• ३ मंसिर २०८२, बुधबार

जिल्ला प्रशासन दाङद्वारा एक महिनामा १२ हजारभन्दा बढि सेवा प्रवाह

blog

जिल्ला प्रशासन कार्यालय दाङ । तस्बिरः सन्तोष दहित

सन्तोष दहित
दाङ, मङ्सिर ३ गते ।
जिल्ला प्रशासन कार्यालय दाङ र  इलाका प्रशासन कार्यालयहरूले एक महिनाको अवधिमा नागरिकता, राहदानी (ई–पासपोर्ट), राष्ट्रिय परिचयपत्रलगायतका १२ हजार ४२९ सेवा प्रदान गरेका छन् ।

कात्तिक महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालय घोराहीबाट पाँच हजार ८३५, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट चार हजार २२२ र इलाका प्रशासन कार्यालय लमहीबाट दुई हजार ३६९ नागरिकता वितरण, राहदानी वितरण तथा आवेदनको लागि नाम दर्ता, राष्ट्रिय परिचयपत्र दर्तालगायत सिफारिसका सेवा प्रवाह गरिएको जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जानकारी दिनुभयो ।  

उहाँको अनुसार यस अवधिमा जिल्ला प्रशासन कार्यालय, तुलसीपुर  इलाका प्रशासन र लमही इलाका प्रशासनबाट नागरिकता एक हजार ८०६ र ईपासपोर्ट ६१७, वितरण गरिएको हो ।

यस्तै जिल्ला प्रशासनले घोराही, तुलसीपुर र लमहीबाट राष्ट्रिय परिचयपत्र पाँच हजार ४३६ र ईपासपोर्टको आवेदनका लागि एक हजार ५४८ ले  नाम दर्ता गराएको जनाएको छ । यी मध्ये घोराहीबाट ५९८, तुलसीपुरबाट ६२४ र लमहीबाट ५८४ वटा नागरिकता वितरण गरिएको छ ।

त्यस्तै, घोराहीबाट २६६, तुलसीपुरबाट  १८० र लमहीबाट १७१ इपासपोर्ट वितरण गरिएको छ । यस्तै, घोराहीबाट दुई हजार ३४८, तुलसीपरबाट दुई हजार ८२ र लमहीबाट  एक हजार ६ राष्ट्रिय परिचयपत्र दर्ता गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसैगरी, ई पासपोर्ट दर्ताका लागि घोराहीबाट ४६७ , तुलसीपुरबाट ७१२, लमहीबाट ३६९ आवेदन दिएको सहयाक प्रमुख जिल्ला अधिकारी बुढाले बताउनुभयो ।

नागरिकलाई सहज र छिटो सेवा प्रवाहका लागि प्रशासन निरन्तर सक्रिय रहेको जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी बुढाले बताउनुभयो । नागरिकलाई सहज बनाउनको लागि जिल्लाको पश्चिम क्षेत्रमा तुलसीपुर इलाका प्रशासन मार्फत, पूर्वक्षेत्रमा लमही इलाका प्रशासन र सेन्टरमा जिल्ला प्रशासनमार्फत सेवा दिँदै आएको उहाँले बताउनुभयो ।