फरार भएकोमा विभिन्न स्थानबाट ८४ जना फरार कैदीहरुलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

फरार कैदीबन्दी मध्ये दुईजनाले आत्महत्या गरेको कारागार कार्यालय सप्तरीका प्रमुख गंगालाल योगीले बताउनुभयो । उहाँले भदौ २५ गते कारागारमा तोडफोड,आगजनी गरी हालसम्म सम्पर्कमा नआएका फरार कैदी बन्दीहरुलाई नजिककैको प्रहरी कार्यालय वा कारागार कार्यालमा छिटो सम्पर्क गर्नुहुन सबैमा अपिल समेत गरिएको जानकारी दिनुभयो ।

जेनजीको आन्दोलनको क्रममा भदौ २५ गते बुधबार कैदीहरुले कारागार भित्र आगो लगाएर मुल गेट फोडी फरार भएका थिए ।