• १२ मंसिर २०८२, शुक्रबार

रुख काट्ने क्रममा एक जनाको मृत्यु

blog

सन्तोष सुवेदी

पाख्रीबास, (धनकुटा), मंसिर १२ गते । धनकुटाको छथरजोरपाटी गाउँपालिका ६, स्थित नामजाङमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । शुक्रबार साझ करिब ५ बजे रुख काट्दा रुखले लागेर एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा खोटाङ जान्सेढुंगा गाउँपालिका २, स्थित बोपुङ घर भएका अन्दाजी करिब ३२ बर्षिय दिपेश राई रहेका छन् । स्थानीय सुवासचन्द्र गुरुङको बारीमा भोजपुर घर भएका सुरेश राईले रुख काट्ने क्रमामा रुखले लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।