घोराहीमा चार अर्ब लगानीमा सञ्जीवनी अस्पताल सञ्चानमा आउँदै
दाङको घोराहीमा पाँच सय शय्याको सञ्जीवनी शिक्षण अस्पताल सञ्चालनमा आउने भएको छ । दाङलगायतका पश्चिम राप्ती क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा प्रदानसँगै स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने गरी अस्पताल निर्माण हुन थालेको हो ।
सप्तरीमा मोटरसाइकल ठक्करबाट घाइते वृद्धको मृत्यु
सप्तरीको बोदेबर्साइन नगरपालिका–५ भाटिनस्थित हुलाकी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक वृद्धको मृत्यु भएको छ ।
अनुसन्धान बिना निर्दोषमाथि मुद्दा दर्ता भएको पीडित परिवारको आरोप
कर्तव्य ज्यान कसुर मुद्दामा अनुसन्धान नै नगरी तीन जनालाई ज्यान मुद्दा दर्ता गरेको आरोप पीडित परिवारले लगाएका छन् ।
जेनजी प्रदर्शन : आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा १६ जना पक्राउ
पश्चिम नवलपरासी क्षेत्रमा गत भदौ २४ गते भएका आगजनी र तोडफोडका घटनामा संलग्न भएको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ ।
दशैँको चहलपहल बढ्दै : तम्घासमा ढोरेली भेँडाच्याङ्ग्राको व्यापार
हिमाली ढोरपाटनका भेँडाच्याङ्ग्रा तम्घास बजार छिरेपछि दशैँ नजिकै आएको महसुस हुन्छ । बर्सेनी दशैँ नजिकिएसँगै भेँडाच्याङ्ग्रा हिमालबाट बिक्रीका लागि बजार ल्याइन्छ ।
तुइनखोलाको पहिरो हटाउन सुरु, पानी परेकाले काम गर्न कठिन
शुक्रबारदेखि पहिरोले अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्डको पहिरो हटाउने काम आइतबार बिहानदेखि सुरु भएको छ ।
काठमाडौँ–ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही असोज ९ गतेदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । निगमले पहिलोपटक काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ उडान सेवा सुरु गर्ने भएको हो ।
शैली साहित्य समाजद्वारा रचना वाचन कार्यक्रम
शैली साहित्य समाजले बडा दशैँको शुभकामना तथा रचना वाचन कार्यक्रमको आयोजन गरेको छ ।
आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ६५ पैसा र बिक्रीदर १४१ रुपियाँ २५ पैसा निर्धारण गरिएको छ ।
बेइजिङमा ‘सुमधुर सम्बन्धका ७० साल’ विमोचन
नेपाल–चीन मिडिया फोरमद्वारा प्रकाशित ‘सुमधुर सम्बन्धका ७० साल’ बेइजिङमा विमोचन गरिएको छ। आज बेइजिङस्थित नेपाली दूतावासको सभाकक्षमा विमोचन गरिएको उक्त पुस्तक नेपाल र चीनबीचको सम्बन्धमा लिखित दस्ताबेज रहेको मञ्चका अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो।
मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध : रातभर सडक खुल्ने सम्भावना कम
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार तुइन खोलाको पुल नजिक निरन्तर पहिरो झरेकाले सडक अवरुद्ध भएको हो।
जेनजी आन्दोलनका शहीदलाई सुसेलाको सांगीतिक नमन
सुसेला काव्यशालाले गत भदौ २३ र २४ गते जेनजी युवाले गरेको भ्रष्टाचारविरोधी आन्दोलनमा मारिएका शहीदलाई सम्झिएको छ।
जेनजी आन्दोलनः तीन बालबालिकाले गुमाए ज्यान
जेनजी समूहमा बालबालिकादेखि युवा उमेर समूहका बालबालिका पर्ने भएकाले आन्दोलनमा बालबालिका सहभागिता हुँदा त्यसले ठुलो क्षति बेहोर्नुपरेको छ ।
चाकु संरक्षण समाजको अध्यक्षमा बुद्ध श्रेष्ठ निर्विरोध चयन
टोखाको चाकु संरक्षण समाजको छैटौं साधारणा सभाले बुद्ध श्रेष्ठलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको छ ।
प्रदेशसभा फेस गर्ने मुख्यमन्त्री सिंहको तयारी
जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि जनमत पार्टीबाटै मुख्यमन्त्री बन्नुभएका सतिशकुमार सिंहले शनिबारसम्म राजीनामा दिनु भएको छैन।
तालिवानको रिहाइपछि दोहा पुगेका बेलायती वृद्ध दम्पती शनिबार स्वदेश फर्किने
अफगानिस्तानमा करिब आठ महिनाको हिरासतमा रहेका एक वृद्ध बेलायती दम्पती शनिबार स्वदेश फर्किने कतारी अधिकारीहरूले जनाएका छन् ।
चमन सीमाबाट अफगान शरणार्थीको फिर्ता पुनः सुरु
यस अघि भएको घातक बम विस्फोटपछि स्थगित भएको चमन सीमा हुँदै अफगान शरणार्थीहरूको फिर्ती शुक्रबार पुनः सुरु भएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
यातायात व्यवस्थापन सहज बनाउन मन्त्री घिसिङको निर्देशन: नागढुङ्गा सुरुङबाट सवारी साधन बाहिरिन पाउने
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा आज सरोकारवालासँग छलफल गर्नुभएको छ।
युरोपेली विमानस्थल साइबर अवरोधबाट प्रभावित
ब्रसेल्स, बर्लिन र लन्डनको हिथ्रो लगायतका प्रमुख युरोपेली विमानस्थल शनिबार “साइबर-सम्बन्धित अवरोध”बाट प्रभावित भएको जनाइएको छ ।
महिला र बालिकाका अधिकारमा १०६ देशहरूको साझा प्रतिबद्धता
गत ३० वर्षमा महिला र बालिकाको अधिकार र समानताका लागि अन्तर्राष्ट्रिय पहल अन्तर्गत, १०६ देशहरूले १९१ प्रतिबद्धता जनाएका छन् ।
ट्रम्पद्वारा सञ्चार माध्यमको आलोचना, किमेलको कार्यक्रम निलम्बनपछि बहस चर्कियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सञ्चार माध्यमले आफूमाथि अत्यधिक नकारात्मक समाचार सम्प्रेषण गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
इजरायलको धम्कीबाट विश्व समुदाय डराउनु हुँदैन : महासचिव गुटेरेस
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको धम्कीबाट विश्व समुदायलाई नआत्तिन आग्रह गर्नुभएको छ ।
चापिनी खोलामा पुल बन्दा आउजाउ सहज
हरिवन–क्यानेश्वर सडक अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका १ र ८ को सिमामा पर्ने चापिनी खोलामा पुल निर्माण भएपछि आवत जावतमा सहज भएको छ ।
चिरिच्याट्ट पारिँदै सिंहदरबार, मर्मत र रङरोगन धमाधम
जेनजी प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनीबाट खण्डहर जस्तै बनेको सिंहदरबारलाई पुरानै चमक दिलाउन धमाधम मर्मतसम्भार र रङरोगन गरिएको छ। जेनजी प्रदर्शनपछि सुनसान र खण्डहर जस्तै बनेको राजनीतिक र प्रशासनिक केन्द्र सिंहदरबारमा मर्मत र रङरोगनले चहलपहल बढेको छ।