लम्पी स्किनबाट नवलपरासीमा १५ पशु चौपाया मरे
श्चिम नवलपरासीमा लम्पी स्किनको सङ्क्रमणबाट १५ वटा पशु चौपाया मरेका छन् । दुई महिनाको अवधिमा १५ वटा भैँसी र तीनसय ४ वटा गाई गोरुसहित तीनसय १९ पशु चौपाया सङ्क्रमित भएका हुन् । भैँसी र राँगाको तुलनामा गाईगोरुमा सङ्क्रमण तिव्र गतिमा फैलिएको छ ।
जेनजी आन्दोलन : स्वास्थ्य मन्त्रालयका २५ वटा गाडी र दुई सयभन्दा बढी मोटरसाइकल नष्ट
भदौ २४ गते भएको जेनजी आन्दोलनकारीको आगजनीबाट स्वास्थ्य मन्त्रालय परिसरमा भएका २५ वटा गाडी र दुई सय वटा मोटरसाइकल जलेर पूर्ण रुपमा नष्ट भएका छन्।
जिल्ला प्रशासन कार्यालय चितवनबाट नागरिकतासम्बन्धी सेवा सुरु
जिल्ला प्रशासन कार्यालय चितवनले आजदेखि नागरिकतासहित अत्यावश्यक सेवा सञ्चालन गरेको गरेको छ ।
ला लिगामा रियलको लगातार पाँचौँ जित
घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियलले इस्पान्योललाई २–० गोलले हरायो ।
बजारमा दसैँको चहलपहल (फोटो फिचर)
काठमाडौँको असन आसपासमा जमरा राख्न प्रयोग हुने माटाको भाडा, माटो, धान, मकै, गहुँ आदि किन्नेको चहलपहल देख्न सकिन्छ । मानिसको आवत जावत निकै भएता पनि व्यापारमा वृद्धि नभएको व्यापारी बताउछन् ।
आपराधिक क्रियाकलाप भएको पाइएमा फोन गर्न सशस्त्रको अनुरोध
सशस्त्र प्रहरी बल, नेपालले समाजमा कुनै आपराधिक क्रियाकलाप भएको पाइएमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
टी–२० एसिया कप : सुपर चारका बङ्गलादेशको विजयी सुरुवात
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार राति भएको सुपर चारको पहिलो खेलमा बङ्गलादेशले श्रीलङ्कालाई चार विकेटले हरायो । बङ्गलादेशले श्रीलङ्कासँग समूह चरणमा खेपेको हारको बदलासमेत लिएको छ ।
अन्तर्राष्ट्रिय र्यापिड चेसमा नेपाललाई छैटौँ स्थान
रुसको गणराज्य काल्मिकियामा सञ्चालन भइरहेको प्रथम बुद्धिस्ट चेस प्रतियोगिता अन्तर्गत र्यापिड १५ मिनेट १० सेकेन्ड इनक्रिजमेन्टका खेल सम्पन्न भएका छन् ।
ढिस्कोले पुरिएर महिलाको मृत्यु
उदयपुरको त्रियुगा नगरपालिका वडा-३, चाँपस्थित बगरटोलकी एक महिलाको ढिस्कोले पुरिएर आइतबार मृत्यु भएको छ ।
पठन संस्कृतिको विकास गर्न पुस्तकालय
गुल्मीको तम्घासमा पुस्तक पसल नभएको समयमा पनि पठन संस्कृतिको विकास गर्ने उद्देश्यसहित पुस्तकालय सञ्चालनमा ल्याउन लागिएको थियो ।
ट्रम्प : सात युद्ध रोकिदिँदा नोबेल पुरस्कारको हकदार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको सुरुमा भारत–पाकिस्तानबिच व्यापारमार्फत शान्ति कायम गरेको दाबी दोहोर्याउँदै आफूले ‘सात युद्ध अन्त्य’ गराएको र त्यसका लागि नोबेल पुरस्कार पाउनुपर्ने बताउनुभएको छ ।
सिन्धुलीको ग्वाल्टारमा आधारभूत अस्पताल सञ्चालन
सिन्धुली जिल्लाको गोलन्जोर गाँउपालिका–३, ग्वाल्टारमा आइतबारदेखि औपचारिक रूपमा १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ ।
गड्डाचौकी नाकामा नागरिक सहायता कक्ष स्थापना
कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
टेलिकमको कार्यालयमा चोरी
नेपालगन्जको चोक–चोकमा चोरहरूको बिगबिगी बढिरहँदा सरकारी कार्यालयहरू चोरहरूको निशानामा पर्न थालेका छन् ।
नेपालगन्जमा दुई हजार बढी गोलीका खोकासहित दुई पक्राउ
एकदिन अघि पर्चा टाँसेर चोरी गर्ने धम्की दिई चोरी गर्न आएका दुई जना चोरलाई दुई हजार बढी गोलीका खोकासहित नेपालगन्जमा स्थानीयबासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
नेता अधिकारीद्वारा क्षतिग्रस्त पार्टी कार्यालयको निरीक्षण
नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले जेनजीको आन्दोलनका क्रममा क्षतिग्रस्त विभिन्न जिल्ला पार्टी कार्यालयहरुको निरीक्षण गर्नुभएको छ ।
भ्रष्टाचार र नयाँ पेन्सन कानुनविरुद्ध पेरुमा आन्दोलन चर्कियो
पेरुको राजधानी लिमा सहरमा शनिबार सरकारविरोधी प्रदर्शनमा सहभागी सयौं प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप भएको छ ।
विराटनगर महानगरको सेवा सुचारु
विराटनगर महानगरपालिकाले आइतबारबाट सेवा प्रवाह औपचारिक रूपमा सुचारु गरेको छ ।
जनश्रमदानबाट सडक मर्मत
पातीचौर–देउपुर–लप्सीबोट–भुकताङ्ले सडक स्थानीयवासीले श्रमदान गरेर मर्मत गरेका छन् । विसं २०५८ मा उक्त मार्ग खोलिएको हो । त्यसयता बर्सेनि पहिरो जाँदा सडक स्तरोन्नति गर्नुपर्ने अवस्था बनेको थियो ।
राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।
सात दिनपछि खुल्यो बागलुङ-सिगाना-बरेङ सडक
गत भदौ २९ गते बिहानैदेखि बन्द भएको बागलुङ-सिगाना-बरेङ शान्तिपुर सडक सात दिनपछि सञ्चालनमा आएको छ ।
गरिब तथा विपन्नलाई घर हस्तान्तरण
जिल्लाका विभिन्न गाउँका गरिब तथा विपन्न नागरिकका लागि कर्णाली प्रदेश सरकारले निर्माण गरेका ४० वटा घर सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ ।
पाटु गाउँमा खानेपानी आपूर्ति ठप्प
चुरे क्षेत्रमा परेको भीषण वर्षाले महोत्तरीको बर्दीबास–३ स्थित चुरे क्षेत्रमा पर्ने पाटु गाउँमा तीन दिनदेखि खानेपानीको आपूर्ति ठप्प भएको छ ।
आठ वर्षमा पनि बनेन् पुल
दाङमा एक वर्ष छ महिनामा बन्नुपर्ने पुल निर्माण व्यवसायीको लापरबाहीका कारण आठ वर्षसम्म अलपत्र परेको छ । तुलसीपुर उपमहानगरपालिका–१३ गिधनियास्थित दुईसोता पुल लामो समयसम्म बन्न नसक्दा अलपत्र परेको हो ।