ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई न्यानो कपडा
बर्दियाको बाँसगढी नगरपालिकामा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गरिब तथा विपन्न वर्गका नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ ।
रुसको मुद्रास्फीति वर्षको अन्त्यसम्म ६ प्रतिशतमा झर्नेः पुटिन
रुसको मुद्रास्फीति दर यस वर्षको अन्त्यसम्म करिब ६ प्रतिशतमा झर्ने अपेक्षा गरिएको छ । उक्त दर सरकार र केन्द्रीय बैङ्कले गरेको पूर्वानुमानभन्दा कम रहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार बताउनुभएको छ ।
अफ्रिकामा हवाई यात्रु सङ्ख्या २०४४ सम्म वार्षिक ६ प्रतिशतले बढ्नेः बोइङ
अफ्रिकाको हवाई यात्रु आवागमन सन् २०४४ सम्म प्रति वर्ष औसत ६ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।
भासिएको चार महिनापछि मुग्लिन–पोखरा सडक मर्मत सुरु
मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ । दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार लेनको बनाइएको थियो ।
एनपिएलः ब्याटिङतर्फ विदेशी, बलिङमा नेपाली खेलाडी अब्बल
नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि सुरु गरेको एनपिएलको हाल दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १ गतेदेखि जारी छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै
गण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्चा कमाइरहेको छ ।
चिसो बढेसँगै मौसमी फ्लुका बिरामी बढे
बाँकेमा चिसो बढ्दै जाँदा मौसमी फ्लु हुने बढ्दै गएका छन् ।
ठेकेदारले काम रोकेपछि अस्पताल अलपत्र
कैलालीको लम्कीचुहा नगरपालिका –१० चुहामा सामुदायिक अस्पताल निर्माणको कार्य अलपत्र परेको छ । निर्माण कम्पनीका ठेकेदारले काम रोकेपछि अस्पताल निर्माण कार्य अलपत्र परेको हो ।
शैक्षिक गुणस्तर बढाउन महायज्ञ
बागलुङको बडिगाड गाउँपालिका –२ खर्बाङस्थित त्रिभुवन माध्यमिक विद्यालयले मंसिर २१ देखि २८ गतेसम्म श्रीमदभागवत धन–धान्याचल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ ।
टोखा नगरपालिकामा विकास निर्माणले गति लिँदै
काठमाडौँको टोखा नगरपालिकाले आफ्नो १२औँ स्थापना दिवस आयोजना गरी यसबिचमा भएका विकास निर्माण र सामाजिक काम उत्साहजनक रहेको जनाएको छ ।
नक्कली नोटसहित तीन जना पक्राउ
रौतहटमा हजार दरका नेपाली रुपियाँका नक्कली नोटसहित तीन जना पक्राउ परेका छन् ।
डडेल्धुरामा चार नयाँ मतदान स्थल थप्न सिफारिस
१३९ मतदान स्थल रहेको डडेल्धुरामा नयाँ चार वटा मतदान स्थल थप्न सिफारिस गरिएको छ ।
ग्रामीण बस्तीका नागरिकलाई घुम्ती शिविर सेवा
सार्वजनिक सेवामा जनताको पहुँच वृद्धिका लागि रामपुर नगरपालिकाले पालिकाको सेवा वडामा पुगेर प्रवाह गरेको छ । ग्रामीण क्षेत्रका जनताको सहजताका लागि घुम्ती शिविर मार्फत सेवा प्रदान गरेको हो ।
साम्बाबिनाको नेपाल चाइनिज ताइपेइसँग स्तब्ध
चोटका कारण सावित्रा भण्डारी (साम्बा)बिना खेलेको नेपालले इन्डोनेसियामा सम्पन्न त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दोस्रो हार खेपेको छ ।
केरा खेतीमा ‘टिआर फोर’ को सङ्क्रमण
जिल्लामा लगाइएको केरा खेतीमा नयाँ रोगको सङ्क्रमण देखिएको छ । पश्चिम चितवनका किसानले लगाएका केरामा पानामा रोगको नयाँ भेरिएन्ट (टिआर फोर) को सङ्क्रमण देखिएको हो ।
एआईको दुरुपयोग बढेको प्रति चिन्ता व्यक्त
सप्तरीको राजविराजमा एआईको प्रयोगसम्बन्धी एक दिने तालिमको सुरुवात भएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भुरुङचौकी माध्यमिक विद्यालयलाई
बिरुवा गाउँपालिकाले आयोजना गरेको सातौं अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भुरुङचौकी माध्यमिक विद्यालयले उपाधि हात पारेको छ ।
करबाकेली इको ट्रेकको आकर्षण बन्दै आलडाँडा
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने आलडाँडा पदयात्राका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ । करबाकेली इको ट्रेकमा पर्ने आलडाँडा हुँदै घोडेपानी र पुनहिल पुग्ने पर्यटकको सङ्ख्यामा पछिल्लो समय वृद्धि हुन थालेको छ ।
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनचाँदीको मूल्य निरन्तर उकालो लागेको छ ।
धान्यपूर्णिमा मेलाका दिन सार्वजनिक बिदा
धान्यपूर्णिमा मेलाको अवसरमा सल्यानको कालीमाटी गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ ।
हुम्लामा थपियो दुई वटा मतदानस्थल
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि हिमाली जिल्ला हुम्लामा दुई वटा मतदानस्थल थपिएका छन् ।
मनास्लु पदमार्गको मर्मत कार्य सम्पन्न
लोकप्रिय मनास्लु पदयात्रा मार्गअन्तर्गत मनाङतर्फ पर्ने लार्के फेदीदेखि लार्के पाससम्मको पर्यटकीय पदमार्ग मर्मत कार्य सम्पन्न भएको छ ।
राजविराजमा साझा प्रकाशनकाे १५ दिने बृहत् पुस्तक प्रदर्शनी
सप्तरीको राजविराजमा बुधबारदेखि बृहत् पुस्तक प्रदर्शनी सुरु भएको छ । साहित्यिक संस्था साझा प्रकाशनले आफ्नो स्थापना दिवसको अवसर पारेर १५ दिने पुस्तक प्रदर्शनीको सुरुवात गरेको हो ।
बडीमालिका नगरपालिकाद्वारा २२ व्यक्ति सम्मानित
बडीमालिका नगरपालिका आफ्नो ११औं स्थापना दिवस भव्य रूपमा मनाउँदै विभिन्न क्षेत्रका २२ जना व्यक्तित्वलाई सम्मानित गरेको छ ।